Jun 05, 2024

अनुसरणीय उदारवादी जीवन

SCRIPTURE READING — प्रेरित २०:३५

मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धा वा अभावग्रस्तहरूलाई मद्दत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि “लिनुभन्दा दिनु अझ धन्य हो।”
प्रेरित २०:३५
परमेश्वरको श्रीसम्पत्ती हामीलाई जतन गर्न दिनुभएको हो भनेर हामीले मान्नुपर्दछ। हामीलाई जे दिइएको छ वा रेखदेख गर्न सुम्पिएको छ त्यसको मालिक उहाँ नै हुनुहुन्छ र उहाँको खटनअनुसार तिनीहरूलाई प्रयोग गरेर उहाँको सेवामा लगाउनुपर्दछ।
परमेश्वरका सेवकहरूले दिनदिनै असल र उत्पादकमुलक काम गर्न अठोट गरिरहनुपर्छ र उहाँको निम्ति उदार भएर भेटीहरू दिन प्रतिवद्धता जनाइरहनुपर्दछ।
धनसम्पत्ति त जम्मा गर्ने तर त्यसलाई उचितरूपमा उदार भएर वितरण नगर्नु त्यो मरेको सम्पत्ति हो।
धेरै धनसम्पत्ति जम्मा मात्रै गर्ने प्रवृत्ति बेकारमात्र होइन श्राप पनि हो। यस जीवनमा धनसम्पत्तिमात्र थुपार्ने काममा लाग्नु मानिसको अर्थमूलक जीवनलाई पछार्ने जाल हो। यसले स्वर्गको सम्पत्तिप्रति हुनुपर्ने स्नेहलाई टाढा राख्दछ। परमेश्वरको महान् न्यायको दिनमा ती थुप्रिएको तर प्रयोग नगरिएको सम्पत्ति, वेवास्ता गरेका सिप दक्षता र प्रतिभाहरूले मानिसहरूलाई दोष दिनेछन्। आफूले आयआर्जन गरेको र आफूसँग भएको पैसा परमेश्वरको उपहार हो भनेर महसुस गर्ने मानिसले तिनीहरूलाई अर्थमूलकरूपमा प्रयोग गर्छ र जतिसक्यो त्यति फजुल खर्च नगरि जोगाउने उसको कर्तव्य हो भनेर उसले ठान्दछ।
अहिले हामी जवान छौं, अहिले नै मोजमज्जा गरौं र बुढो भएपछि अनन्त जीवनको निम्ति सोचौंला भन्ने मनस्थिति मूर्खतापूर्ण छ। अहिले नै उदारभएर परमेश्वरको कामको निम्ति आह्वान गर्दा मुठ्ठी खोल्न नचाहनु पनि ठुलो भुल हो। कतिले भन्छ होला समय आएपछि मैले पाएका आशिष्‌हरू बाँडौला, यो गलत धारणा हो किनभने त्यो समय कहिल्यै नआउन सक्छ। कतिपय मानिसहरूले परमेश्वरले दिनुभएको स्रोत, दक्षता र प्रतिभाहरूलाई तपाईंले जस्तो प्रयोग नगर्ला। तिनीहरू धनसम्पत्ति थुपार्न मात्र दिलोज्यान दिएका होलान् तर यो तिनीहरूकै आत्मिक, नैतिक, मानसिक र भौतिक जीवनलाई जोखिममा पारिरहेको हुन्छ। जो मानिस मर्न लागेको बेलामा मात्रै आफूसँग भएको सम्पत्ति परमेश्वरलाई दिनेछु भनेर कबुल गर्छ त्यस मानिस बरु मर्ला परमेश्वरलाई वास्ता गरेको हुँदैन। यस किसिमको चालाले धेरै मानिसहरू परमेश्वरको वचनमा स्पष्टरूपमा लेखिएको कुराको सरासर विपरित गइरहेको हुन्छ। यदि तिनीहरू राम्रो गर्न चाहन्छ भने अहिले नै तिनीहरूले पाएको सुनौलो अवसरलाई नगुमाइ आफ्नो भएभरको शक्ति प्रयोग गरेर परिश्रम गर्दछन्। तिनीहरूले असल गर्नुपर्ने अवसर गुमाउनु धेरै डरलाग्दो स्थिति हो।
यदि अनन्त जीवनलाई सुरक्षित राख्ने हो भने अहिलेको जीवनमा नै सकेसम्म धेरै असल काम गरेर त्यसको धनी हुनुपर्दछ। न्यायको दिनमा जब लेखाहरू खोल्नेछन्, तब प्रत्येक मानिसलाई तिनीहरूको काम अनुसार इनाम दिइने छ।
१५७

previous
अघिल्लो
अर्को
previous
chat