Jul 31, 2024

वर्तमान समयसापेक्षित सत्यमा स्थिर

SCRIPTURE READING — २ पत्रुस १:१२

बिना शङ्का नमानी येशू छिट्टै आउनुहुन्छ भनेर हामी जिकिर गर्दछौं। यो हाम्रो लागि कुनै मनगढन्ते वा काल्पनिक धारणा नभएर वास्तविक नै हो। हामी यसप्रति शङ्का गर्दैनौं र न त वर्षौँसम्म शङ्का नै गरेका छौँ-त्यो हो, हाम्रो पकडमा रहेका हाम्रा शिक्षाहरू वर्तमान समयसापेक्षित सत्य हो र हामी अन्तिम न्यायको नजिक छौं। येशूको राजकीय आगमनको निम्ति हामी पर्खिरहेका छौं। त्यसबेला अनगिन्तियौँ पवित्र स्वर्गदूतहरूको साथमा उहाँ आउनुहुनेछ। आफ्ना निष्ठावान र आस्थावान जनहरूलाई अमरत्वको अन्तिम रूप दिन बादलमा आउँदै हुनुहुन्छ। जब उहाँ आउनुहुन्छ त्यसबेला हाम्रा पापहरूलाई पखाल्न उहाँ आउनुहुने छैन, हाम्रा चरित्रमा भएका विभिन्न खोट, कमीकमजोरीहरू मेट्न पनि उहाँ आउनुहुनेछैन, न त हाम्रा शारीरिक र मानसिक अपाङ्गता वा दुर्वल अवस्थालाई स्वस्थ बनाउन उहाँ आउनुहुनेछ। यो हाम्रो लागि सबै गरिसकेका हुन्छन्। येशूको आगमनभन्दा पहिले हाम्रो स्थिति कस्तो हुनुपर्ने हो सो निर्णय भइसकेको हुन्छ।
जब प्रभु फर्केर आउनुहुन्छ तब धर्मी वा पवित्रजनहरू पवित्र नै भइरहेका हुन्छन्। जो आफ्ना सम्पूर्ण शरीर, दिमाग र आत्मा वा मनोवेगलाई पवित्र आत्माको पवित्र संरक्षणमा पवित्र पारिराख्दछन्, येशूको निम्ति पापबाट अलगै बस्ने आँट गरिरहेका हुन्छन् र उहाँको सम्मान वा इज्जत थामी राख्दछन् तिनीहरू अमर भएको अन्तिम समापनको अनुभव गर्नेछन्। तर जो अत्याचारी, अन्यायी, दुराचारी, अपवित्र, फोहोरी, आतङ्कवादी, हत्यारा, व्यभिचारी, चोर आदि हुनेहरू सदाको निम्ति तिनीहरूको भविष्य निर्धारण भइसकेको हुन्छ। तिनीहरूका चरित्रका खोटहरू हटाएर पवित्र चरित्र दिने काम त्यसबेला हुनेछैन। त्यसबेला प्रभुले तिनीहरूलाई शुद्ध पार्ने प्रक्रिया गर्नुहुनेछैन न त तिनीहरूका पापहरू र भ्रष्ट स्वभावहरूलाई मेटाउनु नै हुनेछ। ती कामहरू गर्ने वा सम्पन्न गर्ने समय अहिले नै हो। अहिले नै निर्दोष र निष्कलङ्क हुने काम सम्पन्न गर्ने समय हो।
विभिन्न माध्यमहरूद्वारा परमेश्वरले उहाँका जनहरूलाई परीक्षा गर्दै हुनुहुन्छ र तिनीहरू उहाँको राज्यमा बस्न योग्य छन् कि छैनन् भनेर प्रमाणित गरिरहनुभएको छ। अहिले नै आवश्यक र उचित चरित्रहरूको निर्माण भइरहेको हुनुपर्दछ। मानिसहरूको नैतिक मूल्यलाई स्वर्गदूतहरूले जोखिरहेका छन्। मानिसहरूका प्रत्येक कामको लेखा तिनीहरूले राखिरहेका छन्। मानिसहरूका हृदयहरू खोतल्ने र हेर्न सक्नुभएको परमेश्वरले मनमा लुकाइ राखेका प्रत्येक काम र नियतलाई उदाङ्ग पारिनेछ। तिनीहरूले ती सानोतिनो भनेर वेवास्ता गर्लान् तर तिनीहरूकै ती काम वा नियतहरू सत्यको निम्ति अग्रसर हुनेहरूलाई तगारो भइरहेका थिए भनेर तिनीहरूले नसोचेको होलान्। तर परमेश्वरले तिनीहरूलाई उदाङ्ग पारेपछि तिनीहरू आफै चकित हुनेछन्। तिनीहरू अब राम्रो हुने वा पुनर्जन्म पाएर अनन्तको निम्ति असल हुने अवसर वा समय भविष्यमा पाउने छैन। अहिले नै ख्रीष्टको धार्मिकताका वस्त्र लगाउने समय हो र उहाँको कदममा हिँड्ने समय हो।
परमेश्वरका दश आज्ञाहरू पालन गरेर चरित्र निर्माण गर्ने समय अहिले नै हो। यो अवसरलाई हामी खेर फाल्नुहुँदैन। अहिले चरित्र निर्माणको निम्ति सदुपयोग गरेर येशूले हाम्रो निम्ति तयार पारिरहेको घरमा जान तयार हुने अवसर र समय अहिले मात्र हो।
“यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्दछौ, र तिमीहरूमा भएको सत्यतामा तिमीहरू स्थिर छौ।”
२ पत्रुस १:१२
२१३

previous
अघिल्लो
chat