म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
मत्ती १६:१८
पत्रुसको अर्थ हो पत्थर- त्यो पनि गुड्ने पत्थर। पत्रुस त्यो पत्थर होइन जसमा चर्च स्थापना भएको थियो। जब उनले उनको प्रभुलाई चिन्दिँन भनेर मुख छोडेर किरिया खाएर अस्वीकार त्यसबेला नरकका ढोकाहरू उनको विरुद्धमा खोलेका थिए। तर चर्चको जग येशूमा निर्माण भएको थियो। चर्चको शिर येशू हुनुहुन्छ भनेर मान्नुपर्दछ। यदि येशूले आफ्नो विशेष अधिकार केवल एक जना चेलालाईमात्र सुम्पनुभयो भने चेलाहरूको बीचमा डाह हुन्थ्यो, चित्त दुख्थ्याे, को भन्दा को कम भन्ने कुरामा कचकच हुन्थ्यो। तर येशूप्रति चेलाहरूको पारस्परिक समर्णमा तिनीहरू एक आपसमा भाऊ खोज्ने प्रवृत्ति पाएको देखिन्दैन। तिनीहरू सबैजना मिलेर तिनीहरूको प्रभुको चाहनामा अर्पित भएका थिए। जसलाई उहाँले चुन्नुभयो उनलाई तिनीहरूले श्रद्धा त देखाउँथे नै।
तर चेलाहरूबाट एक जनालाई शिर, चर्चको मूख्य अगुवा वा मूल धर्मगुरु नियुक्त गर्नुको सट्टा उहाँले तिनीहरूलाई यसरी सम्बोधन गर्नुभयो, “तर तिमीहरूलाई कसैले “रब्बी,“ ‘गुरुज्यु’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ । तिमीहरूलाई कसैले ‘मालिक वा स्वामी’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक वा स्वामी ख्रीष्ट नै हुनुहुन्छ। मत्ती २३:८-१०। पावलको यो जिकिर हाम्रो दिमागमा घुसाइ राख्नु अत्यन्तै जरुरी छ ताकि हामीहरू एक आपसमा भाऊ वा कदर खोज्ने प्रवृत्ति नहोस्: “तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ,“ “र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपुर्ण पार्नुहुन्छ।” १ कोरिन्थी ११, एफिसी १:२२-२३।
परमेश्वरको सामु, र स्वर्गका सारा बुद्धिजीविहरूको सामु र नर्क वा सैतानका अदृश्य फौजहरूको सामु, ख्रीष्टले उहाँको चर्च जीवित चट्टानमाथि जग बसाल्नुभयो। त्यो चट्टान उहाँ आफै हुनुहुन्छ-उहाँको आफ्नै हाम्रो निम्ति टुक्रिएको र भाँचिएको शरिरमाथि चर्च निर्माण भएको थियो। यस जगमा बसालिएको चर्चलाई नरकका ढोकाहरूभित्र त्यसलाई सोस्न सक्दैन।
छ हजार वर्षदेखि विश्वास, निष्ठा ख्रीष्टमाथि निर्माण भएको थियो। छ हजार वर्षदेखि नै सैतानका क्रोधको बाढी र आँधिबेरीले हाम्रो मुक्तिको चट्टानमाथि भयानक आक्रमण गरिरहेकाछन्, यद्यपि, चर्चलाई कसैला हल्लाउन सकेको छैन। यो चट्टान जस्तै अडिग छ।
विश्वासको चट्टान नै चर्चमा प्रभु येशू ख्रीष्टको जीवित उपस्थिति हो। येशूभक्तहरूले आफ्नो पर्याप्त वा पूर्णता ख्रीष्टलाई बनायो भने चर्चका जतिसुकै कमजोर विश्वासीहरू त्यस चट्टानमा भर पर्न सक्दछन् र जतिसुकै बलियो र मैहुँ भन्ने इसाईहरू त्यस चट्टानको मुनि आफु कमजोर र सत्य ज्ञानमा भोखो भइरहेको आभास पाइरहेका हुन्छन्। प्रभु येशू ख्रीष्ट ने हाम्रो चट्टान हुनुहुन्छ र उहाँले जे गर्नुहुन्छ त्यो सिद्ध र परिपक्व छ। “उहाँ नै चट्टान हुनुहुन्छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भुल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ“, “ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्।”व्यवस्था ४:२; भजनसंग्रह २:१२।
३०५