Jun 18, 2024

मानिस केवल मरणशील प्राणी हो

SCRIPTURE READING — अय्यूब ४:१७।

“के मरणशील मानिस परमेश्वरभन्दा बढ़ी धर्मी ठहर्न सक्छ? के कुनै प्राणी आफ्ना सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?”
अय्यूब ४:१७।
मानिस केवल मरणशील प्राणी हो। कतिपय मानिसले येशूको खाँचो छैन, मेरो आफ्नै बुद्धि भए पुग्छ, म आफ्नै खुट्टामा उभिन सक्छु भनेर फाइफुट्टी लगाए तापनी त्यो मानिस केवल मरणशील हो।
हाम्रो भौतिक जीवन चाहे अनन्त वा अमर होस्, त्यो परमेश्वरको निम्ति हो, जो जीवनदाता हुनुहुन्छ। त्यो जीवन लिनु वा दिनु उहाँको हातमा छ। आफ्नो जीउने प्राणलाई मानिसले नियन्त्रण गर्न सक्दैन।
मानिस अमर छ वा भौतिक शरीर मरेपनि ऊ कुनै न कुनै किसिमले जीवित भइरहन्छ भनेर बाइबलमा कतै पनि सिकाउँदैन। अमरत्व परमेश्वरको मात्र गुण वा चरित्र हो।
मानिस मरेपनि उसको आत्मा स्व:त जीवित भइरहन्छ वा मृत्युमा ऊ सचेत भइरहन्छ भन्ने शिक्षा मुलभुत गलत शिक्षा हो। मानिस मरेपछि नर्कको आगोमा अनन्तसम्म यातना पाइरहन्छ भन्ने शिक्षा बाइबलले सिकाएको भन्दा बिपरित छ। यो तर्कयुक्त छैन न त यसमा कुनै मानवीयता नै छ। यो शिक्षा हाम्रो मानवीय भावना विपरित छ। यी कुराहरूमा बाइबलले के भन्दछ? मानिस मरेपछि उसको मृत्युको अवस्थामा सचेत हुँदैन भन्ने कुरो राजा दाउदले सरासर यसरी व्यक्त गर्दछन्: “जब तिनीहरूको सास निस्कन्छ, तब तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजना वा सोच-विचारहरू पनि नष्ट हुन्छन्।” भजनसंग्रह १४६:४ ।
आफू मर्नेछु भनेर राजा हिजिकियाहले थाहा पाएपछि उनी धुरु-धुरु रोएर प्रार्थना गरेका थिए। अनि परमेश्वरले उनलाई थप पन्ध्र वर्ष आयु दिनुभयाे। परमेश्वरको महान् कृपाको निम्ति आभारित राजाले उहाँको स्तुति र प्रशंसा गरेका थिए। उनी अति नै आनन्दित किन भएको भनेर आफ्नो भजनमा उनले व्यक्त गर्दछन्: “चिहान वा पातालले तपाईंको प्रशंसा गर्न सक्दैन। मृत्युले तपाईंको प्रशंसा गर्न सक्दैन। खाड़लमा जानेहरूले तपाईंका विस्वस्त आशा गर्न सक्दैनन्। जीवित, जीवितले मात्र तपाईंको प्रशंसा गर्छ, जसरी आज म गरिरहेछु।“ यशैया ३८:१८-१९ । प्रायजसो चाहे कतिपय इसाई नै किन नहुन् सबै लोकप्रिय धर्म वा धार्मिक शिक्षाले मरेका धर्मीहरू स्वर्गमा छन्, स्वर्गको आनन्दमा रमाइरहेकाछन् र अमर जिब्रोले परमेश्वरको स्तुति गरिरहेका छन् भनेर सिकाउँछन्। तर आफू मरेपछि तत्कालै त्यस्तो सुखविलास र आनन्दको स्वर्गमा उनी गएर रमाएर बस्नेछन् भन्ने दृष्टिकोण राजा हिजकियाको थिएन।
आदरर्णीय पुर्खा राजा दाउदको मृत्युपश्चातको बारेमा पत्रुसले पेन्तिकाेष्ट समयमा ठोकुवा गर्छन्, “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ।” प्रेरित २:२९। अनि उनी थप्दछन्, “किनकि दाऊद त स्वर्गमा उक्लेर गएनन्, तर उनी आफैले भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस।” (प्रेरित २:३४ रूपान्तरित)। पुनरुत्थान नहुञ्जेल दाउद चिहानमै छ भन्ने धारणाले धर्मीहरू मरेपछि तत्कालै स्वर्ग जाँदैनन् भनेर प्रमाणित गर्दछ। “येशूको आगमनको बेलामा पुनरुत्थान हुने र ख्रीष्टको पुनरुत्थानको गुणले गर्दा मात्रै दाउद परमेश्वरको दाहिने हातमा बस्न सक्नेछ।
१६९

previous
अघिल्लो
chat