Jun 09, 2024

यस संसारमा मानवीय जीवन भएर बाँच्नुको महान् लक्ष्य

SCRIPTURE READING — फिलिप्पी ३:१४

“ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर आँखा गाड्दै म जोड़सँग अगि बढ्दछु।”
फिलिप्पी ३:१४
जब आदम सृष्टिकर्ताको हातबाट बनिए तब उनी निराकार नभएर उनी सृष्टिकर्ताको जस्तो शारीरिक, मानसिक र आत्मिक स्वभाव थियो। भनिएको छ, “परमेश्वरले मानिसलाई आफ्नै स्वरूप वा प्रतिमूर्तिमा बनाउनुभयो” (उत्पत्ति १:२७)। जब उनलाई परमेश्वरले जीवनको सास वा प्राण फुकिदिनुभयो तब उनी अमर होउन् वा कहिल्यै पनि नमरुन् भन्ने उहाँको लक्ष्य थियो। जति धेरै उनी बाँच्यो त्यति धेरै उनले परमेश्वरको रूपलाई प्रकट गर्नुपर्दथ्यो। समय बित्दै जाँदा उनले उनको सृष्टिकर्ताको महिमालाई अझ बढि पूर्णरूपले प्रतिबिम्बित गर्नुपर्दथ्यो। उनमा भएका शारीरिक, मानसिक, आत्मिक र मनोवेगका आयामहरूको उत्तरोत्तर प्रगति गर्न उनलाई खुबी दिनुभएको थियो। उनमा भएका जोश, जाँगर आफूमा भएका सबै क्षमताहरूलाई निरन्तररूपमा बढाउँदै जानुपर्दथ्यो। उनको अथाह क्षेत्र खोला गरिएको थियो जुन उनले आफ्ना सबै खुबीहरूलाई प्रयोग गर्न सक्दथ्यो। यस पृथ्वीको महिमित सम्पदाहरूको खोजअनसुन्धान गर्ने अवसर उनलाई दिइएको थियो। देख्न सकिने जगतका रहस्यहरूलाई अध्ययन गर्न मानिसलाई आह्वान गरिएको थियो। यसलाई अय्यूबको पुस्तकमा यसरी लेखिएको छ, “बादलहरू कसरी माथि आकाश मण्डलमा झुण्डि रहन्छन्? यो त उहाँको अचम्मको वा रहस्यमय काम हो। परमेश्वर ज्ञानमा सिद्ध हुनुहुन्छ भनी के तपाईंलाई थाहा छ?” अय्यूब ३७:१६ । आफ्नो सृष्टिकर्तासँग मुखामुख, मनैदेखि वा आत्मियतामा आदानप्रदान गर्नु उनको निम्ति अत्यन्तै महान् अवसर थियो। यदि उनी परमेश्वरप्रति बफादार भएर बसेको भए वा उहाँको सरल आदेश पालन गरेको भए ती सबै उनको निम्ति सदाको निम्ति हुने थियो। अनन्तकालभरी उनले नयाँ-नयाँ ज्ञानका भण्डारहरू उनले निरन्तररूपमा खोतल्न सक्थे, खुशी र आनन्दको ताजा मुहानहरू उनले पत्ता लगाउँदै जान सक्थे र ज्ञानबुद्धि, शक्ति र परमेश्वरको प्रेमको बारेमा उनको धारणा स्पष्ट हुँदै जान्थे। जति उनले धेरै सिक्थे त्यति उनले उनको सृष्टिकर्ता महिमालाई प्रतिबिम्बित गर्न सक्थे।
तर परमेश्वरको आदेशलाई भङ्ग गरेर उहाँको बिद्रोह गर्दा ती सबै अवसरहरू आदमले गुमाए। पापले गर्दा मानिसमा भएको परमेश्वरको स्वरूप वा प्रतिमूर्ति क्षतबिक्षत भयो र यथार्थमा ओझेलोमा नै पऱ्याे। मानिसको शारीरिक शक्ति कमजोर भयो, उसमा भएका दक्षता र खुबीहरू घट्न थाल्यो र उसको आत्मिक ज्ञानको चक्षु अँध्यारो भयो। मानिस मृत्युको स्वामित्वमा रहन पुग्यो। यद्यपि, मानव जात आशारहित पारेर परमेश्वरले तमाशा हेरिरहनुभएन। परमेश्वरको अपार प्रेम, दया, सदाशयता र करुणाले मुक्तिको योजनाको तर्जुमा गरिएको थियो। यस संसारमा उसको निम्ति छोटो जीवन नै किन नहोस् त्यस योजनाको उपभोग गरेर अनन्त जीवनको स्वाद पाओस् भनेर सुपरिवेक्षणको समय प्रदान गरिएको थियो। मुक्तिको योजनाको लक्ष्य थियो र छ पनि: मानिसलाई उसको सृष्टिकर्ताको प्रतिमूर्तिमा पुनर्स्थापित गर्न, जुन सिद्ध शुद्ध र परिपक्क पारेर उसलाई सृष्टि गरिएको थियो त्यही स्थानमा उसलाई पुनर्स्थापित गर्न, उसको शारीरिक, मानसिक र आत्मिक उत्तरोत्तर विकाश गर्न, र जुन उदेश्यले उसलाई सृष्टि गरिएको थियो त्यही उदेश्य पूरा गर्न। यो नै सबै शिक्षाभन्दा महत्त्वपूर्ण शिक्षाको लक्ष्य हो। जीवनको महान् लक्ष्य नै मानिसलाई मुक्तिको योजनामा समावेश गर्नु हो।
येशूलाई आदर गरेर उहाँको इज्जत राख्न, उहाँ जस्तै हुनु, उहाँको निम्ति काम गर्नु नै मानिसको जीवनको महान् महत्त्वाकाँक्षा र सच्चिदानन्द वा अति आनन्द दिने लक्ष्य हुनुपर्दछ।
१६१

previous
अघिल्लो
अर्को
previous
chat