Jul 27, 2024

समय सिद्धिनै लाग्यो!

SCRIPTURE READING — एफिसी ५:१६।

“समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।”
एफिसी ५:१६।
सन् १८७९ को अक्टाेबर २३ को बिहानको दुई बजेतिर परमेश्वरको माथि बस्नुभयो। उहाँले आउने न्यायको दृश्य देखाउनुभयो। परमेश्वरले गर्नुभएको फैसलाको कार्यान्वयन गर्ने महान् दिन आउनै लागेको दृश्य मलाई देखाइएको थियो। दशौँ हजार गुणा दशौँ हजार अत्यन्तै ठूलो सिंहासनको सामु उभिएका थिए। त्यस सिंहासनमा तेजस्वीमय र राजकीय अनुहार भएको व्यक्ति आशिन हुनुहुन्थ्यो। उहाँको सामु धेरै पुस्तकहरू खोलिएका थिए। ती पुस्तकको आवरण पृष्ठ वा खोलमा सुनले लेखेका अक्षरहरू थिए। ती अक्षरहरू दनदनती बलिरहेको आगोका ज्वालाहरू जस्तै थिए: तिनीहरूमा एउटा पुस्तक “बहिखाता वा हरहिसाब राख्ने पुस्तक” थियो। त्यस पुस्तकमा ती मानिसहरूका नाउँहरू थिए जसले सत्यलाई बिश्वास गर्छु भनेर दावी गरेका थिए। जब ती मानिसहरूका नाउँ एक-एक गरेर पढिन्थ्यो र तिनीहरूको सुकामहरूको उच्चारण गरिन्थ्यो तब तिनीहरूका अनुहारहरू पवित्र हर्षले प्रज्ज्वलित हुन्थ्यो।
अर्को किताब पनि खोलिएको थियो। त्यस किताबमा सत्यलाई विश्वास गर्छु भन्ने मानिसका पापहरूको लेखा राखिएको थियो। त्यस पुस्तकको खातामा एउटा विवरणको शीर्षक थियो त्यो थियो स्वार्थीपना वा आफ्नोमात्र भाऊ खोज्ने प्रवृत्ति। त्यसको मुनि सबै खालका पापहरू उल्लेख गरिएका थिए। जब पवित्र जन प्रभुले त्यस पुस्तकको पाना बिस्तारै पल्टाउनुहुन्थ्यो तब उहाँको नजर एक क्षणको निम्ति प्रत्येक व्यक्तिहरूमा पर्दथ्यो। उहाँको प्रज्ज्वलित नजरले प्रत्येक मानिसलाई हेर्दथे तब तिनीहरूको चेतना जलेको जस्तो तिनीहरूले अनुभव गर्दथे। त्यसैबखत तिनीहरूको अगाडि तिनीहरूको जीवनमा गरेका प्रत्येक पाप, अधर्म, दुष्ट काम र अरूलाई घाइते पार्ने वचन तिनीहरूको दिमागमा सरसर्ती जान्थ्यो। ती कामहरू यस्तो स्पष्टसँग देखाइन्थ्यो कि आगोको ज्वालाले प्रज्ज्वलित भएका अक्षरहरूबाट टल्काउँथे।
ती मानिसहरूको श्रेणीमा अर्को मानिसहरूका नाउँ थिए जसले मानिसहरूलाई अवरोधै अवरोध खडा गर्ने वा वाधैवाधा पुऱ्याउँथे। यो श्रेणीले आफ्नो स्वार्थलाई सर्वोच्च स्थानमा राखेको थियो। केवल आफ्नै स्वार्थपूर्तिको निम्ति, अरूको मोलमा आफ्नो भाऊ खोजेर ठूलो पदमा बस्न परिश्रम गर्दथ्यो।
तिनीहरूलाई यो प्रश्न गरिन्थ्यो: “तिमीहरूको खराब चरित्र वा मनस्थितिको वस्त्रहरूलाई थुमाको रगतले धोएर किन सेतो बनाएनौ? तिमीहरू उहाँको कष्टमा सहभागी भएनौ, अब उहाँको महिमामा तिमीहरू सहभागी हुन सक्दैनौ। “...अनि किताब बन्द गरिन्थ्यो र सिंहासनमा बस्नुहुनेको अनुहार निन्याउरो हुन्थ्यो। त्यसबेला परमेश्वरको पुत्रको क्रोधको सुस्केरा बज्दथ्यो।
त्यो दृश्य मैले हेरेँ र केही समयपछि त्यो दृश्य बिलाएर गयो, र म आफूलाई यस पृथ्वीमै रहिरहेको पाएँ। परमेश्वरको त्यस महान् दिन आएको रहेनछ भन्ने कुरा थाहा पाएर म आभारित भएँ र अहिले अमूल्यको परिक्षण काल वा परमेश्वरलाई विश्वास गर्ने कि नगर्ने भन्ने समय जारी गरेको बितेको रहेनछ। अमर जीवन वा अनन्त जीवनको निम्ति तयार हुने समय परमेश्वरले दिइरहुनभएको छ। त्यसलाई के गर्ने सो हाम्रै हातमा सुम्पिरहेको छ।
२०९

previous
अघिल्लो
अर्को
previous
chat