Jun 16, 2024

प्रभुमा मर्ने हाम्रा धन्य प्रियजनहरू

SCRIPTURE READING — प्रकाश १४:१३।

अनि स्वर्गबाट आएको यस्ताे आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आफ्नाे-आफ्नाे परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
प्रकाश १४:१३।
तपाईंहरूलाई के भन्ने त्यो बोली मसंग छैन। (श्रीमती गुमाउने श्रीमान्‌लाई र आफ्ना आमा गुमाउने छोराछोरीहरूलाई सान्त्वना दिन एलेन जी ह्वाइटले व्यक्त गर्छिन्)। तपाईंको श्रीमतीको देहान्त भएको खबर सुन्दा मलाई ठुलो धक्का भएको थियो। न त त्यसबेला न त अहिले त्यो खबर विश्वासै गर्न नसक्ने भएकी छु। गत हप्ताको सबाथ बेलुकीमा परमेश्वरले मलाई यो दृश्य देखाउनुभएको थियो...
उनलाई प्रभुले लालमाेहर लगाएकाे मैले देखें। परमेश्वरकाे आवाजले उनी उठेकी थिइन्। उनी १४४,००० सँगै थिइन्। उनको निम्ति हामी शोक गर्नुपर्ने कारण मैले देखिनँ। कालरात्री वा सङ्कटको समयमा उनी बिश्राम लिने भएकी थिइन्। उनी हामीसँग रहन नसकेकोले मात्रै हामी शोक गर्न सक्दछौं, तर उनको मृत्यु उनकै असलको निम्ति थियो।
म भाइ एफलाइर् र तपाईंका छोराछोरीहरूलाई म आह्वान गर्दछु कि येशूलाई भेट्न तयार हुनुहोस्। ती छोराछोरीहरूले तिनीहरूको आमाले भेट्ने छन् र कहिल्यै पनि छुट्टिने छैन। ओ, छोराछोरीहरू हो, जब तिमीहरूको आमा तिमीहरू छुट्टिनुभन्दा अघि तिमीहरूसँग रहँदा तिमीहरू विश्वासमा अडिग भएर बस्नु भन्ने उनको विश्वासिलो वचन के सम्झिरहेका छौ? परमेश्वरसँग गरिएका उनका प्रार्थनाहरू र तिमीहरूलाई दिएका अर्तिहरू के जमिनमा पानी पोखाएझैँ पोखाउने? येशूलाई भेट्न तयार होऊ, र सबै ठिक हुनेछ। तिमीहरूको हृदयहरू परमेश्वरमा सुम्प र जबसम्म तिमीहरूले येशूलाई प्रेम गर्छौ भन्ने महसुस हुँदैन तबसम्म विश्राम नलेऊ। प्रिय भाइ, तपाईं कम्मर कस्नुहोस् र तपाईंले आफ्नी प्रिय श्रीमती गुमाउनुपर्दा भोग्नु परेको पीडालाई परमेश्वरले सम्मालून् भनेर हामीले परमेश्वरसँग प्रार्थना गरेका छौं। परमेश्वर तपाईंसँग हुनुहुनेछ र उहाँले तपाईंलाई उचाली राख्नुहुनेछ। केवल उहाँमा विश्वासमात्र गर्नुहोस्....।
आशा नभएकाहरू जस्तै शोक नगर्नुहोस्। चिहानले केवल थोरै समयको निम्ति मात्र उनलाई दवाइ राख्न सक्छ। प्रिय भाइ, परमेश्वरमा आशा राख्नुहोस् र हँसिलो हुनुहोस्, केही क्षणमै तपाईंले उनलाई भेट्नुहुनेछ। तपाईं र तपाईंका परिवारमाथि परमेश्वरको आशिष्‌ले विश्राम पाओस् भनेर हामी निरन्तररूपमा प्रार्थना गर्नेछौं। परमेश्वर नै तपाईंको सूर्य र सुरक्षाकवच हुनुहुन्छ। यस गहिरो शोक, पीडा, कष्ट र परीक्षामा उहाँ तपाईंकै साथमा उभिनुहुनेछ। तपाईंमा आएको परीक्षा सहनुहोस् र महिमाको मुकुट पाउनुहोस्। त्यो मुकुट तपाईंको प्रिय सहयात्रीसँग येशू आउनुहुँदा पाउनुहुनेछ। सत्यमा अडिग हुनुहोस्, र उनीसँगै तपाईंले महिमा, सम्मान, अमर र अनन्त जीवनको मुकुट पाउनुहुनेछ।
१६८

previous
अघिल्लो
अर्को
previous
chat