Jun 08, 2024

प्रत्येक क्षण वा मिनेटमा परमेश्वरले हामीलाई हेरविचार गर्नुहुन्छ

SCRIPTURE READING — भजनसंग्रह १००:३

प्रत्येक क्षण वा मिनेटमा परमेश्वरले हामीलाई हेरविचार गर्नुहुन्छ

“परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको बगालका भेड़ाहरू हौं।”
भजनसंग्रह १००:३
कुनै पनि मानवीय सोच, चिन्तन, असाधारणा वौद्धिक क्षमताले सुसम्पन्न भएको व्यक्ति (जिनियस genius), दर्शन, वाद, विज्ञान र आविष्कारकले यस संसार कसरी सृष्टिभयो र त्यसको अस्तित्व कसरी खडा भयो भनेर चित्तबुझ्दो रूपमा व्याख्या गर्न सक्दैन। जीवनको रहस्यलाई कुनचाहिँ विज्ञानले व्याख्या गर्न सक्दछ र? हाम्रो जीवन परमेश्वरको वरदान हो। पृथ्वीको निम्ति जीवन उहाँको उपहार हो।
हाम्रो प्राकृतिक जीवन क्षण-क्षणमा परमेश्वरको शक्तिले सुरक्षित राखिएको छ। तर यसलाई सिधै कुनै अलौकिक वा आश्चर्य तरिकाले सम्हाली राखेको छैन। तर यस जीवनमा पाएका विभिन्न आशिष्‌हरूलाई हाम्रो क्षमताले भ्यायसम्म प्रयोग गरेर सम्हालिन्छ।
यस संसारमा मानव अवतार लिएर आउनुभएको मुक्तिदाताको विभिन्न आश्चर्य तथा अलौकिक कामले एउटा महत्त्वपूर्ण ज्ञानलाई औँल्याएको वा प्रकट गरिएको छ त्यो हो उहाँको शक्तिले नै मानिसहरूको निम्ति काम गर्दछ र समाल्छ साथै टुटिएको जीवनलाई उहाँले चङ्गाइ पार्नुहुन्छ। प्रकृतिका माध्यमहरूद्वारा दिनदिनै, घण्टा-घाण्टामा र क्षण-क्षणमा हामीलाई जीवित राख्न, हाम्रो भौतिक, मानसिक र आत्मिक जीवनको निर्माण गर्न र पुनर्स्थापित गर्न परमेश्वरले काम गरिरहनुभएको छ। जब हाम्रो शरीरको कुनै भागमा चोट लागेको छ भने त्यसलाई निको पार्ने प्रकिया तुरुन्तै सुरु हुन्छ। त्यस चोटले बिग्रिएको भागलाई फेरि राम्रोसँग पुनर्स्थापित गर्न प्राकृतिक माध्यमहरू सक्रिय भएको हुन्छ। तर ती माध्यमहरूद्वारा जुन काम गरिन्छ ती माध्यमलाई चाहिने शक्ति परमेश्वरबाट नै उपलब्ध हुन्छ। जीवन दिने वा जीवित राख्ने सबै शक्ति उहाँद्वारा नै प्रवाह हुन्छ। जब कुनै मानिस रोगबाट निको हुन्छ, त्यो परमेश्वरबाट नै निको भएको हुन्छ। रोग, बिमार, महामारी, दु:खकष्ट, र मृत्यु शैतानको विद्रोही तत्त्व सक्रिय भएको कारणले हो। सैतान विध्वंसकारी हो; परमेश्वर पुनर्स्थापक र पुनर्जीवन दिने हुनुहुन्छ। जब हाम्रो र परमेश्वरको बीचमा के सम्बन्ध छ त्यो थाहा पायौं भने हामीले ठुलो आत्मज्ञान भएको महसुस गर्न सक्छौं।
हामी सबैको आ–आफ्नै व्यक्तित्व र पहिचान छ। एउटा व्यक्तित्व वा मानसिक क्षमता वा पहिचान अर्को व्यक्तित्व वा मानव मस्तिष्कमा मिसिन सक्दैन वा घुसाउन सकिँदैन। सबै मानिसहरूले आ-आफ्नै निर्णय अनुसार काम गर्नुपर्दछ। सबैले आ–आफ्नो अन्तरविवेक वा चेतनाको अधिनमा रहेर काम गर्नुपर्दछ। जब हाम्रो उत्तरदायित्व र प्रभावको प्रवाह गर्छौं त्यो परमेश्वरबाट नै आएको भनेर स्वीकार गर्नुपर्दछ। यो कुनै मानवीय सामर्थ्यले होइन तर परमेश्वरबाट मात्रै उपलब्ध हुन्छ। यो शरीर मेरो हो मैले जे गर्न चाहन्छु त्यही गर्छु भन्ने इजाजत परमेश्वरले कसैलाई पनि दिनुभएको छैन। हामीहरूको खराब आनिबानी, जीवनशैली वा बानीव्यहोराले शारीरिक, मानसिक र आत्मिक जीवनलाई अपाङ्ग बनाउँदा परमेश्वरलाई सिद्ध र निर्मल हृदयले सेवा गर्न असम्भव हुन्छ। हाम्रो सम्पूर्ण जीवन र हामीमा भएका सबै शारीरिक, मानसिक, आत्मिक र मनोवेगहरू उहाँको हो र उहाँकै स्वामित्वमा राखिनुपर्दछ। प्रत्येक क्षण उहाँले हामीलाई हेरविचार गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, यस जीवित यन्त्र वा मेशिनलाई सुचारुरूपले उहाँले नै राख्नुहुन्छ। यदि यस मानवीय यन्त्रलाई एक क्षणमात्र हाम्रै हातमा छोडियो भने हामी तत्कालै मर्नेछौं। हरतरहले सम्पूर्णरूपमा हामी परमेश्वरमा नै भर परेर जिइरहेकाछौं।
१६०

previous
अघिल्लो
अर्को
previous
chat