bookइतिहासका अन्तिम पानाहरू
धेरैलाई झुक्याउने नम्बर

धेरैलाई झुक्याउने नम्बर

“बुद्धि यहाँ छ । जससँग समझ छ, उसले त्यस पशुको संख्याको हिसाब निकालोस्; किनकि त्यो एउटा मानिसको संख्या हो; अनि त्यसको संख्याचाहिँ छ सय छैसट्‌ठी हो ।” प्रकाश १३:१८ । KJV । त्यो नम्बर केवल पशुको नम्बर नभएर कुनै विशेष मानिसको नाम वा शीर्षक हो । जुन शीर्षकलाई क्‍याथोलिक पोपले दाबी गर्दछ र अरु मानिसहरूले पनि रोमी पोपलाई त्यो शीर्षक प्रयोग गरी सम्बोधन अनि सम्मान गर्दछन् । त्यो शीर्षक “वाइकेरिअस फिलि डेइ” (VICARIUS FILII DEI) हो जसको अर्थ पृथ्वीमा ईश्वरको पुत्रको प्रतिरूप हो । पोप सारा संसारका क्‍याथोलिक मण्डलीको नेता वा धर्मगुरु हुन् । पोपको अर्थ “पिता” हो । उसलाई मानिसहरूले पवित्र पिता, परमपिता ईश्वर पोप भनी सम्बोधन गर्दै आइरहेका छन् । पोपले लगाउने मुकुटमा ल्याटिन भाषामा “वाइकेरिअस फिलि डेइ” लेखिएको छ । यो उसको आधिकारिक नाम हो।

प्रकाश १५:२ पदले “यो उसको नाउँको अंक हो” भनेर भन्दछ । त्यसकारण उसको नाउँको संख्यासँग सम्बन्धित अक्षरहरूले ६६६ अंक बनाउनेछ । यो शीर्षक रोमन क्‍याथोलिक पोपलाई प्रयोग गरिएको छ र परमेश्वर पिता र येशू ख्रीष्‍ट पछिको स्वर्ग र पृथ्वीको तेस्रो शासक हो भनी घोषणा गर्दछ । “वाइकेरिअस फिलि डेइ” शीर्षक कुँदेर लेखिएको त्रिमुकुट (Triple Crown) पोपले लगाउने गर्दछ । यसको प्रत्येक अक्षर रोमन संख्यामा जोड्दा ६६६ हुन्छ । त्यसको निम्ति तलको तालिका हेर्नुहोस् ।

यो क्‍याथोलिक पोपले लगाउने त्रिमुकुट हो । यसले ऊ स्वर्ग, पृथ्वी र पाताल तीनै लोकको मालिक हो भनी दावी गरेको कुरालाई देखाउँदछ । यसमा “वाइकेरिअस फिलि डेइ” शीर्षक कुँदेर लेखिएको हुन्छ । यसको प्रत्येक अक्षर रोमन संख्यामा जोड्दा ६६६ हुन्छ ।

previous
अघिल्लो
अर्को
previous
chat