Jul 03, 2024

पापबाट शुद्ध हुनु

SCRIPTURE READING — यशैया ६:५

“तब मैले भनें, ‘धिक्कार! म नषठ भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।’”
यशैया ६:५
जब अगमवक्ता यशैयाले परमेश्वरको तेजस्वीमय महिमाको दर्शन पाएका थिए तब उनी आश्चर्यचकित भए। आफ्नै कमीकमजोरी र आफ्नो अयोग्यताको भावनाले छोपिएर उनी चिच्याए, “मलाई धिक्कार होस्!” ( रूपान्तरित )।
अरूहरूको पापप्रति यशैयाले आपत्ति जनाएका थिए; अब आफू पनि त्यही दोषमा सहभागी भएको महसुस गरे। अरूहरूमाथि जनाएको आपत्ति आफैमा फर्केको अनुभव उनले गरे। परमेश्वरको आराधनामा औपचारिक, जोश जाँगर नभएको र चिसो चलनमा उनी संतुष्ट थिए। परमेश्वरको सेवाकार्य अर्थहीन र केवल औपचारिकता मात्र गरिरहेका थिए भनेर उनले थाहा पाएन जबसम्म उनले दर्शनमा उहाँलाई देखे। स्वर्गमा भएको गरिमामय, पवित्र र राजकीय वैभवशाली पवित्रस्थान उनले देखेपछि आफ्नो बुद्धिज्ञान, दक्षता आदिहरू कस्तो सानो गरि खुम्चिएका थिए भनेर उनले महसुस गरे। आफ्नो गति कस्तो रहेछ भनेर आत्मआलोचना गरेर व्यक्त गरेको भाषा प्रेरित पावलको जस्तै थियो, “हाय, म कस्ताे दु:खी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?” रोमी ७:२४ ।
“तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए। तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, ‘हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित वा पापबाट शुद्ध भयो।’” यशैया ६:६-७।
जुन दर्शन यशैयालाई दिइयो त्यसले अन्तिम दिनमा रहने परमेश्वरका जनहरूको अवस्थालाई प्रतिनिधित्व गर्दछ। स्वर्गको पवित्रस्थानमा भइरहेको काम विश्वासद्वारा हेर्न तिनीहरूलाई शुभअवसर दिइनेछ। जब तिनीहरूले स्वर्गको पवित्रस्थानमा रहेको महापवित्रस्थान र ख्रीष्टको काम विश्वासद्वारा देख्दछन् तब आफूहरू अशुद्ध ओठहरू भएका रहेछन् भनेर महसुस गर्नेछन्। तिनीहरूले बेकारमा बोलेका बोलिवचन र आफ्ना दक्षता, सीप र प्रतिभाहरू शुद्ध नभएको र परमेश्वरको महिमा वा इज्जत थाम्न प्रयोग नगरेको थाहा पाउँदा तिनीहरू बिचल्ली हुनेछन्। ख्रीष्टको निष्कलङ्क, निर्मल, शुद्ध र प्रेमिलो महिमामय चरित्रको बिपरित आफ्नो कमजोर र अयोग्य चरित्रलाई देख्दा तिनीहरू निराशको रनभुल्लमा पर्नेछन्। तर, मानिसको हृदय कस्तो हुनुपर्छ भनेर देखाउने उहाँको छाप यशैयाले पाएको जस्तै पाए भने, परमेश्वरको सामु कोमल र नम्र भएर झुक्न सक्यो भने तिनीहरूको निम्ति आशा छ। परमेश्वरको सिंहासनभन्दा माथि प्रतिज्ञाको धनु छ, र जुन काम यशैयालाई गरिएको थियो त्यही काम तिनीहरूमा पनि गरिनेछ। अर्थात् जसरी यशैयालाई शुद्ध बनाइएको थियो त्यही काम तिनीहरूलाई पनि गरिनेछ।

previous
अघिल्लो
अर्को
previous
chat