Jun 07, 2024

सबै जीवनको स्रोत

SCRIPTURE READING — भजनसंग्रह ३६:९

“जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्याेतिमा हामी प्रकाश देख्दछाैं।”
भजनसंग्रह ३६:९
सृष्टिका सबै थोक चाहे जीव होस् वा अजीव होस् परमेश्वरकै चाहना र शक्तिले जिउँदछ। तिनीहरू परमेश्वरबाट आएको जीवनबाट नै बाँचिरहेको हुन्छ र त्यसमा भर पर्दछ। चाहे स्वर्गका महान् स्वर्गदूत किन नहोस् वा सानोभन्दा सानो जीवात किन नहोस् तिनीहरू जीवनको स्रोतबाट नै अस्तित्व भइरहेको हुन्छ।
“परमेश्वर जीवनको स्रोत हुनुहुन्छ” भन्ने बाइबलको कथनलाई युवायुवतीहरूले बुझ्नु आवश्यक छ। उहाँ केवल सबैको स्रस्ता वा सृष्टिकर्ता मात्र होइन जीवित रहने सबै वस्तुको निम्ति उहाँ जीवन हुनुहुन्छ। हामीले पाउने घाम, ताजा, मिठो हावा, शरीरलाई हप्टपुष्ट राख्ने खाना र हाम्रो जीवनलाई सम्हालीराख्न चाहिने बल सबै उहाँकै जीवनबाट हामी पाउँदछौं। पापले गर्दा विध्वंस भएको तत्त्वहरू बाहेक परमेश्वरले दिनुहुने सबै उपहार वा वरदानहरू हामी जिउन, स्वस्थ हुन र हामीलाई आनन्दित हुनको निम्ति हो।
प्रकृतिका सबै थोकहरू रहस्यमय तरिकाले जिइरहेका हुन्छन्। जगत्‌मा भएका अथाह नक्षेत्र र संसारहरू, गर्मी यामको हावामा तैरिरहने अणु किराहरू, खानाको निम्ति कराउने बचेराहरूको निम्ति खाना खोज्न जाने आमा चराहरूलाई चाहिने पखेटाहरू, फुल्ने कोपिला र फलका रूखहरू सबैलाई चाहिने जीवनको स्रोत परमेश्वर नै हुनुहुन्छ।
जुन शक्तिले प्रकृतिलाई समाली रहेको हुन्छ, त्यही शक्ति मानिसहरूमा पनि काम गरिरहेको हुन्छ। मुटुको धड्कनलाई चलाउने नियमहरू, शरीरलाई चाहिने जीवनको प्रवाहका नीतिहरू शक्तिशाली बौद्धिक परमेश्वरबाट नै निर्धारण गरेर चलनचल्तीमा आएका हुन्। प्रत्येक मानिसमा उहाँको अधिकार छ। उहाँ द्वारा नै जीवनको प्रवाह हुन्छ। उहाँसँग तालमेल गरेर चल्यो भने मात्र काम सहीरूपमा चल्नसक्छ र त्यसको सही मूल्याङ्कन हुन्छ। उहाँका सृष्टिका सबै थोकहरू थामी राख्ने सर्त एउटै हो-परमेश्वरबाट आउने जीवनलाई प्राप्त गरेर सम्हाली राख्नु र परमेश्वरको इच्छा अनुसार उहाँसँग तालमेल गरेर चल्नु। जब उहाँका शारीरिक वा भौतिक, मानसिक र नैतिक नीति वा व्यवस्थालाई अवज्ञा गरेर वा भङ्ग गरेर कोही चल्छ भने त्यस व्यक्ति वा थोक जगतको तालमेलसँग नमिल्ने गरेर चलेको हुन्छ।
परमेश्वरका नीतिहरू वा व्यवस्थाले सिकाएको कुराहरूलाई व्याख्या गर्न सिक्ने मानिसको निम्ति सारा प्रकृति नै उसको निम्ति उज्ज्वल हुनेछ। सारा पृथ्वी उसको निम्ति पाठ्यपुस्तक हुन्छ, उसको जीवन नै उसको निम्ति स्कुल हुन्छ। जब मानिस प्रकृति र परमेश्वरसँग एक भएर चल्छ र सारा जगतलाई सम्हाली राख्ने व्यवस्था वा उहाँका नीतिहरू र तिनीहरूलाई उलङ्घन गर्दा आउने नतिजाहरूले मानिसको दिमागमा प्रभाव नपारि छोड्दैन साथै उसको चरित्रलाई ढाल्न पनि ती नै व्यवस्था वा नीतिहरूलाई प्रयोगमा ल्याउँदछ।
१५९

previous
अघिल्लो
अर्को
previous
chat