Jun 21, 2024

मानिस स्व:त अमर छ: सैतानको झूटको खेती

SCRIPTURE READING — हितोपदेश २१:६

झूटो जिब्रोले आफ्नाे भाग्य वा जीवन सुधार्न खोज्नु त उड़िजाने कुइरोमा पर्नु जस्तो हो र यो घातक पासो हो।
हितोपदेश २१:६
झूटलाई आविष्कार गर्ने महान् फटाहा सैतानले सर्पको माध्यमबाट अदनको बगैँचामा हव्वालाई सुनाएको थियो, “तिमी कहिल्यै मर्नेछैनौ। मानिस अमर छ वा उसको भौतिक शरीर नाश भएतापनि उसको आत्मा जीवित भइरहन्छ भन्ने पहिलो प्रवचन अदनको बगैँचामा दिएको थियो। यो प्रवचनले ठूलो सफलता पाएको थियो, त्यसको फलस्वरूप भयानक नतिजा ल्याएको थियो। मानिस अमर छ भन्ने कथन सत्य हो भन्ने प्रवचनलाई अङ्गाल्न सैतानको जाल थियो। अरू धर्मसहित कतिपय इसाई धर्मगुरुहरूले यस शिक्षालाई प्रचार गर्छन्, गीत गाउँछन् र प्रार्थना पनि गर्छन्।
अदनको बगैँचामा आफ्नो झूटले सफलता पाएपछि सैतानले आफ्ना दूतहरूलाई मानिस स्व:त अमर छ भन्ने मानिसहरूलाई संलघ्न गर्न खटाएको थियो। मानिसहरूका दिमागमा सुईद्वारा यो गलत धारणा घुसाएपछि दुष्ट तथा पापी अनन्त कालसम्म पीडादायी जीवन भोग्नुपर्छ भनेर तिनीहरूले विश्वास गर्न पुगेका थिए। अब अन्धकारको शासक उसका मतियारहरू चाहे कतिपय अवस्थामा इसाई धर्म नै किन नहुन् परमेश्वरको खिलाफमा विद्रोहको भावनाको जाल फैलाइरहेका छन्। परमेश्वर प्रतिशोध गर्ने निरङ्कुस शासक हुनुहुन्छ, उहाँलाई प्रसन्न नपार्ने मानिसहरूलाई नर्कमा पठाउनुहुन्छ जहाँ अनन्त समयसम्म उहाँको क्रोध भोगीरहनुपर्दछ भन्ने शिक्षालाई विभिन्न माध्यमहरूद्वारा सैतानले फैलाइरहेको छ।
फेरि धेरै यस्ता मानिसहरू छन् अनन्त कालसम्म मानिस नर्कमा यातना सहनुपर्ने शिक्षालाई वाक्क लाग्दो भएर थप गलत शिक्षामा परिरहेका छन्। परमेश्वर दयालु र करुणामय हुनुहुन्छ उहाँले आफ्ना सृष्टिहरूलाई त्यसरी अनन्तको अग्निमय नर्कमा पर्न दिनुहुन्न भनेर तिनीहरूले बाइबलबाटै सिकाइरहेका छन्। मानिस अमर छ भन्ने धारणालाई विश्वास गर्ने क्रममा अरू कुनै विकल्प नदेखिएपछि मानिसहरू स्व:त मुक्ति पाउनेछन् भनेर विभिन्न धर्म र कतिपय इसाई धर्मका विद्वान गुरुहरूले सिकाइरहेका छन् (त्यसमा ८४ लाखको जुनीपछि अन्तमा मानिस ब्रम्हाण्डमा मिसिएर उनले मुक्ति पाउनेछ भन्ने पूर्वीय धर्महरूले सिकाएको पनि पाउँदछ-अनुवादक)। कतिपय इसाईहरूले नै बाइबललाई धम्किपूर्ण र तर्साउने पुस्तकको रूपमा लिइरहेका छन्। मानिसलाई जबरजस्ती परमेश्वरको आज्ञा मान्न लगाउन बाइबलले जोड गर्दछ र पापी मानिस आगोको ज्वालामा परेर नष्ट हुनेछ भन्ने कुरो पूरा हुँदैन। ती इसाई भनाउँदाहरूले नै सिकाइरहेका छन्। यस खालको भ्रामक शिक्षाले पापी मानिस यस संसारमा मोजमज्जा गरेर स्वार्थी जीवन बिताउन सक्छ, परमेश्वरका आदेश वा नीतिहरू पालन गर्नु आवश्यकता छैन किनभने त्यो मानिसमाथि उहाँको निगाहा भइहाल्छ नि भन्ने मनस्थितिमा मानिसहरू परिरहेका छन्।
आफ्नो चरित्र तथा स्वभाव र यस संसारका मानिसहरूप्रति उहाँको अन्तिम लक्ष्य के हो र पापको मामिलामा आफूले के गर्नुहुनेछ भनेर धर्मशास्त्र बाइबलमा परमेश्वरले घोषणा गर्नुभएको छ। सारा दुष्ट र यस संसारमा पापमा रमाउनेहरूको नाश हुनेछ भनेर भजन १४५मा लेखिएको छ। पापीमाथि गरिने परमेश्वरको फैसला उहाँको दयावान्, सहनशील, सदाशयी र उदार चरित्रअनुसार नै सिद्ध हुनेछ भन्ने कुरामा हामी ढुक्क हुनुपर्दछ।
र परमेश्वरका ती न्यायिक गुणहरूलाई विश्वास गर्नेहरू उहाँको प्रेममा आकर्षित हुनेछन्। उहाँका ती गुणहरूप्रति तिनीहरूले सराहना नै गर्नेछन्।
१७३

previous
अघिल्लो
अर्को
previous
chat