Jul 07, 2024

उहाँको पवित्रस्थानमा हुने उहाँको शक्ति र सौन्दर्यता वा महिमा

SCRIPTURE READING — भजनसंग्रह ९६:६

“प्रताप र गौरव उहाँको सम्मुख छन्, उहाँको पवित्रस्थानमा शक्ति र महिमा छन्।”
भजनसंग्रह ९६:६
सृष्टिको सुरुदेखि मानिसको पतनसम्म र वर्तमान समयसम्म पतित मानिसको निम्ति येशू ख्रीष्टद्वारा उपलब्ध गराइएको मुक्तिको परमेश्वरको योजनालाई निरन्तररूपमा उघारिरहेको छ। यस पृथ्वीमा इस्राएलीहरूको बीचमा भएको पवित्रस्थान वा परमेश्वरको मन्दिर स्वर्गको सकलको नमुना वा प्रतिलिपि थियो। मन्दिरको वरिपरि र त्यसमा गरिने अनेकौँ गम्भिर विधिहरूमा महान् सत्यहरू रहस्यमय तरिकाले जम्मा भएका थिए। आइरहने पुस्ताहरूलाई ती सत्यहरूलाई क्रमिकरूपमा सिकाइरहनुपर्ने थियो।
जब परमेश्वर प्रभु नै इस्राएलको सर्वेसर्वा शासक भनेर इस्राएलीहरूले स्वीकारेका थिए तब उहाँको महानता, प्रताप र अति उच्चमा रहनुहुने उहाँको उपस्थितिलाई उहाँले तिनीहरूलाई बृहतरूपमा प्रकट गर्नुभएको थियो। त्यो प्रकट पहिला कहिल्यै पनि भएको थिएन। अदृश्य राजाहरूका महाराजालाई मानिसहरू सामु प्रकट गर्दा उहाँको महानता र गौरबलाई व्यक्त गर्ने शब्दहरू थिएन। त्यो अति भययोग्यको अनुभव थियो। जब परमेश्वरले आफ्नो राजदण्डलाई हल्लाउनुभयो त्यो कुनै मानवीय हातले समातेको थिएन। कृपाको ढकनले छोपिएको पवित्र सन्दुक जसमा परमेश्वरको पवित्र व्यवस्था वा दश आज्ञा थियो, त्यो प्रतिकको रूपमा यहोवा आफै हुनुहुन्थ्यो। युद्धमा जित्ने शक्ति इस्रायलीहरूलाई दिने यहि पवित्र सन्दुक थियो। त्यसको अगाडि मानिसको हातले बनाएका भगवान् भनेर पुजेका मूर्तिहरू ढलेर चक्नाचुर भएका थिए। लापर्वाहीसाथ त्यस सन्दुकलाई हेर्दा हजारौँ मानिस नाश भएका थिए। परमेश्वरको सर्वोच्च बाहुल्यता र शक्तिलाई खुलेआमरूपमा यस पृथ्वीमा कहिल्यै पनि प्रकट भएको थिए। तर त्यो प्रकट केवल त्यसबेलामा मात्र भएको थियो जब परमेश्वरमात्र इस्राएलको राजा हुनुहुन्छ भनेर इस्राएली जनमानसले स्वीकारेका थिए।
परमेश्वरले धार्मिकता र न्यायोचित न्यायप्रणालीले शासन गर्नुहुन्छ भनेर पवित्र सन्दुकभित्र सजिएको परमेश्वरको व्यवस्था वा दश आज्ञाले देखाएको थियो। पाप गर्ने वा दश आज्ञालाई भङ्ग गर्नेलाई मृत्युदण्ड दिइन्छ भनेर व्यवस्थाले देखाएको थियो भने पवित्र सन्दुकको ढकनमाथि रहेको कृपा आसनले परमेश्वरको उपस्थितिलाई जनाउँथ्यो। पश्चातापको विधिको सेवाकार्यको उपजद्वारा पश्चाताप गर्ने व्यक्तिलाई क्षमा दिइनेछ भनेर त्यस कृपा आशनमा उपस्थित हुनुभएको परमेश्वरले देखाएको थियो। पवित्रस्थानमा हुने विभिन्न विधिहरूको प्रतिकले ख्रीष्टले गर्नुहुने मुक्तिको कामलाई औँल्याएको थियो। येशू ख्रीष्टमा नै, “प्रेम र विश्वस्तता आपसमा मिल्छन्, धार्मिकता र शान्तिले एक-अर्कोलाई चुम्बन गर्छन्।” भजनसंग्रह ८५:१०।
हो, हाम्रो मुक्तिदाता आउनुभयो भनेर आज खुशियाली मनाउँछौं, पौराणिक इस्राएललाई दिएको मन्दिरमा हुने विभिन्न प्रतिकको रूपमा चलाएका बलिहरूको सकल येशू आउनुभएर उहाँ पापकी सिद्ध बलि हुनुभएर ती विधिहरूको समापण गर्नु भएकोमा हामी आभारित छौं, तैपनि येशूका कुनै पनि भक्तजनहरूले पौराणिक पवित्रस्थानको बारेमा र त्यहाँ हुने विभिन्न विधिहरू केवल यहूदीहरूको निम्ति मात्र हो, त्यो पुरानो करारसँग मात्र सम्बन्धित छ अब हाम्रो केही सरोकार छैन भन्ने पन्छाउने मनस्थितिलाई परमेश्वर निको मान्नुहुन्न। त्यस मन्दिरबाट सिक्ने शिक्षालाई फाल्नु कुनै पनि बहाना मनाशिव छैन।
१८९

previous
अघिल्लो
अर्को
previous
chat