Jun 13, 2024

स्वर्गको ढुकुटीमा आँखा लगाउनु

SCRIPTURE READING — कलस्सी ३:१-२

“यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।”
कलस्सी ३:१-२
प्रभुले मानिसको मोल समय, अनन्त जीवन, पृथ्वी र स्वर्गको तुलनासँग गन्नुहुन्छ। अर्थात् परमेश्वरको सामु मानिस कतिको मूल्यवान छ भने उहाँको अगाडि मानिस पृथ्वी र स्वर्गको मूल्य वा मोल जत्तिकै छ। त्यस परिप्रेक्ष्यमा यस संसारका धनसम्पत्ति केही पनि होइन। प्रभुले हामीलाई यो आदेश दिनुभएको छ: “धुत्ने (वा लुटेर खाने काममा भर नपर), र चोरेको वा (भ्रष्टाचार गरेर कमाएको) सामानमा अभिमान नगर। तिम्रो धन-सम्पत्ति बढ्यो (वा तिमी धनी भयौ) भने त्यसमा आफ्नाे हृदय नलगाओ।” भजनसंग्रह ६२:१० रूपान्तरित। धनसम्पत्ति नकमाउ भनेर परमेश्वरले भन्नुभएको छैन तर त्यसलाई अरूको भलाइ र परमेश्वरको इज्जत थाम्न प्रयोग गरियो भने त्यसको आफ्नै ठुलो मोल वा मान्यता हुन्छ। तर आफ्नो ढुकुटीमा भएको कुनै पनि सांसारिक धन-सम्पत्ति आदिको निम्ति मात्र तपाईं बाँच्नु हुँदैन, त्यसलाई तपाईंले भगवान् वा ईश्वर भनेर पुजा गर्नुहुँदैन न त मेरो उद्धारक, रक्षक र इज्जत मेरो सम्पत्ति नै हो भन्ने मनस्थितिमा तपाईं नरहनुहोस्।
यस संसारमा मानिसहरू थोरै समयको निम्ति मात्र छन्, तर परमेश्वरले तिनीहरूको प्रत्येक क्षणलाई उहाँले एक वा अर्को तरिकाले परीक्षा वा परिक्षण गरिरहनुभएको हुन्छ। स्वर्गमा भएका अथाह ढुकुटी वा सम्पत्तिहरू तिनीहरूमाथि खन्याएर वा तिनीहरूबाट उहाँको निगाहा वा आशिष्‌हरूलाई वापस लिएर वा रोकेर उहाँले तिनीहरूलाई परीक्षा गर्नुहुन्छ। धनीहरूलाई धनसम्पत्ति उपलब्ध गराउनु भएर उहाँले तिनीहरूबाट यो अपेक्षा गर्नुहुन्छ कि त्यसद्वारा तिनीहरूले सबै थोक दिनुहुने परमेश्वरलाई प्रेम गरोस् र आफ्ना छिमेकी वा अरू मानव प्राणीलाई आफू जस्तै प्रेम गरोस्। तिनीहरूले पाएका सम्पत्तिलाई कसरी प्रयोग गरिरहेका हुन्छन् त्यसले नै तिनीहरूले परमेश्वर र अरूहरूलाई प्रेम गरिरहेको छ वा छैन भनेर प्रमाणित गरिरहेको हुन्छ। जब मानिसले आफूमा भएका पैसा वा धनहरूलाई उचितरूपमा प्रयोग गरियो भने परमेश्वर खुशी हुनुहुन्छ; अनि उसमा भएको अलिकतिमा धेरै थपेर उसलाई बढि जिम्मेवारी दिनुहुन्छ।
यस संसारका कतिपय मानिसहरू संसारिक जीवनमा नै झुमिरहने हुन्छन्। अनि तिनीहरूसँग नभएको थोकको निम्ति तिनीहरू हुर्कने चाहना गर्दछन्। तिनीहरू आफ्नै बानी व्यहोराले घचेटिएर र प्रत्येक सोच र लक्ष्यलाई परिचालन गरेर भविष्यको निम्ति धन थुपार्छन्, जब तिनीहरूको उमेर ढल्कन्दै जान्छन् तब अझ धेरै सम्पत्ति थुपार्न र फाइदाको निम्ति प्रयत्न गरिरहन्छन्।
तर तिनीहरूमा भएका उर्जा, बल, महत्त्वाकाँक्षा वा दृढता, संसारमा पाउन अनेकौँ शक्ति, मान, मर्यादाको पछि मात्र दगुर्ने तिनीहरूको चाल गलत लक्ष्य वा नियतले भइरहेको हुन्छ। हामीसँग भएको प्रत्येक स्रोत र साधन, शारीरिक-मासिक- आत्मिक बल, खुबी, दक्षता र सम्पन्नता स्वर्गको अमर जीवनको निम्ति सकेसम्म उच्च स्तरमा लगानी गर्न सक्छौं। स्वर्गको अथाह महिमा वा इज्जत सकेसम्म धेरै तरिकाले उचाल्न तिनीहरूलाई प्रयोग गर्न सकिन्छ। यस भौतिक संसारमा क्षणिकको निम्ति बाँच्ने मानिसको लगनशीलता र आफ्नो सबै बलहरू प्रयोग गरेर आफ्नो ढुकुटीमा धन थुपार्न प्रत्येक मौकालाई प्रयोग गरिरहेको हुन्छ। परमेश्वरका छोरा-छोरीहरू हौं भनेर दावी गर्नेले तिनीहरूबाट पाठ सिक्नुपर्दछ, र त्यो पाठ परमेश्वरको महिमा, इज्जत, मानको निम्ति प्रयोग गर्दै अनन्त जीवनमा आफूहरूलाई हिस्सेदार बनाइ राख्नुपर्दछ। यस संसारका मानिसहरू परमेश्वरका जनहरू वा आत्मज्ञान पाएका भक्तहरूभन्दा बढि बुद्धिमानी छन्। सांसारिक मोहमा मात्र फस्नेहरूले संसारबाट भाऊ खोज्न, सम्पन्न हुन, प्रतिष्ठा जोगाउन र प्रतिस्पर्धामा माथि रहन आफ्ना सारा बल, स्रोत र साधनाहरू जोशिलो पाराले प्रयोग गरिरहेका हुन्छन्। ओहो, तिनीहरूमा भएको अलिकति पनि जोश र जाँगर स्वर्गको ढुकुटीको निम्ति परिश्रम गर्नेहरूमा अलिकति मात्र भएको भए के हुन्थ्यो होला?
१६५

previous
अघिल्लो
अर्को
previous
chat