Jun 19, 2024

परमेश्वरको न्यायको असल फैसला

SCRIPTURE READING — मत्ती १०:२८

“तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।”
मत्ती १०:२८
कतिपय इसाई सम्प्रदाय वा डिनोमिनेशन वा धर्मले सिकाएको र फैलाएको हाम्रो मानवीय न्यायिक प्रणालीमा पनि कस्तो घृणात्मक, विभत्स, विरोधाभास् र अन्याय तर लोकप्रिय यो शिक्षा छ जुन हाम्रो प्रेम र दयाको प्रत्येक भावनालाई पनि बज्राइदिन्छ: यस संसारमा छोटो समयमा बाँचेका दुष्टहरू अनन्त समयसम्म नरकमा आगो र भतभती पोल्ने पत्थरहरूमा जिउँदै यातना सहनुपर्दछ रे? यस संसारमा थोरै वर्षमात्र रहँदा तिनीहरूले गरेका जानी नजानी सानोतिनो पाप र अपराधको निम्ति अनन्त समयसम्म यातना भोग्नु पर्दछ रे, त्यो पनि जबसम्म परमेश्वर जीवित रहनुहुन्छ...!
परमेश्वरको न्यायमा हिलो छ्याप्ने यस्तो शिक्षा बाइबलका कुन पानाहरूमा छ? मुक्ति पाएकाहरू स्वर्गको रमझम र आनन्दमा मनाइरहेका हुन्छन्, के तिनीहरूमा सबै मानवमा भएको अलिकति पनि दया, करुणा र मायाका भावनाहरू हराए त? के धर्मको नाउँमा त्याग, तपस्या, नाङ्गेझार भएर जोगी हुन नसक्दा त्यस्तो यातना भोगिरहनुपर्ने जङ्गली निष्ठुर शिक्षा होइन त? परमेश्वरको पुस्तकमा त्यस्तो अधर्मी वा अमानवीय शिक्षा कहीँ पनि छैन।
दुष्ट मानिस अनन्तसम्म कष्ट पाइरहन्छ भन्ने आपत्तीजनक र घृणित शिक्षा मूर्तिपूजकहरू वा पतित बेबिलोनको उपज हो। यो गलत छ र यो मिसिएको रक्सीको दर्शन हो, अर्थात् बाइबलको सत्य शिक्षासँग असत्य घुसाएर जनमानसमा भ्रम फैलाउने र सत्य धर्मप्रति घृणा जगाउने अभियान हो।
सैतानले परमेश्वरको चरित्रमा यस्तो झुटो कालो र आतङ्कित बनाउने रङ्गहरूले पोतिदिँदा दयालु सृष्टिकर्ता सनातन परमेश्वरसँग मानिस डराउँदैन र, अझ घृणा पनि गर्दैनन् र?
हाम्रो मुक्तिदाताको उदाहरणबाट र आफूले सिकाउनुभएको दया, करुणा, प्रेम, अनुग्रह, सदाशयता जस्ता नीतिहरू परमेश्वरको चरित्रको प्रतिलिपी हो। हो, सारा जगतको भलाइको निम्ति परमेश्वरले दुष्टहरूको न्याय गर्नुहुन्छ, अझ ती दुष्टहरूकै भलाइको निम्ति उहाँले न्याय गर्नुहुन्छ।
सैतानलाई आफ्नो अगुवा, प्रभु वा स्वामी भनेर चुन्नेहरूलाई उसकै शक्तिले तिनीहरूलाई नियन्त्रण गरिरहेका हुन्छन्। परमेश्वरको सम्मुख जान तिनीहरू तयार हुँदैनन्।
के तिनीहरूले परमेश्वर र थुमाको तेजस्वीमय महिमाको सामु सैतानलाई स्वामी चुन्नेहरू उभिन सक्छन् र? अहँ, एक छिन पनि रहन सक्दैनन्। तिनीहरूलाई वर्षौँसम्म यस संसारमा परिक्षणको समय पाएका भए ताकि तिनीहरूले स्वर्गको निम्ति चरित्र निर्माण गर्न सकून्। तिनीहरूको दिमाग शुद्ध रहन र निष्कलङ्क जीवनलाई माया गर्न तालिम दिएका हुँदैनन् र स्वर्गको भाषालाई तिनीहरूले कहिल्यै पनि सिकेका हुँदैनन् न त सिक्न चाहेका हुन्छन्, जब तिनीहरूको मृत्यु हुन्छ तब तिनीहरू परमेश्वरको राज्यमा रहन आफुहरूलाई योग्य बनाइरहेका हुँदैनन् अर्थात् स्वर्ग तिनीहरूको निम्ति पीडादायी हुनेछ।
पाप गर्नु वा जहाँ पाप हुन्छ त्यो ठाउँमा परमेश्वर भष्म गर्ने आगो हुनुभएको हुन्छ। हिब्रु १२:२९ जो मानिसहरू उहाँको शक्ति र आत्मामा समर्पित हुन्छन् तिनीहरूमा भएका पापहरू, अधर्महरू, खराब चाल आदि भष्म हुनेछ। तर मानिस पापलाई नै अङ्गालेर बस्न चाहन्छ भने त्यो मानिस पापसँगै परिचित भएको हुन्छ। त्यस परिस्थितिमा पापलाई संहार गर्ने परमेश्वरको तेजस्वीमय महिमाले तिनीहरूलाई पनि नाश गर्नुपर्ने आवश्यकता हुन्छ।
१७१

previous
अघिल्लो
अर्को
previous
chat