Jun 10, 2024

यस संसारमा हाम्रो जीवन केवल एकमात्र छ

SCRIPTURE READING — उपदेशक १२:१

“दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नछौ, “यस समयमा मेरो मन लाग्दैन,” ती समयभन्दा अघि नै आफ्नाे युवावस्थामा आफ्ना सृष्टिकर्ताकाे सम्झना गर।”
उपदेशक १२:१
जीवन अत्यन्तै रहस्यमय र पवित्र छ भन्ने कुरो कहिल्यै पनि नभुल्नुहोस्। यो परमेश्वर आफैबाट प्रकट भएको हो। उहाँ नै सबै जीवनको स्रोत हुनुहुन्छ। अहिले नै हामीले पाएका समय र अवसरहरू अत्यन्तै बहुमूल्यको छ। यसलाई दिलैदेखि इमान्दार भएर सुधार्दै र प्रगति गर्दै लानुपर्दछ। जब हामीले पाएको जीवन र समय खेर फाल्छौं तब सदाको निम्ति खेर जानेछ।
हाम्रो सामु गम्भीर वास्तविकताहरू राखेर परमेश्वरले अनन्त जीवन राख्नुभएको छ। कहिल्यै नाश नहुने र अमर विषयहरूलाई बुझ्न र बुझिरहने अवसरहरू उहाँले हामीलाई प्रदान गर्नुभएको छ। हाम्रो क्षमताले भ्यायसम्म इमान्दारितासाथ व्यस्त राख्न हामीलाई बहुमूल्य र आदर्श सत्य हाम्रो सामु परमेश्वरले राखिदिनुभएको छ। यस संसारमा हामी चल्ने बाटो सुरक्षित र निश्चित होस्, प्रगति गर्दै जाओस् र अर्थमूलक सार्थक लक्ष्य लिएर हामी बाँचौं भनेर परमेश्वरले बाइबलबाट हामीलाई आत्मज्ञान दिनुभएको छ।
आफैले परिपक्क तरिकाले सृजनुभएको सानोभन्दा सानो बिउ उहाँले हेर्नुहुन्छ र सुन्दर फुल, झाङ्ग वा महान् विशाल रूखले त्यसलाई बेर्नुहुन्छ। त्यसरी नै यस संसारमा जन्मिने प्रत्येक व्यक्तिमा भएका सम्भाव्यता र दक्षताहरू उहाँले हेर्नुहुन्छ। यस संसारमा हामी जन्मनुको लक्ष्य छ। हाम्रो जीवनको निम्ति परमेश्वरले हामीलाई योजना दिनुभएको छ, उहाँले हाम्रो जीवनको नक्सा कोर्नुभएको छ। यस जीवनमा उच्च स्तरमा हामी पुगौं वा विकाश गरौं भन्ने उहाँको चाहना हो।
हामी निरन्तर पवित्रतामा, आनन्दमा, खुशियालीमा र उपयोगात्मकरूपमा बढ्दै जाओस् भन्ने उहाँको चाहना छ। परमेश्वरले दिनुभएको पवित्र प्रतिभाहरू, वरदानहरू र खुबीहरूलाई उहाँको उपहार भनेर सराहना गर्न र उचितरूपमा प्रयोग गर्न सबैसँग क्षमता छ सो सबैलाई सिकाउनुपर्दछ। युवायुवतीहरूले आफ्नो जीवनको प्रत्येक क्षमता र खुबीलाई सक्रियरूपमा चलाओस् र प्रयोगमा ल्याओस् भन्ने परमेश्वरको इच्छा हो। यसै जीवनमा तिनीहरूले पाएका उपयोगीमूलक र बहुमूल्य समयमा रमाओस् भन्ने उहाँको चाहान हो। असल हुन र असल गर्न साथै भविष्यको निम्ति स्वर्गमा धन थुपार्न युवायुवतीहरूलाई अहिले नै अवसर दिइएको छ।
आफूले गर्ने सबै कामहरूमा, पाएका अवसरहरूमा निश्वार्थी भएर श्रेष्ठता, उच्च र आदर्श हाशिल गर्ने तिनीहरूको महात्त्वाकाँक्षा हुनुपर्दछ। तिनीहरूले येशू ख्रीष्टलाई नै अनुसरणीय उदाहरण वा नमुनाको रूपमा हेरोस्। तिनीहरू उहाँकै आदर्शमा मोडिन आफूहरूलाई सुम्पिनु पर्दछ। उहाँले आफ्नो जीवनमा प्रकट गर्नु भएको पवित्र जीवनलाई तिनीहरूमा हृदयमा सजाइ राख्नुपर्दछ। यस संसारमा रहेका प्राणीहरू जिउन उत्तम परिस्थिति वा वातावरण खडा गर्ने काम प्रत्येक येशूभक्त युवायुवतीहरूको हो भनेर महसुस गर्नुपर्दछ। यही कामको निम्ति परमेश्वरले तिनीहरूलाई बोलाउनुभएको हो र यही काम तिनीहरूको अर्थमूलक लक्ष्य हुनुपर्दछ।
यस संसारमा हामीलाई केवल एउटा मात्र जीवन छ। सबैले यो सोचेर चल्नु आवश्यक छ, मेरो जीवनलाई मैले कसरी लगानी गर्ने ताकि यसले सबैको हित र फाइदाको निम्ति उपयोगी हुन्छ? परमेश्वरको महिमाको निम्ति मैले मेरो शक्तिले भ्याएसम्म मैले कसरी काम गर्ने? म जे गर्छु त्यसले समस्त मानव जीवनलाई कसरी फाइदा पुऱ्याउन सक्दछ?
१६२

previous
अघिल्लो
अर्को
previous
chat