Jun 28, 2024

जीवनदाता आउँदै हुनुहुन्छ

SCRIPTURE READING — अय्यूब १४:१४।

“के मानिस मरेपछि ऊ फेरि जिउँछ? मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।”
अय्यूब १४:१४।
पहिलो पुनरुत्थानमा आफ्नो अनमोल रगतले किनिएका जनहरूलाई जीवनदाताले “उठ” भनेर बोलाउनुहुनेछ। जबसम्म तुरहीको आवाज बज्दैन र धर्मीजनहरू अनन्तको विजयमा पुनरुत्थान हुँदैन, तबसम्म प्रभुमा सुतिरहेका प्रत्येक सन्तलाई बुहुमूल्य रत्न जस्तै सुरक्षित राख्नेछन् र त्यसलाई सुरक्षा दिनेछन्। परमेश्वरले ती रत्नहरूको प्रत्येक नाउँ थाहा छ। जब तिनीहरू बाँचिरहेका थिए, तब तिनीहरूमा मुक्तिदाताको शक्ति तिनीहरूमा थियो र उहाँको स्वभाव वा येशूभावनामा तिनीहरू चलेका थिए। तिनीहरूलाई मृत्युको बन्धनबाट छुटाउनेछ।
हामीहरूका कतिपय अति प्रिय आशाहरू मृत्युमा चक्नाचुर हुन्छ। यस पतित संसारमा हाम्रा प्रियजनहरू मृत्युको पीडाले छताछुल्ल भएको हामीले हेर्न वाध्य भएका छौँ। तिनीहरूले हाम्रै अगाडि आँखा चिम्लेको र चिहानमा गाडिएको (वा जलाइएको) हेर्नु परिरहेको हुन्छ। अनि तिनीहरूलाई हामीबाट पन्छाउँछौं। तर येशूको आगमनको आशाले हाम्रा भावनाहरूलाई उचाल्दछ। हामी सदाको निम्ति छुट्टिएका होइन रहेछ भनेर थाहा पाउँछौं। येशूमा मर्ने प्रिय जनहरूलाई हामी फेरि भेट्नेछौं। शत्रुको किल्लाबाट तिनीहरू फेरि निस्किनेछन्। जीवनदाता आउँदै हुनुहुन्छ। करोडौँ पवित्र स्वर्गदूतहरूको साथ उहाँ आउनुहुनेछ। उहाँले मृत्युको सिक्रीहरूलाई चुँडाल्नुहुनेछ। चिहानका पत्थरहरूलाई फुटाउनुहुनेछ। उहाँका बहुमूल्य बन्धकहरू पूर्ण स्वास्थ्य लाभ भएर अमरत्वको सौन्दर्यता धारणा गर्दै आकाशमा उड्नेछन्।
प्रत्येक व्यक्तिको व्यक्तित्व वा पहिचान पुनरुत्थानमा सुरक्षितै अवस्थामा रहनेछ। तर जुन मरणशील वा बिग्रिने तत्त्वहरू लिएर मरेका हुन्छौं वा चिहानमा जान्छौं ती तत्त्वहरू बिलाएर जानेछन्। पुनरुत्थानमा सबैको आ-आफ्नै चरित्र वा स्वभाव हुनेछ। परमेश्वरले आफ्नै समयमा मरेकाहरूलाई बोलाउनुहुनेछ। तिनीहरूलाई फेरि जीवनको सास दिनुहुनेछ। तिनीहरूका काक्राकुक्रुक भएका वा धुलोमा मिसिएका हाडहरूलाई पुनर्जीवन दिएर उठाउनुहुनेछ।
मृत्युले गर्दा परिवारलाई तोडेका साङ्गलाहरू फेरि जोडिनेछन्। जब हामी प्रियजनहरूलाई परमेश्वरको तुरहीको आवाजमा उठेको देख्नेछौं तब त्यो त भर्खर बिहानी भएको अनुभव गर्नेछौं। त्यसबखत, “एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।” १ कोरिन्थी १५:५२ ।
पापको श्रापले गर्दा लागेको सर्ने दागहरू बिलाएर जानेछन् र ख्रीष्टका भक्तजनहरू हाम्रो परमेश्वर प्रभु येशूको सौन्दर्यतामा देखिनेछन्। तिनीहरूको दिमाग, मिजास, भावना र पुननविकरण गरिएको भौतिक शरीरले तिनीहरूको प्रभुको स्वरूपलाई प्रतिबिम्बित गर्नेछन्। हामी सुतेतापनि येशू ख्रीष्टमा आशा राखेर ब्युँझिनेछौं भन्ने विद्यालाई आत्मसात् गर्न के हामी तयार छौं त?
१८०

previous
अघिल्लो
अर्को
previous
chat