Jun 23, 2024

येशू ख्रीष्ट अगौटे फल

SCRIPTURE READING — १ कोरिन्थी १५:१९-२०

“यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं (वा जिउँछौं) भने हामी सबै मानिसहरूभन्दा बढ़ी अभागी वा दयनीय हुनेछाैं। वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम वा अगौटे फल हुनुहुन्छ।”
१ कोरिन्थी १५:१९-२०
येशूमा मर्नेहरू सबै पुनरुत्थान हुनेछ भनेर प्रमाणित गर्न उहाँ आफै मर्नुभएर विश्वासीहरू कसरी पुनरुत्थान हुनेछ भनेर आफै पहिले पुनरुत्थान हुनुभएर देखाउनुभएको थियो। त्यसकारण परमेश्वरको विश्वासमा मर्नेहरूमा उहाँ अगौटे वा प्रथम फल हुनुभएको थियो। उहाँ सकल हल्लाउने बाली हुनुहुन्थ्यो।
येशू त्यसै दिन पुनरुत्थान हुनुभएको थियो जब बालीको पहिलो मुठो प्रभुलाई चढाइनुपर्थ्यो। हजार वर्षभन्दा बढिदेखि प्रथम् बालीको मुठो हल्लाउने चलन प्रतिकको रूपमा चलेको थियो। पौराणिक इस्राएलमा जब बाली पाक्दथ्यो तब पहिलो पाकेको बालीका मुठ्ठाहरू मानिसहरूको खेतबाट जम्मा गरिन्थ्यो। जब निस्तार चाडको समयमा मानिसहरू यरुशलेममा जान्थे तब ती मुठ्ठाहरू पुजाहारीलाई दिन्थे। पुजारीले त्यो पहिलो बालीको मुठ्ठा धन्यवादको भेटी भनेर परमेश्वरको सामु हल्लाउँथ्यो। जबसम्म यो काम हुँदैनथ्यो तबसम्म बालीमा हँसिया लगाउँदैनथ्यो र बाली जम्मा गरिन्दैनथ्यो। जुन बालीको मुठ्ठा परमेश्वरमा चढाइन्थ्यो त्यसले बाली कटानीको प्रतिनिधित्व गरेको थियो। त्यसकारण, येशू पहिलो वा अगौटे फलले महान् आत्मिक बाली कटानको प्रतिनिधित्व गर्नुभएको थियो। उहाँ आउनुहुँदा परमेश्वर यस पृथ्वीरूपि खेतबाट मुक्ति पाएकाहरूलाई जम्मा गर्नुहुनेछ। सबै धर्मीहरू पुनरुत्थान हुनेछ भनेर प्रमाणित गर्न येशूको पुनरुत्थान जमानत भएर बसेको छ अर्थात् उहाँको पुनरुत्थानले धर्मीहरूको पनि पुनरुत्थान हुनेछ भन्ने परमेश्वरको प्रतिज्ञावद्ध देखाएको थियो।
येशूमा सुत्नेहरू सबै पुनरुत्थान हुनेछ भन्ने उदाहरण उहाँको पुनरुत्थान थियो। पुनरुत्थान हुनुभएको मुक्तिदाताको भौतिक शरीर, उहाँका वस्त्र लाउने शैली र उहाँको बोलीवचन, उहाँलाई पछ्याउने सबैलाई परिचित थियो। त्यसरी नै सबैले चिन्ने गरेर येशूमा सुत्नेहरू सबै बौरी उठ्नेछन्। जसरी चेलाहरूले येशूलाई चिनेका थिए त्यसरी नै हामीले हाम्रा मित्रहरूलाई चिन्नेछौं। हुनसक्छ यस संसरमा तिनीहरू अङ्गभङ्ग भएर मरेका होलान्, अपाङ्ग भएर मरेका होलान्, अनेकौँ रोगव्याधीले ग्रस्त भएर मरेका होलान् तर जब तिनीहरूको पुनरुत्थान हुन्छ तब तिनीहरू इज्जतदार महिमित, अविनाशी, स्वस्थ भौतिक शरीर धारण गर्नेछन्। प्रत्येक व्यक्तिको व्यक्तित्वलाई सिद्धरूपमा सुरक्षित राखेको हामीले देख्नेछौं। जब येशूको चम्किलो अनुहार तिनीहरूको मुहारमा चम्किनेछ तब हामीले प्रेम गरेका सबै जनहरूको यस संसारमा हुँदादेखि नै चिनिएको स्वरूप वा आकृति हामीले देख्नेछौं।
येशूको दोस्रो आगमनमा बहुमूल्य मरेका सबैले उहाँको आवाज सुन्नेछन् र तिनीहरू महिमित, अमर जीवनमा परिवर्तन भएर पृथ्वीबाट बौरी उठ्नेछन्। जुन शक्तिले मर्नुभएको येशूलाई उठाइएको थियो त्यही शक्तिले उहाँको चर्चलाई पनि उठाइनेछ। सबै अधिकार र शक्तिहरूभन्दा माथि, प्रत्येक नाउँभन्दा पनि माथि यस संसारको मात्र होइन आउनेवाला संसारभन्दा पनि माथि ती पुनर्जिवित जनहरू येशूको तेजस्वी महिमामा मिश्रित भएर स्वर्गमा उक्लिनेछन्।
उहाँले तिनीहरूलाई बढो सम्मान पूर्वक सत्कार गर्दै स्वर्गमा भित्र्याउनुहुनेछ। हामी प्रत्येकलाई कहिल्यै पनि नबिलाउने महिमाको मुकुट उहाँले लगाइ दिनुहुनेछ।
१७५

previous
अघिल्लो
अर्को
previous
chat