Jul 09, 2024

ख्रीष्ट र उहाँको शिक्षादिक्षामा दिनदिनै समर्पित हुनु आवश्यक

SCRIPTURE READING — रोमी १२:१-२

यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नाे मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्याे तिमीहरूले सिक्दै आत्मिक जीवनमा अघि बढ्न सिक।
रोमी १२:१-२
मोशाद्वारा निर्माण गरिएको पवित्रस्थान दुई भागमा विभाजित थियो। दैनिक र वार्षिक आराधनाको विधि पूरा गर्न ती विभाजित स्थानहरू तोकिएको थियो। पवित्रस्थानको आँगन र भित्री पवित्र कोठामा दैनिक नित्य विधि हुन्थ्यो। आँगनमा भएको अग्नीबेदीमा दिनदिनै पशुबलिको प्रथा थियो। भित्री महापवित्र कोठामा वार्षिक सेवाकार्य हुन्थ्यो।
दैनिक नित्य पूजामा यी कार्यहरू संलघ्न हुन्थ्यो: अग्नि बेदीमा बिहान र बेलुका पशुबलि, धुप बाल्ने सुनौलो बेदीमा मिठो बास्ना आउने धुप बालिन्थ्यो, व्यक्तिगत पापहरूको निम्ति विशेष भेटी वा विशेष बलि हुन्थ्यो। येशू ख्रीष्टलाई औँल्याउने साबथहरू (जुन् हप्ताको सातौँ दिनभन्दा भिन्न छ), औँसी र विशेष चाडबाडमा अर्पण गर्ने भेटीहरू पनि त्यस पवित्रस्थानमा ल्याइन्थ्यो।
प्रत्येक बिहान र बेलुका अग्निबेदीमा एक वर्षको पाठोलाई निर्देशित गरिएको उचित विधि अनुसार चढाइन्थ्यो। दिनदिनै सारा राष्ट्र यह्वेमा समर्पित भएर चल्नुपर्छ भन्ने त्यस दैनिक पशुबलिको अर्थ थियो। त्यसले ख्रीष्टको क्षमा दिने रगतमाथि इस्राएली भक्तजनहरू भर पर्नुपर्छ भनेर औँल्याउँथ्यो। पवित्रस्थानमा चढाउने प्रत्येक पशु निष्खोट र कुनै दाग नभएको हुनुपर्छ भनेर परमेश्वरले स्पष्टरूपमा निर्देशन दिनुभएको थियो। यो शुद्ध, निष्कलङ्क, कुनै पनि पापको दागरहित जीवबलि येशूको प्रतिक थियो। हामी कसरी पापबाट अलग भयौं भनेर पत्रुसले यसरी व्यक्त गर्दछन्, “तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खाेट र निष्कलङ्क थुमाको जस्ताे ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्नतमा प्रकट हुनुभयो।” १ पत्रुस १:१८-२०। ती पशुबलिहरूको प्रथाले ख्रीष्टका असली अनुयायीहरू कस्तो हुनुपर्छ भनेर चित्रण गर्दछ भनेर पावलको जिकिर छ। उनले भन्दछन्, “यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्ना मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्याे तिमीहरूले जाँच्न सक।” रोमी १२:१-२।
बिहान र बेलुका पशुबलि दिने तोकिएको समय पवित्र समय भनेर आभास् दिइन्थ्यो। यसरी आराधना गर्ने चलन र समयको आभास् येशू आउनुभन्दा अगाडि सारा युगमा यहूदीहरूको राष्ट्रले मान्दथ्यो। प्रत्येक दिनको बिहान र बेलुका प्रार्थना र उपासनाको निम्ति छुट्ट्याउनुपर्छ भने यस प्रथाले इसाईहरूलाई उदाहरणको निम्ति प्रस्तुत भएको तिनीहरूले मान्नुपर्दछ। औपचारिकरूपमा विधि पूरा गर्न नित्यपूजा गर्ने तर भित्री हृदयदेखि उपासनाको मनोवेग वा आत्मियता नभएको भक्तहरूको उपासनाले परमेश्वरलाई वाक्क बनाउँछ। तर जसले आफ्नो सारा हृदय, प्राण र शरीरले उहाँलाई प्यार गर्छ, बिहान बेलुका नम्र र कोमल भएर आफ्ना पापहरूलाई स्वीकारेर तिनीहरूको क्षमाको निम्ति निहुरिँदै प्रार्थना गर्दछ, र आफूहरूलाई चाहिने आवश्यक आशिष्‌का अनुरोधहरू उहाँको समक्ष प्रस्तुत गर्छन्, तिनीहरूप्रति परमेश्वरले प्रसन्न हृदयले हेर्नुहुन्छ।
१९१

previous
अघिल्लो
अर्को
previous
chat