Jun 12, 2024

अवसर पाएकै बेलामा तपाईं अर्थमूलक जीवन जिउन सिक्नुहोस्

SCRIPTURE READING — उपदेशक ९:१०‍

“तिम्रो हातमा जे काम छ त्याे आफ्नाे पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छाै, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।”
उपदेशक ९:१०‍
मर्नु कुनै खेलाँची वा चानचुन कुरा होइन। यो गम्भिर विषय हो। तर त्यो भन्दा गम्भिर विषय त जिउनु हो। हामीले सोचेका प्रत्येक सोच, हामीले बोलेका प्रत्येक शब्द र हामीले गरेका प्रत्येक कामको लेखाजोखा हामीले दिनुपर्छ भन्ने कुरालाई गम्भिरतापूर्वक सोच्नु आवश्यक छ। अहिले नै परमेश्वरले दिनुभएको परिक्षण कालमा वा जिउन दिनुभएको अल्पसमयमा जे गर्छौं त्यसको छाप अनन्तसम्म रहिरहनेछ। मृत्युले हाम्रो भौतिक शरीरलाई नाश गर्छ तर यसले हाम्रो चरित्रमा केही परिवर्तन गर्दैन। येशू ख्रीष्ट आउनुहुने बेलामा हाम्रा मनिस्थिति, स्वभाव वा चरित्रहरू परिवर्तन हुँदैन; तर तिनीहरू सदाको निम्ति हामीमा निर्धारित भएर बसिरहेको हुन्छ।
सेभेन्थ-डे एडभेन्टिस्ट हुँ भनेर दावी गर्ने चर्चका प्रत्येक सदस्यहरूलाई म यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरू सचमुचरूपमा इसाई वा येशूभक्त हुनुहोस्। तपाईंहरू येशू जस्तै हुनुहोस्। इसाई हुँ वा येशूको अनुयायी हुँ भनेर दावी गर्नेले आफ्नो व्यक्तिगत आय आर्जनमा आफू नखट्नु सुहाउँदैन। येशूले काम गर्नुभएको थियो, परिश्रम गर्नुभएको थियो, आफ्नो लागि होइन तर अरूहरूको निम्ति। यदि तपाईंहरू हृदयदेखि नै इसाई हुनुहुन्छ भनेर देखाउन चाहनुहुन्छ भने येशूको अनुसरणीय उदाहरणलाई पछ्याउनुहोस्।
जाग्नुहोस्, म तपाईंहरूलाई आह्वान गर्दछु। निन्द्राबाट उठ्नुहोस्! आफ्नै भरपोषणको निम्ति मात्र तपाईंहरूका दिमाग, हाड, माँसपेशीका बलहरूलाई परिचालन गर्नु ढिलो भइसक्यो। अन्तिम दिनमा स्वर्गको सम्पत्तिबाट आफूलाई बञ्चित नगर्नुहोस्। क्रूसको विजयको निम्ति हरदम प्रयास गर्नुहोस्, अरूहरूको दिमागमा परमेश्वरको दिव्यज्योति चम्काउनुहोस्। तपाईंका मित्रहरूको मुक्तिको निम्ति परिश्रम गर्नुहोस्। तपाईं अग्निज्वालमा परेर तपाईं परिक्षित हुनुभएको बेलामा त्यसले तपाईंलाई अडिग राख्नेछ।
यो पनि सोच्नुहोस्, जुन काम गर्न तपाईंलाई खटाइएको छ त्यो तपाईंको चाहना अनुसार नहुन सक्छ, तर हाम्रो निम्ति यो परमेश्वरको निर्णय हो भनेर स्वीकार गर्नुहोस्। चाहे हामीलाई मन परोस् वा मन नपरोस्, अहिले नै हाम्रो हातमा आएको प्रत्येक काम कर्तव्यलाई खुशीसाथ पालन गरौं। बाइबलले स्पष्टरूपमा बताउँदछ, “तिम्रो हातमा जे काम छ त्याे आफ्नाे पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छाै, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।”
निनभेमा गएर सुसमाचार सुनाऊ भन्ने परमेश्वरको चाहना हामीप्रति छ। त्यहाँको सट्टा योप्पा वा कर्पनहुममा हामी गयौं भने उहाँ खुशी हुनेछैन। हाम्रा पाऊहरू कतातिर लान्छ त्यतातिर लैजान दिन परमेश्वरको कारणहरू छन्। हामी जहाँ जान परमेश्वरले अऱ्हानुभएता पनि त्यहाँ कोही न कोही हुन सक्छ जहाँ हाम्रो आवश्यकता छ।
हामी जुनसुकै काममा लागेतापनि परमेश्वरको वचनले हामीलाई यो सिकाउँदछ, “जोशमा पछि नहट वा काममा अल्छी नहोऊ। पवित्र आत्मा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।” रोमी १२:११। किनभने “यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।” कलस्सी ३:२४
१६४

previous
अघिल्लो
अर्को
previous
chat