Jul 30, 2024

सैतानको जुक्तीहरू वा रणनीतिहरू

SCRIPTURE READING — १ पत्रुस ५:८

“सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।”
१ पत्रुस ५:८
हाम्रा भावनाहरू, मनोवेगहरू, हामीमा भएका विभिन्न प्रकारले विभिन्न माध्यमहरूद्वारा भएका प्रभावहरू र हामीलाई हल्लाउन खोज्ने मानिसहरूका वचन तथा क्रियालापहरू माथि भर परेर तिनीहरू नै हाम्रा अगुवाहरू हुन् भनेर चल्नु असुरक्षित छ। यदि हामी अर्थमूलक, पवित्र र निर्दोष जीवन बिताउन चाहन्छौं भने केवल परमेश्वरको व्यवस्था वा दश आज्ञाहरू मात्रै हाम्रो मापदण्ड हुनुपर्छ अर्थात त्यसको अगुवाइमा हामी चल्नुपर्दछ। हाम्रा चरित्रहरूलाई न्याय गर्ने वा मूल्याङ्कन गर्ने आधार नै दश आज्ञा हुन्। यदि मुक्ति पाएपछि कसैले यो सोध्यो भने, “मैले अनन्त जीवन पाउन के गर्नुपर्छ वा अनन्त जीवनमा लागिरहेको छु भनेर आभास् पाउन मैले के गर्नुपर्छ?” आधुनिक इसाई दार्शनिक वा पवित्रताको वकालत गर्ने इसाई धर्मगुरुहरूले यसरी जवाफ दिन्छन्, “केवल येशूलाई विश्वास गर। केवल विश्वास मात्र गरे मुक्ति पाउँछ।” तर त्यही खालको प्रश्न येशूलाई एक जना पण्डितले सोध्दा उहाँले जवाफ दिनुभएको थियो, “व्यवस्था वा दश आज्ञामा के लेखिएको छ? त्यसलाई तिमीले कसरी पढ्दछौ?” जब प्रश्नकर्ताले जवाफ दिए “तिमीले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नाे सारा हृदयले, आफ्नाे सारा आत्मा वा प्राणले, आफ्नाे सारा समझले र आफ्नाे सारा मनले प्रेम गर्, र आफ्नाे छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” तब येशूले भन्नुभयो, “तिम्रो जवाफ ठिक छ। यदि तिमी अनन्त जीवनको प्रत्याभूति पाएर जीवन बिताउन चाहन्छौ भने त्यसै अनुसार चल।” लूका १०:२६-२८। येशूलाई विश्वास गर्छु, म फलाना इसाई बंश वा घरानाबाट आएको हुँ वा म बाइबलको यस्तो विद्वान हुँ भनेर मुखले मात्र भनेर चल्दा त्यसको कुनै मूल्य वा अर्थ हुँदैन। यदि कामद्वारा प्रेम देखाइएको छ भने मात्र उसमा भएको विश्वास सकल र सही हुन जान्छ। हाम्रो कामको अर्थ वा मूल्याङ्कन प्रेमद्वारा मात्र परिचालित हुनुपर्छ। यो नै स्वर्गको नीति हो।
मानिसहरूमा लुकिएको स्वार्थ र खराब नियतहरू स्वर्गका पुस्तकहरूमा धरोहर जस्तो भएर प्रकट भइरहेको हुन्छ। दु:खदका साथ स्वर्गदूतहरूले ती स्वार्थ र खराब नियतका विवरणहरू स्वर्गका लेखाका पुस्तकहरूमा लेख्नुपरिरहेको हुन्छ। कतिपय बौद्धिक स्तरका मानिसहरू, बाइबलका विद्वान वा अगुवाहरू, ख्रीष्टका अनुयायी हौँ भनेर दावी गरेर चल्नेहरू सांसारिक प्रतिस्पर्धामा लागेर धनसम्पत्ति थुपार्न चाहन्छन् र रमझम गर्न तल्लिन हुन्छन्। आफूसँग भएको पैसा, समय र बलहरूलाई स्वार्थमय जीवनलाई पोस्न र देखाउन त्याग गरिरहेका हुन्छन्। तर प्रार्थना गर्न, बाइबलबाट सत्यहरू खोजीखोजी पढ्न क्षणहरू तिनीहरूमा हुँदैनन्। परमेश्वरको सामु झुकेर आफ्ना कमीकमजोरी र पापहरूलाई स्वीकार गर्न तिनीहरूको फुर्सद पनि हुँदैन।
हाम्रा दिमागहरूलाई परमेश्वरबाट अलग राख्न सैतानले अनेकौँ जुक्ती वा रणनीतिहरूको आविष्कार गरिसरहेको हुन्छ। हामीले थाहा पाएको तर उत्तम तरिकाले ध्यान दिएर काम नगरोस् भन्ने सैतानको चाहना छ। आफ्नो बलिदानद्वारा ख्रीष्टले उपलब्ध गराउनुभएको र उहाँ शक्तिशाली मध्यस्थकर्ता हुनुभएको महान् सत्यहरूलाई हाम्रो परमशत्रु सैतानको निम्ति अत्यन्तै घृणास्पद छ। येशू र उहाँको सत्यबाट उहाँका भक्तहरूको दिमागहरूलाई बिचलित पार्न वा बरालिन लगाउन सकियो भने मात्र आफ्ना जुक्तीहरू सफल भइरहेको सैतानले ठान्दछ।
जो मानिसहरू मुक्तिदाताको मध्यस्थकर्ताको फाइदा लिनेहरूले परमेश्वरको भय मान्दै सिद्ध, पवित्र र निर्दोष जीवन बिताउने कामहरूमा जुटिरहन सैतानको कुनै पनि रणनीतिहरूद्वारा हस्तक्षेप गर्न दिनुहुँदैन।
२१२

previous
अघिल्लो
अर्को
previous
chat