Jun 04, 2024

जागृत भएको विवेक

SCRIPTURE READING — १ कोरिन्थी १५:३३-३४

“भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ। होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।”
१ कोरिन्थी १५:३३-३४
चर्चको सेवा सङ्गतिमा आत्मिक जीवन निर्माण गर्न निर्णायात्मक प्रगति गरिएको हुन्छ। कसरी सोझो, धर्मपरायण हुने, भक्तिमा रहने, निश्वार्थरूपमा उदारवादी हुने, आफ्नो र सबैको हितको निम्ति कसरी सक्रिय हुने जस्ता आदर्श नीतिहरू चर्चमा सिक्दछन्। दशांस र भेटीहरू नदिएर परमेश्वरलाई सरासर लुटिरहेको हुन्छ भनेर पनि चर्चमै विभिन्न प्रवचनहरूद्वारा सुनाइएको हुन्छ।
परमेश्वरलाई लुटिरहनेहरूले उहाँले आशिष् दिनुहुन्न भन्ने कुरो हामीलाई थाहा छ। चर्चका विभिन्न व्यक्तिहरूको पापको कारणले चर्चले दु:ख पाइरहेको हुन्छ।
आफूले दुई वर्षसम्म दशांस नतिरेको एक जना विश्वासी भाइले मलाई सुनाएको थियो। उनलाई के गरुँ के गरुँ भएको थियो। दशांस नदिएको पाप उसले स्वीकारोस् तर उसका आशा पल्हाएको थियो। “मैले के गर्ने?” भनेर उसले मलाई सोध्यो।
मैले जवाफ दिएँ, “चर्चको खजाँचीकहाँ गएर तिमीले सूचना दिनु। यो उचित व्यापारिक कारोबार जस्तो हुनेछ।” यसको बारेमा उसले सोच्यो। त्यो त अनौठो सल्लाह जस्तो उसलाई लाग्यो। तै पनि बसेर उसले सोच्यो र लेख्न थाल्यो, “मैले बप्तिस्माको बेलामा किरिया खाएको थिएँ कि मैले आर्जन गरेको आयबाट दशांस दिन्छु। त्यसकारण समुच्चरूपमा हिसाब गर्दा ....पैसा तिर्नुपर्थ्यो।” अनि माथि हेरेर प्रार्थना गरे कि परमेश्वरलाई दिनुपर्ने उचित सुचनाले लेख्ने तरिका यो हो र?
“हो, हो” आफैले जवाफ दियो, जुन पैसा मैले चर्चमा दिनुपर्थ्यो त्यसले गर्दा मलाई फाइदा यति भएको थियो। के मैले दिनदिनै परमेश्वरबाट आशिष् पाएको छैन र? के स्वर्गदूतहरूले मलाई रक्षा गरेनन् र? के परमेश्वरले मेरो आत्मिक र भौतिक आशिष्‌हरू दिनुभएन र? परमेश्वरबाट पाएको फाइदाबाट मैले चर्चको खजाँचीलाई ५७१.५० डलर वा करिब ७०,००० तिर्नुपर्छ। आफूले गर्नुपर्ने हिसाबकिताब ठिक गरेपछि त्यो मानिस खुशी र आनन्दित भयो। केही दिन पछि आफ्नो पत्र लिएर चर्चको खजाँचीकहाँ गयो र चर्चको ढुकुटीमा आफ्नो दशांस जम्मा गऱ्यो। त्यसको साथै उसले क्रिष्टमसको निम्ति थप १२५ डलर वा ३,००० जतिको मुठ्ठीदान दियो।
अर्को विश्वासी भाइले १,००० डलर वा १२,१००० दिन खजाञ्चिलाई सुचना दियो। उसँग तत्कालिन पैसा नभएकोले केही हप्तामा दिन कबूल गऱ्यो। अर्कोले ३०० डलर वा ३६,०००को कबुल पत्र दियो।
यदि तपाईंले परमेश्वरलाई लुट्नुभएको छ भने सोधभर्ना दिनुहोस्। सकेसम्म विगतको समयमा गरेको भुललाई सच्च्याउनुहोस् र मुक्तिदातासँग क्षमा माग्नुहोस्। वर्षको अन्त्य हुनुभन्दा अघि के परमेश्वरको पैसा फिर्ता नगर्ने र? नत्र भने यो भार अनन्तसम्म बोक्नुपर्ने हुन्छ।
१५६

previous
अघिल्लो
अर्को
previous
chat