Jun 27, 2024

अस्तित्वविहिन हुन पुनरुत्थान हुनेहरू

SCRIPTURE READING — भजनसंग्रह ३७:९

“किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले पृथ्वीको अधिकार पाउनेछन्।”
भजनसंग्रह ३७:९
सहस्र वर्षको अन्त्यमा दोस्रो पुनरुत्थान हुनेछ। दुष्टहरूको पुनरुत्थान हुनेछ र परमेश्वरको अगाडि देखापर्नेछन्। यूहन्नाले धर्मीहरूको पुनरुत्थानको बारेमा वर्णन गर्दै लेख्दछन्, “अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।” प्रकाश २०:५ ।
पहिलो पुनरुत्थानमा धर्मीहरू अमर जीवनले फुल्दै आएका थिए; तर दोस्रो पुनरुत्थानमा श्रापको दाग परेकाहरू सबैले देख्नेछन्। राजा महाराजा तथा शासकहरू, संसारले सम्मान गरेका उच्च सम्मानित र आदर्शको रूपमा हेरिने व्यक्तिहरू, क्रूर र आतङ्कित मिजासको, ठूलो र सानो, शिक्षित र अशिक्षित सबै जना सँगसँगै व्युझिनेछन्। सबै जनाले मानिसको पुत्रलाई हेर्नेछन्। ती मानिसहरू जसले येशूलाई हेपे र गिल्ला गरे, जसले उहाँको पवित्र निधारमा काँडाको मुकुट लगाइ दिएका थिए र निगालोले हिर्काएका थिए। अब उहाँ राजकीय सम्मानसाथ उभिनुभएको छ र तिनीहरूले उहाँलाई मनले नमानेपनि हेर्दछन्। उहाँमाथि मुद्दा चलाइरहँदा उहाँलाई थुकेका थिए अब उहाँको छेडिने नजर र महिमित अनुहारलाई हेर्नबाट आफूहरू लुक्न खोज्दछन्। जसले उहाँका हातहरू र पाऊमा किला थोके अब क्रूसको दागहरू भएको उहाँलाई हेर्दछन्। जसले निर्ममपूर्वक उहाँको कोखमा भाला घोचे त्यहाँ भएको चोटलाई तिनीहरूले हेर्दछन्। तिनीहरूले क्रूसमा टाँगिएको र उहाँ पीडामा हुँदा गिल्ला गरेको व्यक्ति त्यही हुनुहुन्छ भनेर तिनीहरूलाई थाहा हुन्छ। अनि त्यहाँ असह्य पीडाको लामो आवाज निस्कन्छ। तिनीहरू राजाहरूका राजा र प्रभुहरूका प्रभुबाट भागेर लुक्न खोज्छन्।
सबै जना लुक्न चट्टानहरू खोज्छन् र तिनीहरूले तिरस्कार गरेको व्यक्तिको भयानक महिमाबाट आफूहरूलाई सुरक्षित राख्न खोज्दछन्। तिनीहरू आततायी भएर उहाँको राजकीय र अत्यन्नै तेजस्वीमय महिमालाई देखेर पीडाले ग्रस्त भएर सबैले सुन्ने गरेर चिच्याएर उहाँको सामु घुँडा टेक्छन्, “परमप्रभुको नाउँमा आउने धन्यको हो।” भजनसंग्रह ११८:२६
त्यसबेला आकाशबाट आगोको वर्षा हुन्छ यसले र दुष्टहरूलाई निलिदिन्छ। तिनीहरूको नाउँ निशाना नै नराखी त्यसले जलाइ दिन्छ। सैतान जरा हो भने उसका सन्तान वा मतियारहरू हाँगाहरू हुन्। याद गर्नुहोस्, दुष्टहरूको भविष्य वा गति तिनीहरूको आफ्नै आत्मनिर्णयले गर्दा भएको हो। तिनीहरूकै स्वइच्छाले तिनीहरूलाई स्वर्गबाट निष्काशन गरिएको थियो। यो काम परमेश्वरको न्याय र दयाको भाग हो।
१७९

previous
अघिल्लो
अर्को
previous
chat