Jul 06, 2024

पशुबलिद्वारा निर्माण गरिएको पवित्रमन्दिर

SCRIPTURE READING — प्रस्थान २५:२

“इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्ति भेटी ल्याऊन्। हरेकले आफ्नाे मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तिमीले मेरो निम्ति ग्रहण गर्नु।”
प्रस्थान २५:२
पवित्रवास्थान वा मन्दिरको निर्माणको योजना वा नक्सा परमेश्वर आफैले मोशालाई दिनुभएको थियो। त्यस योजनामा त्यस मन्दिरको निर्माण र त्यसमा हुनुपर्ने सबै सर-सामानको बिशेष निर्देशन तोकिएको थियो। त्यो स्थान कस्तो हुनुपर्छ, त्यसको आकार र बनावट, त्यसमा राखिने सरसामानहरू र प्रत्येक टेबुल आदि फर्निचरहरूले कसरी सजाउनुपर्छ भनेर विस्तृतरूपमा प्रस्तुत गरिएको थियो। मानव हातले बनाएका पवित्र कोठाहरू स्वर्गको सकलको नकल वा प्रतिलिपि हुनुपर्दथ्यो। हिब्रू ९:२५, २३। यस पृथ्वीमा भएको लघु वा सानो आकार स्वर्गमा भएको मन्दिरलाई प्रतिनिधित्व गरेको थियो। स्वर्गमा भएको मन्दिरमा येशू हाम्रो महान् प्रधान पूजारी हुनुहुन्छ। आफ्नो जीवनलाई बलि चढाउनुभएपछि उहाँ पापीहरूको निम्ति त्यहाँ र त्यस ठाउँबाट सेवा गरिरहनुभएको थियो।
पवित्रस्थानको निर्माणको योजना अनुसार निर्माण गर्न विस्तृत र महँगो तयारी गर्नु आवश्यक थियो। धेरै बहुमूल्य र महँगो सामानहरूको आवश्यकता थियो। ती सबै मानिसहरूबाट नै जम्मा गर्नुपर्दथ्यो। तर परमेश्वरले कसैलाई व्यक्तिगतरूपमा करकाप गरेर सामान जुटाउनुभएको थिएन बरू उहाँले स्वइच्छाले ल्याएको सामानलाई ग्रहण गर्नुभएको थियो। मोशालाई परमेश्वरले “दिनुभएको यो निर्देशन मानिसहरूलाई सुनाएका थिए, “तिनीहरूले मेरो निम्ति भेटी ल्याऊन्। हरेकले आफ्नाे मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तिमीले मेरो निम्ति ग्रहण गर्नु। “सर्वोच्च परमेश्वर रहने ठाउँलाई निर्माण गर्ने तयारी काममा जुट्न पहिलो आवश्यकता भनेको परमेश्वरप्रति भक्तिभाव र राजीखुशीले त्याग गर्न मनस्थिति हुनुपर्ने थियो।
सबै जना एकमत भएर मोशाको आह्वानलाई हृदयदेखि नै आफूसँग भएका आवश्यक थोकहरू चढाउन प्रतिवद्धता जनाए। त्यसको फलस्वरूप संक्षेप्तमा “जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए। राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।” प्रस्थान ३५:२१-२२। सबै भक्तजनहरू जो बुढा र तन्नेरीहरू, पुरुष, स्त्री र केटाकेटीहरूले निरन्तररूपमा भेटीहरू ल्याए। ती भेटीहरू यतिको थुप्रिए कि पवित्रस्थानको निर्माणलाई प्रयोग गर्न चाहिनेभन्दा बेसी थिए।
सबै मानिसहरू जसले परमेश्वरको आराधना गर्न हृदयदेखि चाहन्छन् र उहाँको आशिषमय पवित्र उपस्थितिलाई अमूल्य ठान्दछन्, तिनीहरूले त्यही खालको त्यागको मनोवेग प्रकट गर्नेछन् जसरी पौराणिक इस्राएलमा मन्दिर बनाउन राजिखुशी भेटीहरू दिएर प्रकट गरेका थिए।
यदि त्यागहरू वा परमेश्वरको कामको निम्ति अत्यन्तै उदार भएर दिनुपर्ने समय कहिल्यै थियो भने त्यो आज नै हो।

previous
अघिल्लो
अर्को
previous
chat