Jul 11, 2024

यस संसारमा जन्मिने प्रत्येक मानव प्राणीको निम्ति मर्नुभएको येशू ख्रीष्ट

SCRIPTURE READING — १ तिमोथी १:१५

“यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ।”
१ तिमोथी १:१५
पवित्रस्थानमा गरिने दैनिक आत्मिक सेवाकार्यका विधिहरूमा सबभन्दा महत्त्वपूर्ण विधि भनेकै व्यक्तिगत मानिसहरूको निम्ति गरिने विधि थियो। पश्चात्ताप गरेको पापीले आफ्नो पशुभेटी पवित्रस्थानको ढोकामा ल्याउँथ्यो, त्यस पशुको टाउकोमा आफ्ना पापहरू स्वीकार गर्दै खन्याउँथ्यो। आफ्ना पापहरू निर्दोष पाठोमा सारिएको भन्ने त्यस चलनको प्रतिकले देखाएको थियो। आफ्नै हातले पशुलाई मारिन्थ्यो र पुजारीले त्यसको रगत पवित्र कोठामा रहेको पर्दामा छर्किन्थ्यो। त्यस पर्दाको पछाडि पवित्रसन्दुक थियो जसभित्र दश आज्ञाको शिलापाटी थियो। पापीले त्यही आज्ञा भङ्ग गरेको थियो। यस विधिले रगतद्वारा पापीको पाप पवित्रस्थानमा सारियो भनेर सूचकको रूपमा देखाउँथ्यो। कुनै मामिलामा पवित्र कोठामा रगत लगिन्दैनथ्यो; बलि चढाएको पशुको मासु पुजारीले खानुपर्दथ्यो। दुवै विधिहरूले पश्चात्तापी पापीको पाप पवित्रस्थानमा सारियो भनेर ‍औँल्याउँथ्यो।
यी विधिहरू वर्षभरी नै चलिरहन्थ्यो। इस्राएलीहरूका पापहरू पवित्रस्थानमा सारिएकोले त्यसका कोठाहरू थुप्रिएका पापहरूले गर्दा अशुद्ध भएका थिए। त्यसकारण ती पापहरू हटाउनु वर्षको एकफेरा बिशेष विधिको आवश्यक थियो। दुवै पवित्र कोठाहरू र बेदीलाई शुद्ध गर्न प्रायश्चितको विधि वा क्षमापूजाको निर्देशन परमेश्वरले दिनुभएको थियो। लेबीमा यस मामिलामा परमेश्वरको स्पष्ट निर्देशन लेखिएको छ, “तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढ़े (वा राँगा) र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्। रगतबाट आफ्नाे औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्।” लेवीहरू १६:१८-१९।
वर्षको एक फेरा प्रायश्चित वा क्षमापुजाको महान् पर्वमा पूजारी महापवित्रस्थानमा जान्थ्यो र त्यस स्थानलाई सफा गरिन्थ्यो। त्यहाँ गरिएको शुद्धिकरणको प्रक्रियाले वर्षभरीमा गरिने सेवाकार्यको विधि सम्पन्न भयो भनेर देखाउँथ्यो।
पृथ्वीमा भएको पवित्रस्थान स्वर्गमा भएको सकल पवित्रस्थानको नमुनाअनुसार निर्माण भएको थियो। यो विधि त “अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन्।...यदि स्वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्यकता पऱ्याे।...त्यसकारण मानिसले निर्माण गरेको पवित्रस्थानमा होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्थान, साँचो पवित्र वासस्थानमा उहाँ सेवक भइरहनुभएको छ।” हिब्रू ९:९:२३, ८:२। उहाँ परमेश्वरकाे सामु देखा पर्नुहुन्छ‚ पश्चत्ताप गर्नेहरूलाई स्वीकार्न र उहाँका जनहरुकाे पार्थना सुन्नुहुन्छ ।
१९३

previous
अघिल्लो
अर्को
previous
chat