Apr 02, 2024

पापीको मित्र

SCRIPTURE READING — हिताेपदेश १८ : २४

साथी हुने मानिस आफै पनि मिलनसार हुनुपर्छ। नि एकजना साथी छन्, जो भाइभन्दा पनि बढि नजिक टासँन्छन्। (किङ्ग जेम्स बाइबलको अनुवाद)।
हिताेपदेश १८ : २४
(के तपाईँ पापी, कमजोरी र दोषीमनस्थितिले निराश वा आत्तिनुहुन्छ? के तपाईँ कसको पाऊमा पर्ने भन्ने मनस्थितिमा हुनुहुन्छ?), तब तपाईँ येशुकहाँ आउनुहोस्। उहाँ तपाईँ जस्तै पापीको मित्र हुनुहुन्छ। तपाईँको निम्ति उहाँको उहाँको विशाल हृदय सधैँ खुला छ। उहाँ सबै मानव विपद र दु:खको अनुभवले छोएको प्रभु हुनुहुन्छ। स्वर्ग र पृथ्वीलाई समाल्ने अधिकार शक्ति उहाँमा नै छ।
येशूको मानवीय व्यक्तित्वमा हामी सनातन, सृष्टिकर्ता परमेश्वरको प्रतिरूप देख्न सक्छौँ। पतित वा पापमा फसिरहेको मानव प्राणीलाई उकास्न सनातन परमेश्वर असमितरूपमा आफ्नाे सदाशयता, दया, प्रेम र करुणालाई लगानी गरिरहनुभएको छ।
परमेश्वरबाट शक्ति पाएर मानिस निश्कलङ्क, निर्दोष र मिलनसार जीवन बिताउन सक्छ भनेर देखाउन ख्रीष्ट यस संसारमा आउनुभएको थियो।
जोसँग उहाँ प्रशस्न हुनुहुन्छ उसलाई उहाँले यो भन्न सक्नुहुन्छ, “मेरो पछि लाग।” अनि उहाँले बोलाउनुभएको व्यक्ति खुला दिलले उहाँको पछि लाग्दछ। संसारले उसलाई अनेकौँ टुनामुना गरेर उसलाई संसारको मोहमा फसिरहेको छ भने त्यो टुक्रिन जान्छ। उहाँको आवाज जब विवेकमा पस्छ तब हृदयबाट लोभ, लालच, अति महत्त्वाकाँक्षा, अरूको मोलमा आफ्नाे भाऊ खोज्ने जस्ता प्रवृत्तिहरू हटेर जान्छन्। त्यो मानिस पापको पासोबाट फुत्किएर मुक्तिदाताको पछि लाग्न जाग्दछ।
उहाँको अगाडि कोही पनि मानिस बेकारको हुँदैन। प्रत्येक मानिसको हृदयको चोट निको पार्न उहाँ खोज्नुभएको थियो। सबैबाट वा समाजबाट तिरस्कार गरिएका, रुखो, बेकारको जीवन बिताइरहेको भन्ने निराशमय मनोवृत्तिमा फसिएका मानिसहरूलाई आशा र उत्साह दिन उहाँ खट्नुभएको थियो। परमेश्वरका सन्तानमा हुने निर्दोष, सकै सबैको भलो नगर्न नसके कुभलो नगर्ने वा कसैलाई हानी नगर्ने मिजास तिनीहरूमा हुनसक्छ भनेर उत्साह प्रदान गर्दै यस संसारमा हिँड्नुभएको थियो।
कतिपय समयमा सैतान र दुष्टआत्माको नियन्त्रणमा रहेका मानिसहरूलाई उहाँकाे भेट्नुहुन्थ्यो। सैतानको पासोबाट आफै उम्किन तिनीहरू असमर्थ थिए। यसखालको निराश, बिमार, सैतानको प्रलोभनमा फसिएका, पतित र समाजबाट चरित्रहिन भनेर छि:छि: दुरदुर भएका मानिसलाई उहाँले अत्यन्तै कोमल, दया, सदाशयता र करुणा देखाउनुभएर तिनीहरूको मन हलुका र फुर्ति बनाउन बोल्नुहुन्थ्यो। सम्पुर्ण मानव शत्रु सैतानसँग कुस्ताकुस्ती गरिरहेका कतिपय मानिसहरूलाई उहाँले भेट्नुभएको थियो। त्यो युद्धमा दृढतापुर्ण जुटिरहन उहाँले उत्साह दिनुहुन्थ्यो। त्यो युद्ध तिनीहरूले जित्न सक्छन् भनेर उहाँले तिनीहरूलाई आश्वासन दिनुभएको थियो। तिनीहरूलाई विजयी जीवन दिन परमेश्वरको स्वर्गदुतहरू तिनीहरूको साथमा छन् भनेर उहाँले तिनीहरूलाई विश्वस्त पार्नुभएको थियो।
पापरहित येशूले पापीको कमजोरमा दया र करुणा देखाउनुभएको थियो। मानिसहरूको स्वभावमा पापीलाई घृणा गर्ने मनोवृत्ति हुन्छ तर पापलाई चाहिँ तिनीहरूले मन पराएको हुन्छ। ख्रीष्टले पापलाई घृणा गर्नुहुन्थ्यो, तर पापीलाई माया गर्नुहुन्थ्यो। यही खालको मिजास वा मनस्थिति पनि उहाँका सत्य अनुयायीहरूमा हुन्छ। परिपक्व वा सत इसाईहरूमा भएको प्रेमले हतपत कसैको मुल्याङ्कन, आलोचना वा न्याय गर्दैन, दु:ख वा सन्तापमा परेकोलाई उसले तुरन्नै चिन्दछ, जहिले पनि क्षमा दिन तत्पर हुन्छ, हौशला र उत्साह दिन प्रयास गर्दछ, परमेश्वरको चाहना अनुसार पवित्र जीवन बिताउन असमर्थ हुनेलाई ठिक बाटोमा ल्याउन र त्यसमा आफ्ना खुट्टाहरू जमाउन दिन त्यो प्रेम समर्पित हुन्छ।
९२

previous
अघिल्लो
अर्को
previous
chat