Jun 24, 2024

मृत्युलाई बिजयले निल्नेछ

SCRIPTURE READING — २ कोरिन्थी ५:४

“किनकि यस भौतिक शरीर वा मन्दिरमा हुँदा पीडा र चिन्ताले हामी सुस्केरा हाल्छाैं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी अविनाशी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्याे जीवनले निलियोस्।”
२ कोरिन्थी ५:४
चिहानका साङ्लाहरू चुँडाल्ने जीवनदाता आउँदै हुनुहुन्छ। सैतानको उपज मृत्युको बन्धकमा परेकाहरूलाई पुनरुत्थान गर्दै उहाँले यो घोषणा गर्नुहुनेछ, “पुनरुत्थान र जीवन मै हुँ।”
धर्मीहरू मरेको लगत्तै स्वर्गमा इनाम पाउन जानेछन् वा दुष्टहरू दण्ड भोग्न नरकमा जानेछन् भन्ने जस्तो धारणा वा शिक्षा बाइबलमा कतै पनि लेखिएको छैन। परमेश्वरका अग्रज र अगमवक्ताहरूले त्यस्तो मन बहलाउने धारणा यस संसारमा छोडेका छैनन्। येशू र उहाँका चेलाहरूले त्यसको बारेमा सङ्केत पनि दिएका छैनन्। मानिस मरेपछि सिधै स्वर्गमा जादैन भनेर बाइबलले स्पष्टरूपमा सिकाउँदछ। तिनीहरू पुनरुत्थानको दिन नआउँञ्जेल सुतिरहेका हुन्छन्। मानिसको प्राण जानेबित्तिक्कै त्यही क्षणमा उसको सोचविचार र चेतना खतम हुन्छ। तिनीहरू चुपचाप चिहानमा जान्छन्। सूर्यमुनि तिनीहरूले गरेका कुनै कामको पनि तिनीहरू मरिरहेको बेलामा थाहा हुँदैन। थकित धर्मीहरू मृत्यु भनेको आशिष् पाएको विश्राम हो! तिनीहरूको लागि समय छोटो होस् वा लामो होस् मृत्यु केवल क्षणमा मात्र हुनेछ। सुतिरहेका धर्मी जनहरू परमेश्वरको तुरहीको आवाजले महिमामय अमरत्त्व धारण गरेर ब्युँझिनेछन्। “ हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्याे वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।“ १ कोरिन्थी १५:५१-५४ जब मरेकाहरू गहिरो निन्द्राबाट उठ्छ्न् तब तिनीहरू कहिले मर्न पुगेछन् भनेर सोच्नेछन्। तिनीहरूले अन्तिम अनुभव त मृत्युको व्यथामा परेका थिए भनेर महसुस गर्नेछन्। तिनीहरू चिहानको शक्तिमा पर्नुभन्दा अघि सोचेको विचार त्यही व्यथा हुनेछ। जब तिनीहरू चिहानबाट बौरीउठ्नेछन् तब तिनीहरूले विजय उल्लाससाथ यो आवाज चिच्याएको सुन्नेछन्, “ए मृत्यु तेरो शक्ति कहाँ? ए चिहान, तेरो विजय कहाँ?” १ कोरन्थी १५:५५ रूपान्तरित।
यस संसारमा हुँदा तिनीहरूले अनुभव गरेका अन्तिम पीडा मृत्यु नै हुनेछ। तब जब तिनीहरूको पुनरुत्थान हुन्छ तब त्यो पीडा हराइसकेको हुन्छ। स्वर्गका ढोकाहरू तिनीहरूको निम्ति खुला गर्नेछन् र परमेश्वरका मुक्ति पाएका जनहरू करुब र सेरफिम स्वर्गदूतहरूको बीचबाट हिँड्नेछन्। ख्रीष्टले बढो मायापूर्वक तिनीहरूलाई स्वागत गर्नेछन् र तिनीहरूलाई यो आशिष् दिनुहुनेछन्, ‘स्याबास, असल र विश्वासी नोकर!... तिमी आफ्ना मालिकको खुशीमा सहभागी हो।’ मत्ती २५:२१।
१७६

previous
अघिल्लो
अर्को
previous
chat