शबाथ स्कूलको किताबहरु

स्वर्ग र पृथ्वीलाई एकजुट बनाउने लक्ष्य: फिलिप्पी र कलस्सीका पुस्तकहरूमा येशू ख्रीष्ट

स्वर्ग र पृथ्वीलाई एकजुट बनाउने लक्ष्य: फिलिप्पी र कलस्सीका पुस्तकहरूमा येशू ख्रीष्ट

यस अध्ययन पुस्तकमा हामीले फिलिप्पी र कलस्सीहरूलाई पावलले लेखेका पत्रहरू अध्ययन गर्नेछौं। ती दुवै पत्रहरूमा महत्त्वपूर्ण समानताहरू छन्। तर सबभन्दा मुख्य कुरो त तिनीहरूले येशूलाई प्रकट गर्छन्।

यहोशूबाट विश्वासका पाठहरू

यहोशूबाट विश्वासका पाठहरू

यहोशूको पुस्तक तीन हजार वर्षभन्दा अघि लेखिएको भए तापनि, आज हामी रहेको संसारमा रहेका आध्यात्मिक चुनौतीहरू त्यस समयको भन्दा खास फरक भएका छैनन् ...

प्रस्थान

प्रस्थान

प्रस्थानको पुस्तकमा परमेश्वरका विशेष चरित्रलाई प्रकट गरिएको छ। उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। नियुक्त गर्नुभएको समयमा र उहाँका शक्तिशाली क्रियाकलापले उहाँका जनहरूलाई उहाँले उद्धार गर्नुभएको थियो।

सङ्केतहरू, चित्रणहरू, प्रतिकहरू: बाइबलको भविष्यवाणी कसरी अध्ययन गर्ने

सङ्केतहरू, चित्रणहरू, प्रतिकहरू: बाइबलको भविष्यवाणी कसरी अध्ययन गर्ने

चित्रण, प्रतिक, सङ्केत, रूपकहरू नम्र र समर्पित मिजासले हामी अध्ययन गर्नेछौं। ... युगका अन्त्यका भविष्यवाणीहरू र विशेष गरेर प्रकाशको पुस्तकमा रहेका भविष्यवाणीहरूले हाम्रो जीवनलाई अर्थमूलक बनाउन र बाँचिरहनु आधार दिन यी प्रतिक र सङ्केतहरू सहायता गर्नेछन्

परमेश्वरको प्रेम र उहाँको इन्साफ

परमेश्वरको प्रेम र उहाँको इन्साफ

परमेश्वरको प्रेम र इन्साफ सँग-सँगै जान्छ भनेर बाइबलले चित्रण गरेको छ। एकविना अर्को रहन सक्देन।

यूहन्‍नाको सुसमाचारमा मुख्य विषयवस्तुहरू

यूहन्‍नाको सुसमाचारमा मुख्य विषयवस्तुहरू

यूहन्नाको सुसमाचार परमेश्वरको वचन हो। यो प्रेरितबाट परमेश्वरले हाम्रो निम्ति दिनुभएको हो। बाइबलका सबै पुस्तकहरू जस्तै यूहन्नाको पुस्तक पनि परमेश्वरकै इच्छाबाट आएको हो। यो मानिसले ध्यान वा तपस्या गरेर, सोचेर, मनमा खेलाएर, खोजनीति गरेर उब्जेको पुस्तक होइन। अर्थात् यो मानवीय सोच वा कल्पनाबाट आएको पुस्तक होइन। पवित्र आत्माले धेरै निर्णायक विषयवस्तुहरू मानिसको सामु प्रस्तुत गर्न चाहनुभएकोले उहाँले त्यो प्रस्तुत गर्न यूहन्नालाई औजारको रूपमा प्रयोग गर्नुभएको थियो।

मर्कूसको पुस्तक

मर्कूसको पुस्तक

यस पुस्तकले येशू मसीह हुनुहुन्छ, ख्रीष्ट हुनुहुन्छ जसको निम्ति यहूदीहरू पर्खिरहेका छन् भनेर बुलन्द आवाज निकाल्दछ।

महान् विवाद

महान् विवाद

परमेश्वर र सैतानको बिचमा भइरहेको महान् युद्ध र मुख्य घट्नाहरूको बारेमा यस अध्ययन पुस्तकले नियाल्नेछ। परमेश्वरकै राज्य वा सिंहासनको अगाडि सैतानले गरेको विद्रोहको सुरुलाई हामीले चकित भएर हेर्नेछौँ।

भजनसंग्रहको पुस्तक

भजनसंग्रहको पुस्तक

भजनको पुस्तकले उपलब्ध गराएको हाम्रो जीवन परिवर्तन गर्ने अनुभवमा सामेल हुनु आवश्यक छ। पुस्तौँदेखि विश्वासीहरूले गाएको, त्यसमा आधारित प्रार्थनाको शक्तिलाई हामीले पनि उपभोग गर्न हामीलाई आह्वान गरेको नपन्छाऔँ। स्तुति, प्रशंसा, बिन्ति, पापको स्वीकार, बिलाप र धन्यवाद सार्बभौम परमेश्वरलाई युगौदेखि विश्वासीहरूले चढाइरहेको स्तोत्रमा हामी पनि समावेश हुन सक्यौँ भने हामीले परमेश्वरको अनुग्रह, माया, सहनशीलता, क्षमाशीलता र न्यायको विद्याको आत्मिक ज्ञान र ज्योति हासिल गर्न परमेश्वर सक्छौँ।

परमेश्वरको मिसन वा लक्ष्य-मेरो पनि मिसन वा लक्ष्य

परमेश्वरको मिसन वा लक्ष्य-मेरो पनि मिसन वा लक्ष्य

यस अध्ययनमा ईश्वरीय विज्ञानबाट केही जानकारीहरू दिनेछौँ र केही अवधारणाहरू र त्यसको निम्ति केही प्रयोगात्मक औजारहरू प्रस्तुत गर्नेछौँ। यस पुस्तकको प्रत्येक अध्यायको पाँचौँ बुँदामा चुनौतीहरूको प्रगति होसियारपूर्वक नियाल्नेछौँ। जे सजिलो छ त्यसबाट अघि बढ्नेछौँ।

chat