Jul 26, 2024

पूर्व इन्साफ अर्थात् अन्तिम न्याय हुनुभन्दा अगाडि मानव भविष्यको निम्ति परमेश्वरले गरिरहनुहुने निर्णय

SCRIPTURE READING — १ तिमोथी ५:२४

“कुनै-कुनै मानिसका पापहरू त सोझै इन्साफमा पुगने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्।”
१ तिमोथी ५:२४
छानबिन वा जाँचपड्तालको न्याय र पापहरू मेटिने कार्य येशूको दोस्रो आगमनभन्दा पहिले सम्पन्न हुनुपर्दछ। मरेकाहरूको न्याय तिनीहरूको बारेमा राखिएको लेखा अनुसार फैसला हुन्छ। तिनीहरूका मामिलाहरूको छानबिन वा जाँचपड्ताल गर्नुभन्दा पहिले तिनीहरूका पापहरू मेटिन असम्भव छ। जब छानबिन वा जाँचपड्ताल अर्थात् मानिसहरूका पाप र धर्मको बारेमा दुधको दुध पानीको पानी छुटिन्छ वा कसले अनन्त जीवन पाउँछ र कसले पाउँदैन भन्ने निर्णायक फैसला भइसक्छ तब येशू ख्रीष्ट आउनुहुन्छ र उहाँको हातमा उहाँले दिनुहुने प्रत्येक मानिसलाई उसको काम अनुसारको इनाम हुनेछ।
स्वर्गमा रहेको किताबमा लेखिएका विवरण अनुसार नै सबैको इन्साफ गरिनेछ। तिनीहरूका कामहरूको आधारमा तिनीहरूलाई इनाम दिइनेछ। यो फैसलाको काम मानिस मरेपछि तुरुन्तै हुँदैन।
पौराणिक इस्राएलमा भएको पवित्रस्थानमा पापको प्रायश्चितको निम्ति येशूको प्रतिकको रूपमा गरिने विधिहरूमा प्रधान पूजारी त्यस मन्दिरका कोठाहरूमा गरिने विधि सकिएपछि मन्दिरबाट बाहिर आएर जनसमूहलाई आशिर्वाद दिन्थे। जब आफ्नो काम स्वर्गको पवित्रस्थानमा हाम्रा सहजकर्ता हुनुभएर सम्पन्न गर्नुहुन्छ तब येशू उहाँका जनहरूको निम्ति पापलाई सदाको निम्ति मेटाएर तिनीहरूको मुक्तिको निम्ति देखा पर्नुहुनेछ। येशूका आशिर्वाद पाउने जनहरू अनन्त जीवनको निम्ति पर्खिरहेका हुन्छन्। जसरी प्रायश्चितको दिनमा पूजारीले पवित्रस्थानबाट पापहरू हटाउन जीवबलिको रूपमा उभ्याइएको बोकाको टाउकोमा हात राखेर पापहरू सारिएको भन्ने सङ्‍केतको रूपमा विधि गरिन्थ्यो, त्यसरी नै पापलाई सुरु गर्ने र मानिसहरूलाई पाप गर्न उक्साउने सैतानको थाप्लोमा सबै पापहरू येशूले राखिदिनुहुनेछ। इस्राएलीहरूका पापहरू बोकेको जीवबलिको रूपमा खडा गरिएको बोकालाई अनकन्टार स्थानमा लगेर छोडिन्थ्यो। त्यहाँ कुनै मानवबस्ती हुँदैनथ्यो; त्यसरी नै परमेश्वरका जनहरूलाई पाप गर्न उक्साउने पापका सबै दोषहरू बोकेर सैतान एक हजार वर्षसम्म अनकन्टारमा परिणत भएको र कुनै मानव बस्ती नभएर ध्वस्त भएको पृथ्वीमा उसलाई नजरबन्द वा आइसोलेसनमा राखिनेछ। अन्तमा आएर एक हजार वर्षपछि उसले आफ्नो पापको दण्ड पूरै पाएर दुष्टहरूको साथमा आगोद्वारा सदाको निम्ति भष्म हुनेछ।
केहीले मात्र हो, यस पृथ्वीमा रहेका युगौँ युगदेखि असंख्य मानव प्राणीहरूमा केवल थोरैले मात्र अनन्त जीवन पाउनेछन्। परमेश्वरका सत्य वचन पालन नगरेर सत्यवादी नभइ रमाएर बस्ने दुष्टहरू यस संसारका सारा मानव जमात निर्धारित दोस्रो मृत्युमा सहभागी हुनेछन्।
जब स्वर्गको पवित्रस्थानबाट पश्चातापी विश्वासीका पापहरू मेटिँदै गर्छ तब यस पृथ्वीमा बाँचिरहेका परमेश्वरका जनहरूको बीचमा विशेष शुद्धिकरणको प्रक्रिया भइरहेको हुन्छ, त्यो हो आफ्नो जीवनबाट पापलाई पन्छाउने काम।
२०८

previous
अघिल्लो
अर्को
previous
chat