Jul 14, 2024

स्वर्गमा रहेको पवित्रस्थानको पवित्र कोठाभित्र

SCRIPTURE READING — हिब्रू ९:१२

“बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकै पल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो।”
हिब्रू ९:१२
सन् ३१ को बसन्त ऋतुमा कलभरीको क्रूसमा पक्का वा सकल बलि येशूलाई चढाइएको थियो। जब येशूले चिच्च्याएर “अब सिद्धियो“ भन्नुभएको थियो त्यसबेला तत्कालै मन्दिरको पर्दा दुई भागमा च्यातिएको थियो। यहूदी राष्ट्रको निम्ति यो पर्दा अत्यन्तै महत्त्वपूर्ण छ। पवित्रस्थान र महापवित्रस्थानलाई अलग गरिएको पर्दा अत्यन्तै महँगो थियो। यो प्याजी रङ्गको सुनले सजाएको थियो। यो भव्य लामो र फराकिलो थियो। जब येशूले आफ्नो अन्तिम सास फेर्नुभएको थियो तब अदृश्य हातले सबैले देख्न गरेर त्यो भव्य र बाक्लो पर्दा तलदेखि माथिसम्म च्यातिदिएको थियो। पापले गर्दा भ्रष्ट भएको यस संसारको निम्ति नयाँ र जीवित मुक्तिको बाटो खोलिएको थियो भनेर सारा जगतको सामु त्यस च्यातिएको पर्दाले देखाएको थियो साथै परमेश्वरको पुत्रको एक महान् बलिले सबै पशुबलिको अन्त्य भयो भनेर पनि स्पष्ट पारिएको थियो।
पृथ्वीकाे पवित्र स्थानमा भएकाे पर्दा र विधिहरु व्याकुल थियो। अब परमेश्वरको पुत्रको मृत्युपछि सकल बलि प्रस्तुत भएको थियो। महापवित्रस्थानतिर जाने बाटो खोलिएको थियो। सबैको निम्ति नयाँ र जीवित बाटो तयार पारिएको थियो। अब परमेश्वरसँग पहल गर्न दु:ख र शोकमा परेका र पापी मानव जातको निम्ति कुनै पनि पुजारी वा प्रधानपुजारीको आवश्यकता भएन। अबदेखि मुक्तिदाता आफैले मानिसको निम्ति पुजारी हुनुभएको थियो र स्वर्गका स्वर्गहरूमा पापीहरूको निम्ति पहल वा मध्यस्थता गर्न सुरु गर्नुभएको थियो। अबदेखि पापको निम्ति कुनै भेटीहरू र पशु बलिको आवश्यकता भएन। येशूको बलिले पाप क्षमा गर्न गरिने सबै धार्मिक विधिहरूको अन्त्य भएको थियो। परमेश्वरको पुत्र उहाँकै वचनद्वारा आउनुभएको थियो, “हे प्रभु तपाईंको इच्छा पूरा गर्न हेर्नुहोस्, म आएँ (किताबको ठेलीमा मेरै बारेमा लेखिएको छ)” “उहाँको आफ्नै रगतले पवित्रकोठामा पस्नुभयो र हाम्रो निम्ति अनन्तको मुक्ति उपलब्ध गराउनुभयो ।” हिब्रू १०:७, ९:१२।
जब पेन्तिकाेस्ट समयमा पवित्र आत्मा चेलाहरूमाथि खन्याइएको थियो तब तिनीहरूको दिमाग पृथ्वीको पवित्रस्थानबाट स्वर्गमा रहेको पवित्रस्थानतिर मोडिएको थियो, जहाँ येशूले आफ्नै रगत लिएर पस्नुभएको थियो। त्यो रगत उहाँका चेला र समस्त मानव प्राणीको प्रायश्चितकाे फाइदाको निम्ति बगाउनुभएको थियो।
सारा मानिसहरूका नजरहरू संसारका पापहरूको निम्ति गरिएको सकल तथा सही बलितिर लगाएका थिए। यस पृथ्वीको मन्दिरमा हुने पुजारी प्रथाको अन्त्य भयो वा मानिस र परमेश्वरको बीचमा आउने कुनै पनि मानवीय तत्त्वको अन्त्य भयो। हामी येशूतिर मात्र हेर्नुपर्छ। उहाँ नयाँ करारको सेवक हुनुहुन्छ। हाम्रो मानव जातको जेठो दाजु जगतको सर्वोच्च र अनन्तको सिंहासननिर हाम्रो निम्ति उभिरहनुभएको छ।
१९६

previous
अघिल्लो
अर्को
previous
chat