Jun 01, 2024

समय बहुमूल्य प्रतिभा र सम्पत्ति

SCRIPTURE READING — भजन ९०:१२

“हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।”
भजन ९०:१२
हाम्रो समय हाम्रो होइन, यो त परमेश्वरको हो। हाम्रो प्रत्येक क्षण र पल उहाँको हो। हाम्रो समय तथा क्षणहरूलाई परमेश्वरको महिमाको निम्ति उन्नति गर्दै र सुधार्दै जाने गम्भीर अभिभारा हामीलाई सुम्पिएको छ। परमेश्वरले प्रत्येक व्यक्तिलाई विभिन्न वरदान तथा दक्षताहरू दिनुभएको छ। ती मध्ये समय प्रमुख हो। परमेश्वरले लिनुहुने सबै दक्षता वा प्रतिभाहरूको हिसाब गर्ने समयमा समयको ठीक-ठीक हिसाब लिनुहुनेछ।
समयको मूल्यतालाई हिसाब गर्न सकिदैन। यस संसारमा येशू हुनुहुँदा प्रत्येक क्षण बहुमूल्य ठान्नुभएको थियो। उहाँका भक्तहरू भनेर दावी गर्ने हामीले पनि समयको त्यसरी नै ख्याल गर्नुपर्छ। हाम्रो जीवन धेरै छोटो छ र यसलाई खेलाँची गरेर बिताउनुहुन्न। अनन्त जीवनको निम्ति तयार पार्न परमेश्वरले हामीलाई केही दिनमात्र छुट्याउनुभएको छ। समय बरबाद गर्न हाम्रो समय नै छैन। हाम्रो इन्द्रियतृप्ति वा शारीरिक कामवासनालाई पूरा गर्न समय दिन समय नै छैन। आँखाको अभिलाषा, जीवनको सेखी वा भाऊ खोज्ने काम र शरीरको अभिलाषामा गुटमुटिन हामीसँग समय नै छैन। अहिले नै हाम्रो समय हो जुनबेला भविष्य र अनन्त जीवनको निम्ति हाम्रा चरित्रहरू निर्माण गर्दछौं। खोतल्ने न्यायको निम्ति तयार हुने समय अहिले नै हो।
मानिसको परिवार जिउन मात्र सुरु गरेको हुन्छ तर दुर्भाग्यवस मर्न पनि सुरु हुन्छ। जो मानिस समयको सराहना गर्छ र आफ्नो दैनिक उपयुक्त काममा लगाइरहन्छ त्यसले स्वर्गमा भएको भवन र अनन्त जीवनको निम्ति आफूलाई योग्य बनाइरहेको हुन्छ। कुनै पनि मानिस यस संसारमा जन्मिनु असल हो। तर समयलाई बरबाद गर्न हामीलाई छुट दिएको छैन। समयलाई सदुपयोग गर भनेर हामीलाई आदेश दिएको छ। समयलाई खेँलाची गरेर फाल्दा त्यो फेरि फर्काउन सक्दैन। बितेको एक क्षण पनि हामीले फर्काउन सक्दैनौं। हाम्रो समयलाई मुक्ति दिनु भन्नुको अर्थ हामीसँग भएको बाँकि समयलाई अत्यधिकमात्रामा सदुपयोग गर्ने हो। त्यो सदुपयोग त्यसबेला हुन्छ जब हामी परमेश्वरसँग मिलेर उहाँको मुक्ति दिने महान् योजनामा सहभागी हुन्छौं अर्थात् उहाँसँग सहकर्मी भएर सँग-सँगै काम गर्दछौं।
हामीले बिताउने प्रत्येक क्षण वा पल अनन्त जीवनको नतिजाहरूसँग गाँसिएको हुन्छ। एकै क्षणको सूचनामा जुनसुकै कामको निम्ति सक्रिय हुन हामी तयार भएर बस्नुपर्दछ। कुनै आवश्यक परेको व्यक्तिलाई उत्साह दिन बोल्ने समयको अवसर अहिले नै हाम्रो हुनसक्छ। त्यो समय फेरि कहिल्यै पनि नआउन सक्छ। एउटा ठूलो जमिन्दारले सबै अन्नको भकारी टन्न भरेपछि उसले आफ्नो आत्मालाई भनेको थियो, “अब सुख, चैनसँग बस, खाऊ, पिऊ मोज गर,” तर, त्यसै रात परमेश्वरले भन्नुभएको थियो, “ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नाे निम्ति थुपारेको छस्, ती कसको हुने?” लूका १२:२०। महान् न्यायको समयमा हाम्रो समयको हिसाबकिताब परमेश्वरलाई कसरी बुझाउने?
१५३

अर्को
previous
chat