Jul 12, 2024

स्वइच्छाले जीवबलि हुनुभएको येशू

SCRIPTURE READING — भजनसंग्रह ४०:७-८

तब मैले भनें, “म यहीँ छु, म आएको छु– धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
भजनसंग्रह ४०:७-८
विभिन्न रितिरिवाजले गर्दा प्रदुषित भएका पौराणिक इस्राएलीहरूलाई सारा जनसमूदाय शुद्ध गर्न एउटा पशुबलि चढाउन निर्देशन दिइएको थियो। त्यो पशु रातो बाच्छी थियो। पापले गर्दा इस्राएल जनमानस प्रदुषित भएकोले त्यसबाट उन्मुक्ति दिन त्यो बाच्छी अरू पशुहरूभन्दा सिद्ध बलि भनेर मानिएको थियो। यो कहिलेकाहीँ गर्ने पशुबलि थियो। मुर्दालाई नछुनु भन्ने रीतिको बिपरित कसैले अचानक छोएमा वा त्यसलाई लेप लगाउन, गाड्न वा जलाउन छुनै परेमा त्यसलाई छुने सबै मानिसहरू अशुद्ध भएको ठानिन्थ्यो। जो कोही पनि कुनै न कुनै तरिकाले मुर्दालाई छुँदा त्यो व्यक्ति अशुद्ध हुन्छ भन्ने व्यवस्थामा लेखिएको थियो (गन्ती १९:११, हग्गै २:१३) ।पापको परिणामले मृत्यु आएको र मुर्दा आफैं पनि पापलाई प्रतिनिधित्व गरेको भनेर इस्राएलीहरूको दिमागमा प्रभावकारीरूपमा घुसाउन यो पशुबलि गर्न अऱ्हाइएको थियो। एउटा बाच्छी, एउटा नोहाको जहाज, मोशाले झुन्ड्याइएको एउटा धलौतको सर्प सबैले ख्रीष्टको बलिदानलाई प्रभावकारी ढँगमा औँल्याउँछ।
बाच्छी रातो नै हुनुपर्छ रे। यो रगतको प्रतिक थियो। यो बाच्छीमा कुनै दाग र खोट हुनुहुँदैनथ्यो। त्यस बाच्छीले फेरि कहिल्यै पनि जुवा नबोकेको हुनुपर्थ्यो। यहाँ पनि परमेश्वरको पुत्र आफ्नै स्वइच्छाले मानिसको पापको लागि मर्न आउनुभएकोले पश्चात्तापको विधि उहाँले पूरा गर्नुभएको थियो। उहाँमाथि कुनै जुवा लाड्न आवश्यकता थिएन न त बाध्यता किनकि उहाँ सबै विधिविधान वा रितिथितिहरूबाट स्वतन्त्र हुनुहुन्थ्यो। परमेश्वरका वौद्धिक जीव स्वर्गदूतहरू परमेश्वरका आज्ञाहरू पालन गर्न वाध्यता थियो वा तिनीहरूमाथि परमेश्वरका आज्ञाहरूको जुवा थियो। तिनीहरूले आफ्नो कुनै व्यक्तिगत बलिदानले पतित मानिसको दोषलाई सफाइ गर्न सक्दैनथ्यो वा उन्मुक्ति दिन सक्दैनथ्यो। तर सबै व्यवस्थाहरूभन्दा उच्च स्थानमा रहनुभएको वा स्वतन्त्र रहनुभएको येशू ख्रीष्टले मात्र पापी मानव जातिको मुक्तिको निम्ति बलि हुनसक्नुहुन्थ्यो।
येशू आफ्नो पिताको दाहिने हातमा नै रहिरहन सक्नुहुन्थ्याे। उहाँ राजकीय मुकुट र राजकीय पोशाकहरू लाएर बस्न सक्नुहुन्थ्यो तर उहाँ आफै परमेश्वर भएतापनि आफ्ना सम्पत्ति, आदर, यश, आराम र स्वर्गको इज्जत तथा गौरब त्याग्न मानिसको निम्ति राजी हुनुभयो। उहाँ बिपन्न वर्गमा जन्मनुभयो, उच्च स्थानमा आदेश दिन सक्ने येशू गेतसमनीको भयानक अनुभवमा आफूलाई पार्नुभयो र अत्यन्तै गालि, अपमान, बेइज्जत सहँदै क्रूसको पीडामा आफूलाई पार्नुभयो।
उहाँको घाइते हात, घोचिएर प्वाल परेको कोखा, किला ठोकिएर क्षतविक्षत भएका पाऊहरूले पतित मानिसको निम्ति भावपूर्ण परमेश्वर पिताको सामु बिन्ती गरिरहनुभएको छ। अनन्तको मोल तिरेर किन्नुभएको पापी मानिस उद्धार होऊन् भन्ने निरन्तर याचना उहाँले गरिरहनुभएको छ। ओहो, पापी मानिसको उहाँको अतुलनीय कृपा र निगाहा कस्तो रहेछ! कुनै पनि समय वा कुनै पनि घट्ना तथा मानव विधिहरूले येशूको मुक्ति दिन पर्याप्त भएको बलिलाई झार्न सक्दैन वा न्युनकरण गर्न सकिन्दैन।
१९४

previous
अघिल्लो
अर्को
previous
chat