Jul 02, 2024

परमेश्वरको सामु चुपचाप बस्नुहोस् वा मौन रहनुहोस्

SCRIPTURE READING — हबकूक २:२०

“परमप्रभु त आफ्नाे पवित्र मन्दिरमा हुनुहुन्छ। सारा पृथ्वी उहाँको सामुन्ने चूपचाप रहोस्।
हबकूक २:२०
पौराणिक समयमा स्थापना भएको इस्राएलमा रहेको परमेश्वरको पवित्रस्थानलाई सबैले श्रद्धा, आदर र उहाँको उपस्थिति भएको भयको भावनाले अभिप्रेरित भएर हेर्दथे। जब येशू भक्तहरू पनि आराधना स्थलमा परमेश्वर उपासना गर्न भेला हुन्छ‚ तब तिनीहरू पनि त्यही मनस्थितिले जम्मा हुनुपर्दछ। धार्मिक उपासनाको संस्कार र बानीमा इसाईहरूको बीचमा ठूलो परिवर्तन आएको छ, तर त्यो परिवर्तन असलीरूपमा होइन। परमेश्वरसँग सम्बधित बहुमूल्य र पवित्र थोकहरूको गरिमामय मूल्य र मान्यताको पकडलाई इसाईहरूकै दिमाग र हृदयबाट चिसो भइरहेको छ। सेवा सङ्गतिलाई सामान्य स्तरमा झारिरहेको छ। पौराणिक कालमा जब मानिसहरू आराधना गर्ने क्रियाकलापको निम्ति पवित्रस्थलमा भेला हुन्थे तब तिनीहरू बढो श्रद्धापूर्वक परमेश्वरको उपस्थितिको महसुस गर्दथे, तर आज त्यो चलन वा संस्कार प्रायजसो पुरानो हुन थालेको छ। यद्यपि, यस संसारमा सेवा कार्यमा हुने सेवा प्रक्रिया नियमबद्ध तरिकाले चलाउने आदेश परमेश्वर आफैले दिनुभएको थियो। यस संसारको कुनै पनि अस्थायी र साधारण वातावरणभन्दा माथि उचालिएर परमेश्वरको आराधना गर्नुपर्दछ।
व्यक्तिगत घर परिवारको निम्ति पवित्रस्थल हो, कुनै पनि खोपा वा शान्तमय स्थानमा व्यक्तिगत उपासना गर्ने ठाउँ पनि पवित्र नै छ; तर चर्च भवन परमेश्वरको उपासना गर्ने समूहको विशेष पवित्रस्थल हो। विश्वास र भरोसा राखेर येशूको नाउँमा हामी उहाँको आराधना स्थलमा आउन सक्छौं। तर त्यहाँ भेला हुँदा कुनै पनि अनुमानित भावनाले सुरो भएर वा आफू धर्मी हुँ भन्ने आँट गरेर आउनुहुँदैन। परमेश्वरलाई हाम्रो स्तरमा झार्न हामीले प्रयास पनि गर्नुहुन्न।
कतिपय मानिसहरूले हाम्रो प्रकाश दिमागभन्दा अपार उच्च स्थानमा बस्नु हुने महान्, शक्तिशाली र पवित्र परमेश्वरलाई सम्बोधन गर्दा उहाँलाई तिनीहरूकै स्तरमा सम्बोधन गर्छन् र अझ उहाँलाई तल झारेर। कतिपय मानिसहरू चर्चमा हुने सेवा सङ्गतिमा आउँदा त्यस्तो मनस्थिति वा बानी लिएर आउँछन् जो यस संसारका शासकको सामु आउन आँट पनि गर्दैन। जब हामी आराधनाको निम्ति भेला हुन्छौं तब तिनीहरू स्वर्गदूतहरूको सामु पूजनीय व्यक्तिको अगाडि आएका हौं भनेर आभास् पाउनुपर्दछ।
जो मानिसहरू परमेश्वरको आराधना गर्न जम्मा हुन्छन् तिनीहरूले आफ्नो हृदय र दिमागमा नचाइ राखेका प्रत्येक खराब कुरा र नियतहरूलाई पन्छाएर आउनुपर्दछ। यदि तिनीहरू उहाँलाई आत्मा र सत्यमा उपासना गर्न र उहाँको पवित्रताको सौन्दर्यताप्रति सजग भएर आराधना गर्दैन तब तिनीहरूको भेलाको कुनै अर्थ छैन।
प्रिय तन्नेरी युवायुवतीहरू, यस संसारमा परमेश्वरको महिमा गर्नु वा उहाँको इज्जत थाम्नु तिमीहरूको अवसर हो। तर त्यसरी उहाँको उपासना गर्दा जब तिमीहरू भेला हुन्छौ तब तिमीहरूका दिमाग अर्थात् मनिस्थितिहरूमा भएका हल्काफुल्का, मामुली कुराहरू, देखावटी र कम महत्त्वका तत्त्वहरूबाट परमेश्वरतिर मोडिनुपर्दछ। यस संसारका सामान्य र नाश हुने कुराहरूबाट माथि उचालेर अनन्तको सत्य कुराहरूमा मन राख्ने अठोट लिएर चर्चमा भेला हुनुपर्दछ।
१८४

previous
अघिल्लो
अर्को
previous
chat