Jun 26, 2024

अमर जीवन पाउन पुनरुत्थान

SCRIPTURE READING — १ थेसलोनिकी ४:१४

“किनकि हामी विशवास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ।”
१ थेसलोनिकी ४:१४
येशूलाई विश्वास गर्नेहरूको निम्ति उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ। पापले गर्दा गुमाउनु परेको जीवन हाम्रो मुक्तिदाताद्वारा पुनर्स्थापित भएको छ। उहाँ आफैमा जीवन भएकोले उहाँले चाहेकाहरूलाई जीवन दिनुहुनेछ। अमरत्व दिने अधिकार उहाँलाई सुम्पिएको छ। मानव प्राणीको निम्ति अर्पण गर्नुभएको जीवन उहाँले फेरि फिर्ता लिनुहुन्छ र मानव प्राणीलाई नै सुम्पिदिनुहुन्छ।
आफूमाथिको विश्वासमा अडिग हुनेहरूलाई जम्मा गर्न जब येशू आउनुहुन्छ तब तुरहीको अन्तिम आवाज घन्किनेछ। त्यो आवाज पृथ्वीभरी, हिमालको चुचुरोदेखि पृथ्वीको गहिरो खाल्डोसम्म सुनिनेछ। मरेका धर्मात्माहरूले तुरहीको अन्तिम आवाज सुन्नेछन् र चिहान फटफट फुटेर निस्किनेछन्।
चिहानबाट निस्किने सबैजना त्यही कदमा निस्किनेछन् जुन कदमा तिनीहरू पसेका थिए वा मरेका थिए। भिडको बीचमा उभिने आदम अरूहरूभन्दा राजकीय र सबैले देख्ने गरेर अलिकति ठूलो उचाइमा उभिनेछन्। तर उनी परमेश्वरको पुत्रभन्दा कद वा उचाइमा भन्दा अलि कम भएर उभिन्छन्। पछिका पुस्ताहरूभन्दा उनको कद र व्यक्तित्व भिन्न भएको देखिन्छ। समय बित्दै जाँदा मानव जाति कति तल स्तरमा घटेछन् भनेर आदमको व्यक्तित्वले देखाएको हुन्छ। तर पुनरुत्थान हुनेहरू सबै जना अनन्त युवाको जोश, जाँगर र ताजा भएर देखापर्छन्। मरणशील, भ्रष्ट शरीर, मननपर्ने व्यक्तित्व भएका र पापले गर्दा प्रदुषित भएका मानिसहरू सिद्ध, सुन्दर र अमरत्व धारण गरेको हुन्छ। धेरै समय अघि गुमाइएको जीवनको रूखको फल खाएर मुक्ति पाएकाहरू त्यही पूर्ण कदमा पुनर्स्थापित हुनेछन् जो पाप गर्नुभन्दा अघि हुनुपर्ने महिमित कदमा हुन अपेक्षा गरिएको थियो।
“एकै क्षणमा र आँखाको निमेषमा” जीवित धर्मीहरू परिवर्तन हुनेछन्। १ कोरन्थी १५:५२ । परमेश्वरको आवाजले तिनीहरूलाई इज्जतसाथ सम्मान गरिन्छ, तिनीहरूलाई अमर हुने बरदान दिइन्छ। तिनीहरू पुनरुत्थान भएको सन्तहरूसँग प्रभुलाई आकाशमा भेट्न जान्छन्। साना बालबालिकहरूलाई पवित्र स्वर्गदूतहरूले तिनीहरूका आमाहरूको हातमा हालिदिन्छन्। मृत्युले गर्दा बिछोड भएका प्रियजनहरूको पुनर्मिलन हुन्छ। अब तिनीहरू कहिल्यै पनि विछोड हुनुपर्नेछैन। हर्षका गीतहरू गाउँदै तिनीहरू परमेश्वरको सहरमा पस्छन्। हाबेलदेखि अन्तिम सन्तसम्म परमेश्वरमा सबै बहुमूल्य मर्नेहरू महिमित र अमर जीवन पाएर ब्युझिनेछन्।
१७८

previous
अघिल्लो
अर्को
previous
chat