Jul 08, 2024

मुक्तिदाता, पुजारी र राजाहरूका महाराजा

SCRIPTURE READING — हिब्रू ७:२६

“किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एक जना प्रधान पुजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग र स्वर्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ।”
हिब्रू ७:२६
परमेश्वरकै निर्देशन अनुसार लेबी कुलका मानिसहरूलाई पवित्रस्थानमा सेवाकार्य गर्न अलग राखिएको थियो। मानव जीवनको सुरुदेखिनै प्रत्येक पुरुष आफ्नो घरको पुजारी थियो। अब्राहमका दिनहरूमा पुजारी हुने जन्मसिद्ध अधिकार जेठो छोरोको भएको चलनमा आएको थियो। अब पवित्र मन्दिरमा गर्नुपर्ने सेवाकार्यको निम्ति इस्राएलीहरूको जेठो छोरोको बदलिमा परमेश्वरले लेबी कुललाई स्वीकार गर्नुभएको थियो। तर पुजारी भने हारुनको परिवारमामात्र सिमित गरिएको थियो। हारुन र उनका छोराहरूले परमेश्वरको सामु सेवा गर्न अनुमति दिइएको थियो। बाँकि कुल पवित्रमन्दिरको रेखदेख गर्न जिम्मा लगाइएको थियो।
पुजारीहरूले गर्ने विधिहरूको अनुसार तिनीहरूलाई विशेष वस्त्र लगाउन आदेश दिएको थियो। मोशालाई परमेश्वरले यो आदेश दिनुभएको थियो, “गौरव र शोभाको निम्ति तैंले तेरो दाजु हारूनको निम्ति पवित्र पोशाकहरू बनाउनू। जति शिल्पकारहरू छन्, जसलाई यस्ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्नु, कि तिनीहरूले हारूनका पोशाक त्यसलाई यो कामको निम्ति नियुक्त गर्नलाई बनाऊन्, र त्यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्।” प्रस्थान २८:२-३ । पुजारीहरूले वस्त्र र जेले सजिन्छ त्यसलाई मानिसहरूले हेर्दा परमेश्वरको पवित्रता, उहाँलाई गर्ने पवित्र उपासना र उहाँको उपस्थितिले सिद्ध भएको आभासले प्रभावित पार्नुपर्थ्यो। पवित्रस्थान आफैमात्र होइन पूजारीहरूले गर्ने प्रत्येक विधिको महत्त्व थियो। हिब्रू ८:५ मा यसरी लेखिएको छ, “तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्ताे आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।” हिब्रू ८:५
आउनुहुने मुक्तिदाता, पुजारी र राजाहरूको राजा ख्रीष्टको आगमनलाई औँल्याउने विभिन्न छायाँ वा प्रतिकहरूको अर्थ प्रत्येक दिन मानिसहरूलाई सिकाइन्थ्यो। ख्रीष्ट र सैतानको बीचमा भइरहेको अन्तर्द्वन्दले भइरहेका विभिन्न घट्नाहरूको अन्त्य र अन्तमा जगतलाई शुद्ध गरेर पाप र पापीहरू सदाको निम्ति नाश गरिने सन्देश वर्षको एक पल्ट ती मानिसहरूलाई सिकाइन्थ्यो ताकि युगको अन्तमा हुने घट्नातिर तिनीहरूको दृष्टि भइरहोस्। मोशाको निर्देशनमा चलेका बलिप्रथा र भेटीप्रथाहरूले अझ उत्तम विधिलाई औँल्याउँथ्यो जुन स्वर्गमा हुन्थ्यो। येशूका बलिको पूण्य कामले गर्दा नै परमेश्वर पिताको सामु हामी निर्दोष भएर प्रस्तुत हुन पर्याप्त थियो।
हाम्रो निम्ति पश्चात्ताप गरेर येशूले बगाउनुभएको क्षमा दिने रगत सबैले सिँत्तैमा उपलब्ध गराएको छ। यो हाम्रो निम्ति अत्यन्तै बहुमूल्य अवसर, सबभन्दा महान् आशिष् भएको महसुस गर्नुपर्दछ। पापी मानिसको पापलाई धुने येशूको अनमोल रगत उपलब्ध गराएको भन्दा मानिसको निम्ति अरू महान् कार्य के होला?

previous
अघिल्लो
अर्को
previous
chat