किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छाै र यस कचौराबाट पिउँछौ, उहाँ नआउञजेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ।
१ कोरिन्थी ११:२६
येशूलाई एक फेरा विश्वास गरेर मैले मुक्ति पाएँ भनेर ढुक्क हुनुमा अनन्त जीवन पाउँछ भन्ने छैन, तर निरन्तररूपमा मानिसहरूको हृदयलाई येशूको रगतले धोइरहनुपर्दछ अर्थात् त्यो रगतलाई निरन्तररूपमा प्रयोग गरेर सफा हृदयलाई जारी राख्नुपर्दछ अनिमात्र अहिले नै मुक्तिको स्वाद पाउँछ। त्यसकारण, प्रभुभोज कुनै खास अवसरमा वा बर्षको एक फेरा निस्तार चाड जस्तो होइन तर घरीघरी गर्ने बानी हुनुपर्दछ। निस्तार चाडले इस्राएलीहरूलाई मानव बन्धक मिश्र देशबाट स्वतन्त्र पाएको सम्झनामा थियो। तर येशूले स्थापना गर्नुभएको प्रभु भोजको गम्भिर र पवित्र विधिको अर्थ मानिसलाई मानिसको दासत्वबाट स्वतन्त्र बनाउनुभन्दा अपार छ। यसले आफ्नै जीवन दिनुभएर उहाँका जनहरूलाई सैतान र पापबाट उद्धार गर्नुभएको सम्झना गराउँछ। सारा मानव जगतको निम्ति उहाँ महान् प्रायश्चितको विधि वा मानव जगतलाई क्षमा पाउने अवसर दिइएको छ भन्ने हरदम याद दिलाउन यो प्रभुभोजको विधि ख्रीष्टले स्थापना गर्नुभएको थियो।
यो प्रभुभोजको विधि धार्मिक विधि भनेर र औपचारिक पूरा गर्नलाई गर्ने होइन। जब मानिसले सार्वजनिकरूपमा यसमा सहभागी हुन्छ तब उसले यो साक्षी दिइरहेको हुन्छ: म येशूलाई मेरो व्यक्तिगत मुक्तिदाता भनेर स्वीकार्दछु। मेरो निम्ति उहाँले मलाई जीवन दिनुभयो, ताकि म सैतानको जाल र अनन्त मृत्युबाट स्वतन्त्रभएर जिउन सकुँ।
प्रभुभोजले येशूको दोस्रो आगमनलाई औँल्याउँछ। चेलाहरूको दिमागमा यो आशा जल्दोबल्दोरूपमा चम्किरहोस् भनेर यो योजना बनाइएको थियो। जब जब तिनीहरूले उहाँको मृत्युको सम्झनाको निम्ति यो विधि अपनाउँथे तब तिनीहरूले यो याद गर्दथे, तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बहाइन्छ। तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट वा दाखको रस म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।“ मत्ती २६:२७-२९।”जहिले-जहिले तिमीहरू यो रोटी खान्छाै र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ“ भन्ने अमूल्य सोच उच्चारण नै गर्न नसक्ने गरेर अड्डा जमाइरहेको थियो।
हामीहरूको पुरै इन्द्रिय वा शारीरिक, मानसिक र आत्मिक भावना वा अङ्गहरूमा परमेश्वरको प्रेम घुसार्न यो विधि येशूले स्थापना गर्नुभएको थियो। परमेश्वर र हाम्रो बीचमा येशू ख्रीष्टले बाहेक कुनै पनि र कहिल्यै पनि एकता हुँदैन। दाजुभाइ, दिदीबहिनीहरू एक आपसमा एकता र प्रेमले टाँसिरहनुपर्दछ। त्यो एकता र प्रेमलाई जोडिराख्ने मसला येशूको प्रेमले दिइएको अनन्त जीवन हुनुपर्दछ। येशूको मृत्युबाहेक अरू कुनैले दिएको प्रेम वा पाउने प्रेम हाम्रो निम्ति यस जीवन र आउने जीवनमा पर्याप्त छैन। येशूको मृत्युले गर्दामात्रै हामी उहाँको दोस्रो आगमनमा पाउने आनन्दको अपेक्षा गरिरहनुसक्दछौँ। हामी जीउने र अनन्त जीवनको आशाको केन्द्रविन्दु नै येशूको बलिदान हो।
२९७