Jul 10, 2024

धर्मपरायण वा धार्मिकताको सुगन्धित धुप

SCRIPTURE READING — एफिसी ५:२

“तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।”
एफिसी ५:२
परमेश्वरको सामु एउटा टेबुलमा देखाइएको पवित्र रोटीहरू राखिन्थ्यो। यो परमेश्वरको निम्ति निरन्तर अर्पणको नैवेद्द थियो। यसलाई देखाइएको रोटी (अङ्ग्रेजीमा शोब्रेड showbread ) वा “उहाँको उपस्थितिमा रहेको रोटी” भनिन्छ, किनकि परमेश्वरको अनुहारसामु त्यो निरन्तररूपमा राखिन्थ्यो। दुवै भौतिक र आत्मिकरूपमा ख्रीष्टको मध्यस्थताबाट मानिस परमेश्वरमाथि भर पर्दछ भन्ने त्यस रोटी सूचकको रूपमा राखिएको थियो। दुवै मन्ना र पवित्र रोटीले येशू ख्रीष्टलाई औँल्याएको थियो, जो जीवित रोटी हुनुहुन्छ, र हाम्रो निम्ति परमेश्वरको सामु निरन्तररूपमा पहल गरिरहनुभएको छ।
कुनै पनि दैनिक विधिहरूभन्दा सुगन्धित धुप जब पुजारीले बाल्छ तब उनि परमेश्वरको उपस्थितिमा सिधै खडा भएको देखाइएको थियो। महापवित्र कोठालाई विभाजन गर्ने पर्दा माथि छाना वा सिलिङ्गसम्म राखिन्दैनथ्यो। पर्दा र छानाको बीचमा खाली ठाउँ थियो। पवित्र कृपा आशनमाथिको परमेश्वरको महिमा पवित्र कोठाबाट केही हदमा देखिन्थ्यो। जब पुजारीले परमेवरको सामु सुधगन्धित धुप बाल्थ्यो र पवित्र सन्दुक भएको तर्फ फर्किन्थ्यो‚ तब त्यो त्यसको धुवाँ माथि उड्थ्यो अनि परमेश्वरको महिमा कृपा आशनमाथि आउँथ्यो, र प्रायजसो उहाँको महिमा र तेजस्वीमय गौरब दुवै कोठाहरूमा भरिन्थ्यो, जसले गर्दा पुजारी हतपत पछाडितिर हच्किनुपर्दथ्यो। त्यस विशेष सेवाकार्यमा पूजारीले विश्वासद्वारा उनले नदेखिने पर्दापछाडि रहेको कृपा आसनतिर नजर लगाउँथ्यो। त्यसरी नै परमेश्वरका जनहरूले अहिले येशूलाई सिधै प्रार्थना गर्न सक्छन्। उहाँ हाम्रो मानवीय आँखाले नदेखिएको स्वर्गको मन्दिरमा हाम्रो निम्ति प्रधानपूजारी हुनुभएर पहल गरिरहनुभएको छ।
इस्राएलीहरूको प्रार्थनासहितको धुपको धुवाँले ख्रीष्टका पूण्य कामहरू र हाम्रो निम्ति ख्रीष्टले पहल गरिरहनुभएकोलाई औँल्याउँछ। उहाँको आफ्नो सिद्ध धार्मिकता विश्वासीहरूको विश्वासद्वारा तिनीहरूलाई ओढाइदिन्छ, त्यसले गर्दा पापीहरूले गरेको उपासना परमेश्वरको निम्ति ग्रहणयोग्य हुन जान्छ। महापवित्र कोठाको अगाडि निरन्तररूपमा बलिरहने धुपको पवित्र बेदी हुन्थ्यो। त्यसले पापीहरूको पापलाई क्षमा देऊन् भन्ने प्रतिकको रूपमा धुप निरन्तर बलिरहन्थ्यो। धुप र रगतद्वारा परमेश्वरकहाँ पुग्नुपर्थ्यो। पापीहरूको निम्ति महान् मध्यस्थकर्ताले यह्वेको सामु पहल गरिरन्छ भन्ने ती विधिहरूले औँल्याएका थिए। विश्वास गरेर पश्चाताप गरेका पापीलाई उहाँको कृपा र मुक्ति उहाँले मात्र प्रदान गर्न सक्नुहुन्छ।
१९२

previous
अघिल्लो
अर्को
previous
chat