Jun 15, 2024

छायाँहरूमा प्रकाश

SCRIPTURE READING — विलाप ३:३२-३३

“उहाँले दु:ख ल्याउनुभए तापनि आफ्नाे असंख्य दया तथा करुणाहरू देखाउनुहुनेछ, किनभने उहाँले मानिसका सन्तानलाई स्वइच्छाले दु:ख दिनुहुन्न न त मन दुखाउनु नै हुन्छ।”
विलाप ३:३२-३३
जब मेरो जेठो छोरो सोऱ्ह्र वर्षको थियो तब ऊ धेरै बिरामी भयो। (एलेन जी ह्वाइटको आफ्नो पीडाको बारेमा व्यक्तिगत अनुभव लेख्छिन्। उहाँका जस्ता प्रियजनहरू गुमाउनेहरूको सान्त्वनाको निम्ति यो लेखिएको हो।-सङ्कलनकर्ताहरू)। उसका मामिला एकदम गम्भिर थियो। आफ्नो अवस्था चिन्ताजनक थियो भनेर उसलाई थाहा थियो। हामीलाई उसको ओछ्याननिर बोलाएर यो भन्यो, “बुबा, आमा, आफ्नो जेठो छोरोबाट अलग हुनुपर्दा तपाईंलाई धेरै कठिन हुनेछ। यदि मेरो जीवन बचाउन परमेश्वरले चाहनुहुन्छ भने म खुशी हुनेछु। यदि मेरै भलाइको निम्ति र उहाँको महिमाको निम्ति म मर्नुपर्छ भने म सन्तुष्ट हुन्छु। बुबा तपाईं एक्लै र आमा तपाईं एक्लै भएर प्रार्थना गर्नुहोस्। अनि मेरो उद्धारकर्ताको चाहना अनुसार तपाईंहरूले जवाफ पाउनुहुने, जसलाई तपाईंहरूले प्रेम गर्नुहुन्छ र म पनि गर्दछु।” यदि हामी सँग-सँगै प्रार्थना गऱ्याैं भने हाम्रो पीडा बढ्नेछ, र परमेश्वरले दिन चाहनुभएको जे उत्तम छ त्यो हामीहरूले माग्नेछौं भनेर उसलाई थाहा थियो। हामीले प्रार्थना गऱ्याैं तर हाम्रो छोरो निको हुनेछ भन्ने कुनै प्रमाण देखिएन। हाम्रो मुक्तिदाता येशूमाथि पूरा भरोसा राखेर उसको देहान्त भयो। उसको मृत्यु हाम्रो निम्ति ठुलो धक्का भएको थियो। तर मृत्युमा पनि हाम्रो विजय भएको थियो; किनभने उसको जीवन परमेश्वरको ख्रीष्टमा लुकिएको थियो।
मेरो जेठो छोरोको मृत्युभन्दा पहिले, मेरो सानो बालक मरणासन्न भएको थियो। हामीले प्रार्थना गऱ्यौं, र परमेश्वरले हाम्रो प्यारो बालकलाई बचाउनुहुनेछ। तर उसको मृत्युमा हामीले आँखा चिम्लिनुपऱ्यो, र उसलाई येशूमा बिश्राम दियौं। जब जीवनदाता आउनुहुनेछ उहाँले प्रिय जनहरूलाई बिउँताउनुहुनेछ र अमर जीवन दिनुहुनेछ।
अनि मेरो श्रीमान् जो येशूको विश्वासिलो र भरपर्दो सेवक हुनुहुन्थ्यो र मलाई छत्तिस वर्षसम्म साथ दिनुभएको थियो, उहाँलाई पनि मबाट छुटाएर लानुभयो। अब परिश्रम गर्न एक्लै छोडिएको थियो। उहाँ येशूमा बिश्राम लिइरहनुभएको छ। उनको चिहानमा मैले आँशु बगाउन सक्दिनँ तर उनीबिना म कस्तो एक्लो भएको छु। म उनलाई धेरै मिस गर्छु। हामीले तिनीहरूलाई भेट्नेछौं र स्वर्गीय स्थानहरूमा तिनीहरूलाई हामीले चिन्नेछौं। तपाईंको भरोसा परमेश्वरमा राख्नुहोस्, र नडराउनुहोस्।
१६७

previous
अघिल्लो
अर्को
previous
chat