Jul 24, 2024

प्रत्येक मानिसको जीवनको समिक्षा गरिनेछ वा लेखाजोखा हेरिनेछ

SCRIPTURE READING — उपदेशक ११:९

“जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।”
उपदेशक ११:९
न्यायको निर्धारित समय वा २३०० दिन वा वर्षको भविष्यवाणी अन्त्य भएको मिति वा १८४४ मा छानबिनको काम र पापहरू सफा गर्न वा लेखाको पुस्तकबाट मेटिने काम सुरु भएको थियो। कुनै पनि समयमा येशूको नाउँ बोक्नेले आफ्नो जीवन केलाएर हेर्नैपर्दछ। दुवै जीवित र मरेकाहरूको न्यायको बारेमा प्रकाशको पुस्तकमा यसरी उल्लेख गरिएको छ: “मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहा्ल्याे, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आफ्नाे-आफ्नाे कामअनुसार इन्साफ भयो।” प्रकाश २०:१२-१३ ।
न्यायकर्ताले यो घोषणा गर्नुभयो: “विश्वासद्वारा निर्दोष ठहरिने वा येशूलाई विश्वास गर्नेहरूलाई तिनीहरूको कामहरूद्वारा न्याय गरिनेछ।” अस्वीकार र पश्चाताप नगरिएका र नत्यागिएका पापहरू क्षमा हुनेछैन। लेखाको पुस्तकबाट मेटिनेछैन। तर परमेश्वरको दिनमा तिनीहरूले गरेका पापहरू नै तिनीहरूको विरुद्धमा साक्षी हुनेछ।
कतिपय मानिसहरू दुष्ट प्रवृतिलाई दवाउन दिलैदेखि संघर्ष गरिरहेका हुन्छन्। पाप वा खराब झुकावले तिनीहरूमाथि दमन नगरोस् भन्ने तिनीहरू चाहन्छन्। पापलाई त्यागेर येशूतिर लागेर न्यायको दिनमा तयार हुने काम व्यक्तिगत मामिला हो। हामी समूहहरूमा वा समूहहरूको कारणले मुक्ति पाउँदैनौं। एक जनाको निर्दोष, निश्कलङ्क, स्वच्छ र येशूभावना भावित भएको जीवनका गुणहरू अरूहरूलाई सार्न सकिन्दैन। यस संसारका सबै मानव जाति वा राष्ट्रहरू परमेश्वरको अगाडि न्यायको आशनमा उभिनै पर्दछ। प्रत्येक व्यक्तिको मामिलालाई उहाँले केलाएर जाँच्नुहुन्छ मानौं यस संसारमा ऊबाहेक अर्को कोही व्यक्ति छैन। प्रत्येक व्यक्ति जाँचिनै पर्छ वा उसको लेखा परिक्षण गर्नैपर्छ। येशूभक्तहरू कुनै दाग नभएको वा चरित्रको मामिलामा चाउरी नपरेको हुनुपर्दछ।
स्वर्गको पवित्रस्थानमा न्याय भइरहेको छ। धेरै वर्षदेखि यो कामको प्रगति भइरहेको छ। छिटै तर कति छिटो कसैलाई थाहा छैन यो काम कहिले सिद्धिन्छ। प्रत्येक जिवित मानिसका मामिलाहरू त्यस न्यायिक आशनमा गइरहेको छ। भययोग्य परमेश्वरको सामु हामीहरूका जीवनहरू समिक्षाको निम्ति देखापर्दछ। अहिले नै हामी जिउँदै येशूको यो आदेश आत्मसात् गर्नु प्रत्येक येशूभक्तले आफ्नो कर्तव्य ठान्नुपर्दछ, “चनाखो र प्रार्थनामा तल्लिन भएर बस: किनकि समय कहिले आउँछ तिमीहरूलाई थाहा छैन।“ मर्कूस १३:३३। “यसकारण तिमीले जे पायौ र सुन्याै, सो सम्झ, त्यसलाई कायम राख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।” प्रकाश ३:३।

previous
अघिल्लो
अर्को
previous
chat