Jun 02, 2024

अल्छिपनाको औषधी

SCRIPTURE READING — रोमी १२:११

“जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।”
रोमी १२:११
बालककालदेखि नै येशू मेहनती हुनुहुन्थ्यो। उहाँ आफूलाई खुशी पार्न जिउनुभएको थिएन। उहाँ सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वव्यापी र सनातन परमेश्वरको पुत्र हुनुहुन्थ्यो। तैपनि उहाँ आफ्नो धर्मपिता यूशूफको सिकर्मी पेसामा संलघ्न हुनुहुन्थ्यो। उहाँको काम महत्त्वपूर्ण थियो। उहाँ यस संसारमा मानिसहरूको चरित्र निर्माण गर्न आउनुभएको थियो। उहाँ सिकर्मी पेसामा पनि आफ्नो काममा परिपक्व हुनुहुन्थ्यो। आफ्नो सबै भौतिक परिश्रमहरूमा उहाँले त्यही खालको सिद्ध काम गर्नुभएको थियो जुन अरूहरूको चरित्र निर्माणमा पनि हुन्छ। उहाँ आफ्नो ईश्वरीय शक्तिले मानिसहरूलाई परिवर्तन गर्नुभएको थियो। उहाँ हाम्रो अनुसरणीय उदाहरण हुनुहुन्छ।
प्रत्येक येशूभक्त व्यवस्थित हुने बानी बसाल्नुपर्दछ। अनुशासनमा चल्नुपर्दछ। उसले जे काम गर्छ त्यो पक्का हुनुपर्दछ। उसले आफ्नो कार्यक्षमता कुशलपूर्वक देखाउनुपर्दछ। उसले गरेको काम हतपत र झारा तार्ने खालको हुनुहुँदैन। कुनै पनि व्यक्तिले आलस्य भएर काम गर्ने बहाना मान्य छैन। कतिपयले काम त गर्छन् तर तिनीहरूको काम कहिल्यै पनि पूरा हुँदैन, किनभने तिनीहरूले परिश्रम गर्दा तिनीहरू दिलोज्यानले गर्दैन। तिनीहरूको मन र दिमाग अन्तैतिर हुन्छ। आत्मनिर्णयको अधिकारलाई सदुपयोग गऱ्यो भने मानिसका हातका कामहरू पनि पक्का हुन्छ।
आलस्यपना, अल्छिपनाको बानी हुने, केही काम नगरि बस्ने वा हात बाँधेर बस्ने मानिसलाई बाइबलले सराहना गर्दैन। अल्छि मानिसहरू संसारको निम्ति ठुलो बोझ र श्राप हो। ती नै मानिसहरूले संसारलाई दु:ख दिइरहेको हुन्छ। प्रत्येक आमूल परिवर्तित येशूका भक्त आफ्नो काममा दिलोज्यान दिन्छ, मेहनती र लगनशील हुन्छ।
समयलाई उचितरूपमा सदुपयोग गरियो भने ज्ञान बढ्न सक्छ र उचित मानसिक संस्कारको निर्माण हुन्छ। आवश्यक बौद्धिक क्षमताको बृद्धि वा मानसिक दक्षता हासिल गर्ने बिपन्न, निम्न वर्ग र प्रतिकूल वातावरणमा भर पर्दैन। प्रत्येक क्षणलाई सम्पत्ति ठानेर सञ्चिता गर्नुपर्दछ। अलि समय यहाँ अलि समय त्यहाँ गरेर बिताउँदा समय बर्बाद हुन्छ र बेकारको गफसफमा पनि समय खेर गएको थाहा हुँदैन। कतिपय मानिसहरू बिहान घन्टौँसम्म ओछ्यानमा त्यसै लडिरहेको हुन्छ। यात्रा गर्दा, खानालाई पर्खिँदा, वा कतै भेटघाट गर्नुपर्ने ठाउँमा जाँदा पर्खिनुपर्ने त्यसबेला हातमा पुस्तक भएको भए खेर फालिएको समयको सदुपयोग हुनसक्थ्यो। अरू बेला पढ्न नसकेको र सोच्न नसकेको कुरा त्यसबेला पढ्यो वा सोच्यो भने धैरै फाइदा हुनसक्छ। लक्ष्यमा पुग्ने प्रतिवद्धता, लगनशील भएर परिश्रम गर्ने मनस्थिति र समयलाई होशियारसाथ सदुपयोग गर्ने कुनै पनि मानिसको बौद्धिक स्तर पनि उकासिने छ र मानसिकरूपमै अनुशासित हुनेछ। त्यसले गर्दा जुनसुकै प्रभावकारी ओहोदामा रहन र उपयोगी हुन त्यो मानिस योग्यको हुनेछ।
१५४

previous
अघिल्लो
अर्को
previous
chat