Jun 06, 2024

सानोतिनो कुरामा पनि निष्ठावान् र इमान्दार पूर्वक ध्यान दिनु

SCRIPTURE READING — लूका १९:१७

“तिनले त्यसलाई भने, ‘स्याबास मेरो असल सेवक , तिमी अति थोरैमा विश्वासी भयौ, तिमीले दश सहरहरूमाथि अधिकार पाउनेछौ।”’
लूका १९:१७
आफूसँग भएका दक्षता, प्रतिभा, खुबी र सिप जति धेरै लगनशील भएर प्रयोग गरिन्छ त्यति तिनीहरू गुणात्मक र संख्यात्मकरूपमा बृद्धि हुन्छ। सफल वा सम्पन्न जीवन कुनै मौका, बंशज, वा लोकप्रिय भाषामा भन्नुपर्दा भाग्यको खेल होइन। परमेश्वरले आफ्नो लक्ष्य पूरा गर्न मानिसहरूसँग काम गर्नुहुन्छ। सफलता भनेको विश्वास, लगनशीलता, परिश्रम, कुशल, विवेकशीलता र आफूसँग भएको चरित्रका गुणहरूको इनाम हो। हामीसँग भएको प्रत्येक वरदान, दक्षतालाई प्रयोग गरुन् भन्ने परमेश्वरको इच्छा हो। यदि हामीसँग भएको ती दक्षता, प्रतिभा र सिपहरूलाई प्रयोगमा ल्यायौं भने अझ त्यो भन्दा उत्तम वरदानहरू प्रयोग गर्न हामीले पाउन सक्छौं। हामीसँग नभएका दक्षताहरू परमेश्वरले अलौकिक ढङ्गले वर्षाउनु हुन्न। जब हामीसँग जे त्यसलाई प्रयोगमा ल्यायौं भने उहाँ नै हामीसँग रहनुभएर काम गर्नुहुनेछ र त्यसलाई प्रयोगमा ल्याउन हामीलाई शक्तिसम्पन्न गराउनुहुन्छ र बढाउनुहुन्छ।
परमेश्वरमाथि विश्वास राखेर, उहाँप्रति निष्ठावान हुने जतिसुकै कमजोर मानिस भएपनि उसले गर्ने निर्णायत्मक प्रयासहरूलाई उहाँले अचम्म तरिकाले सशक्त बनाउनुहुन्छ। त्यसका नतिजाहरू अत्यन्तै उल्लेखनीय हुन्छन्। जो मानिस आफूसँग भएको अल्पज्ञानबाट नम्र भएर र निहुरिएर काम गर्दछ र आफूलाई के थाहा छ वा थाहा छैन भनेर स्वीकार गर्दछ र लगनशील र मेहनतसाथ ज्ञान बुद्धिमा अघि बढ्न चाहन्छ त्यसको निम्ति उसको माग र आवश्यकता अनुसार स्वर्गका सारा सम्पत्ति उसको निम्ति खटिएको उसले पाउनेछ। जति-जति उसले आफूसँग भएको आत्मज्ञान अरूहरूलाई बाँड्छ र खुबीहरूलाई प्रयोगमा ल्याउँछ त्यति-त्यति उसको उन्नति हुँदै जान्छ। येशूले सुनाउनुभएको अर्तीकथामा आफ्नो मालिकबाट पाएको एउटामात्र सिक्का वा मोहर पाएको मानिसले त्यस सिक्का वा मोहरलाई जमिनमा गाडेर लुकाएको थियो।
आफूसँग भएको सानोभन्दा सानो खुबी, दक्षता, सिप वा प्रतिभालाई उसले प्रयोगमा ल्याएन र त्यसलाई बढाउन सकेन। यो अर्तिकथा येशूका सबै अनुयायीहरूको निम्ति चेतावनी हो। आफूसँग भएको सानोतिनोमात्र दक्षता, खुबी र सिपलाई येशूको सेवाको निम्ति कसरी प्रयोग गर्न सकिन्छ भनेर बहाना बनाएर चुपचाप बस्नेले एउटा मात्र सिक्का पाएको मानिसको गति के हुन्छ त्यही हुनेछ भन्ने कुरामा सतर्क हुनुपर्दछ। तिनीहरूमा ठूला-ठूला दक्षता, सिप, खुबी, अवसर र प्रतिभा भए उहाँको निम्ति ठूला-ठूला कामहरू गर्न सक्थ्यौं भनेर सोच्दछन्, तर तिनीहरू आफूसँग भएको सानोतिनो दक्षतालाई प्रयोग गरेर वा तल्लोस्तरमा झरिएर काम गर्नु बेकार छ भनेर तिनीहरूले केही नगरी हात बाँधेर बस्छन्। यस्तो खालको सोच नै गलत हो। जब परमेश्वरले वरदान, दक्षता, खुबी र सिप बाँड्नुहुन्छ तब उहाँले चरित्रको जाँच गरिरहेको हुन्छ। जो मानिस आफूसँग भएको दक्षता वा खुबीलाई अझ राम्रो गर्न वेवास्ता गर्दछ त्यो मानिस आफूलाई अनिष्ठ, विश्वासघाती सेवकको रूपमा प्रमाणित गरिरहेको हुन्छ। यदि उसले पाँचै सिक्का वा मोहर पाएतापनि उसले तिनीहरूलाई जमिनमै गाड्दथ्यो।
तपाईंसँग दक्षता, खुबी, प्रतिभा र सिप, पाएको अवसर जतिसुकै सानो वा थोरै भएतापनि तिनीहरूलाई प्रयोगमा ल्याउन परमेश्वरले नै तपाईंलाई दिनुभएको हो। एउटा मात्रै सिक्का वा दक्षता बुद्धि पुऱ्याएर प्रयोग गर्दा खटिएको काम गर्न सफल हुनेछ। सानोतिनो वा कसैले नदेख्ने भन्ने काममा लाग्दा वा आफूमा भएको दक्षतालाई विश्वासपूर्वक काममा प्रयोग गर्दै त्यसलाई झन् बढाउने योजनामा हामी लागिरहँदा त्यसलाई संख्यात्मकरूपमा बढाउन परमेश्वर नै हामीसँग रहेर काम गर्नुहुनेछ। ती सानोतिनो भनेर साधारण मानिसले पनि हेपेको काम होस् वा आफूसँग भएको खुबीलाई अवलोकन गरोस् त्यसले परमेश्वरको काममा अत्यन्तै बहुमूल्य प्रभाव पार्न सक्दछ।
१५८

previous
अघिल्लो
अर्को
previous
chat