Jul 28, 2024

जब परिक्षण काल वा परमेश्वरलाई विश्वास गर्ने अवसर दिएको समय समापत हुन्छ

SCRIPTURE READING — प्रकाश २२:११

“दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्।”
प्रकाश २२:११
तेस्रो स्वर्गदूतको सन्देश सुनाउने समय कहिले सिद्धिन्छ वा परिक्षणको समय वा परमेश्वरलाई विश्वास गर्ने कि नगर्ने भन्ने दिएको समय कहिले समाप्त हुनेछ भनेर परमेश्वरले प्रकट गर्नुभएको छैन। परिक्षण काल वा निगरानी राखिएको समय कहिले सकिन्छ भन्ने मामिलामा मसँग बिशेष ज्ञान छ किन भनेर सोध्दै धेरै पत्रहरू मकहाँ आएका थिए। तिनीहरूलाई केवल एउटा मात्र जवाफ थियो, हामीसँग भएको सन्देशलाई बोकेर काम गर्ने समय अहिले नै हो। जब दिन बित्दछ तब रातमा कोही पनि काम गर्न सक्दैन।
जब येशू महापवित्र कोठाबाट बाहिर निस्कनुहुन्छ र आफ्नो मध्यस्थता गर्ने वस्त्रलाई फुकाल्नुहुन्छ तब उहाँले पुजारीको वस्त्रको सट्टामा न्यायाधिसले लगाउने वस्त्र लगाउनुहुन्छ, तब पापीहरूको निम्ति गरिने काम समाप्त हुन्छ। परिक्षणकाल समाप्त हुन्छ, पापीहरूको निम्ति वकालत गर्ने समय सिद्धिन्छ र दुष्टहरूलाई बदला लिन लगाउने वस्त्रहरू उहाँले पहिरनुहुन्छ।
प्रत्येक मानिसको फैसला भइसकेको हुन्छ। मानिसको पापलाई धुने येशूको रगत उपलब्ध हुनेछैन। त्यसबखत पृथ्वीलाई सम्हाली राख्ने परमेश्वरको आत्माले आफ्नो हात झिक्नुहुनेछ।
यस डरलाग्दो समयमा धर्मी जनहरू पवित्र परमेश्वरको सामु कुनै मत्यस्थकर्ताबिना नै उभिनुपर्ने हुन्छ। परमेश्वरका जनहरूको विरुद्धमा लाग्न दुष्टहरूलाई छेकिराखेको छेकबार हटाइनेछ। आफ्ना दुष्ट कामहरूप्रति खेद नगर्ने सारा मानिसहरूमाथि उसको प्रभुत्व हुन्छ। सैतानले यस पृथ्वीका सारा मानिसहरूलाई अन्तिम र महान् दु:खकष्टमा चुर्लम्म डुबाउनेछ। मानव आवेगलाई रोकिराखेको भयानक बतासलाई स्वर्गदूतहरूले छोड्दछ तब सारा झैँ-झगडा र विवादका भलहरू उर्लिनेछ। सारा संसार नै भयानक विध्वंसको स्थितिमा सामेल हुनेछ। त्यसबेलाको पृथ्वी र मानवीय अवस्था पौराणिक यरुशलेममा आएका विपत्तिभन्दा चर्को हुनेछ।
खेर फाल्ने समय छैन। परिक्षणकाल वा हामीले पाएको निर्णय गर्ने समय कहिले सकिन्छ त्यो हामीलाई थाहा छैन। येशू कति छिटो आउनुहुन्छ त्यो पनि हामीलाई थाहा छैन।
जब परीक्षणकाल वा निर्णय गर्ने समय सकिन्छ तब अचानक, अपेक्षा नगरेको समय आउँछ। तर आज नै स्वर्गको खातामा भएका हाम्रा लेखाहरूलाई सफा गर्ने समय दिइएको छ। येशूलाई विश्वास गरेर येशूभावना भावित भएर चल्दा परमेश्वरले हामीलाई ग्रहण गर्नुहुन्छ भन्ने सत्यज्ञान हामीलाई थाहा छ। यदि हामी निष्ठावान भएर चलिरहन सक्यौं भने अन्तमा हामी सबै जना स्वर्गको राज्यमा भेला हुनसक्ने हुन्छौं।
२१०

previous
अघिल्लो
अर्को
previous
chat