Jun 25, 2024

विशेष पुनरुत्थान

SCRIPTURE READING — दानिएल १२:२

“पृथ्वीको धूलोमा सुतेका भीड़हरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि।”
दानिएल १२:२
मध्य रातमा परमेश्वरले आफ्नो शक्ति देखाएर आफ्ना जनहरूलाई उद्धार गर्नुहुन्छ। त्यसबेला अचानक चर्को घाम लाग्दछ। विभिन्न आश्चर्य कामहरू र चिन्ह द्रुतगतिमा हुन्छन्। दुष्टहरू त्राही-त्राही भएर त्यस दृश्यलाई चकित परेर हेर्दछन्, तर धर्मीहरू अत्यन्तै गम्भीर आनन्दले हेर्दछन्। यो तिनीहरूको उद्धारको समय थियो। प्रकृतिको गतिविधि तहसनहस हुन्छ। कलल बगिरहेका खोलाहरू अचानक बग्न रोक्दछन्। आकाशमा कालो र बाक्लो बादलहरू देखापर्छन्। तिनीहरू एक आपसमा बाझिन्छन्। मानिसहरूका हृदयहरूलाई डरले हल्लाइरहेको बेलामा आकाशमा एउटा निर्मल तर वयानै गर्न नसकिने तेजस्वीमय महिमा देखा पर्दछन्। त्यहाँबाट बाढी उर्लेको जस्तो परमेश्वरको आवाज आउँछ, “अब सिद्धियो!” प्रकाश १६:१७।
त्यस आवाजले आकाशका नक्षेत्रहरू र पृथ्वीलाई बेसरी हल्लाइ दिन्छ। त्यसबेला शक्तिशाली भूकम्प जान्छ। त्यसबेला हुने दैवीप्रकोपलाई यसरी वर्णन गर्न खोजिएको छ, “तब बिजुली चम्के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन।” प्रकाश १६:१८। सारा पृथ्वी नै तहसनहस भएर हल्लिन्छ र समुद्रका छालहरू जस्तै फुलिन्छ। पृथ्वीका सतहहरू टुक्रा-टुक्रा हुन्छ। यसका जगहरू नै हल्लाइरहेका हुन्छन्।
चिहानहरू खोलिन्छन्, र “पृथ्वीको धूलोमा सुतेका भीड़हरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म वा लाजमा पार्नको लागि र अनन्त तिरस्कारको लागि।” दानिएल १२:२। तेस्रो स्वर्गदूतको सन्देश सुनेर विश्वासमा मरेकाहरू सबै महिमित शरीर लिएर चिहानबाट पुनरुत्थान हुन्छन्। परमेश्वरका दश आज्ञाहरू पालन गर्नेहरूलाई परमेश्वरको शान्तिको करारले मूर्तरूप लिएको तिनीहरूले सुन्छन्।
तेस्रो स्वर्गदूतको सन्देश सुनेर सनातन परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भनेर ठोकुवा गर्ने साबथलाई पालन गरेर विश्वास गर्दै मरेकाहरू पृथ्वीको धुलो ओछ्यानबाट पु:न सृष्टि भएर निस्कन्छन्।
तर, “उहाँलाई भालाले घोच्नेहरू” (प्रकाश १:७), ती मानिसहरू येशूको मृत्युमा उहाँलाई होच्याएर गिल्ला गर्नेहरू, परमेश्वरको सत्य र उहाँका जनहरूलाई हिँसात्मकतरिकाले दवाउने र विरोध गर्नेहरूले उहाँको तेजस्वीमय महिमामा हेर्छन् र तिनीहरूकै अगाडि उहाँप्रति बफादार हुने र उहाँका आदेशहरू पालन गर्नेहरूलाई सम्मान गरिन्छ।
स्वर्गबाट नै परमेश्वरको आवाज सुनिन्छ, कुन दिन र कुन क्षणमा येशू आउनुहुनेछ भनेर घोषणा गरिन्छ। आफूले आफ्ना जनहरूसँग बाँधिएको अनन्तको करार अनुसार तिनीहरूलाई उद्धार गरिन्छ। जब उहाँको साबथलाई सम्मान गर्नेहरूलाई सम्मान गर्दै आशिष दिनुहुन्छ तब शक्तिशाली विजयको आवाज पृथ्वी र आकाशभरी घन्किन्छ।
१७७

previous
अघिल्लो
अर्को
previous
chat