bookइतिहासका अन्तिम पानाहरू
महावेश्या
प्रकाश अध्याय १७

महावेश्या

प्रकाश अध्याय १७ ले धर्मशास्त्रमा विशेष गरी महावेश्याको प्रभाव र अन्तिम इन्साफ अनि राज्य र मण्डलीको एकता बारे चित्रण गर्दछ । प्रकाश पुस्तकमा दुई वटी स्त्रीको स्वरूप र वर्णन पाइन्छ । पवित्र स्त्रीले परमेश्वरको पवित्र मण्डलीको संकेत गर्दछ भने चरित्रहीन वेश्या स्त्रीले पतन भएको मण्डलीको संकेत गर्दछ जोचाहिँ परमेश्वर आफ्‍नो पति प्रति वफादार हुँदैन (याकुब ४:४)। हामीलाई थाहा छ कि महावेश्याले विशेष गरी एउटै मात्र धर्मत्यागी मण्डली रोमन क्‍याथोलिक मण्डलीलाई र त्यसका पतित मुक्ति पाउने तरीका र आराधनाको विभिन्‍न गलत ढाँचालाई जनाउँदछ । त्यस वेश्यालाई प्रकाश १७:५ पदले रहस्यमय बेबिलोन र वेश्याहरूकी आमा भनी वर्णन गरेको छ । बेबिलोनले गोलमाल र महावेश्याले चाहिँ सत्यबाट पुरै बरालिएर धर्मत्याग गराउने र भ्रम फैलाउने आधिकारिक संगठनलाई संकेत गर्दछ ।

बाइबलमा स्त्रीले मण्डलीलाई जनाउँदछ तर बेबिलोन वेश्या स्त्री हो किनभने त्यसले परमेश्वर आफ्‍नो पतिलाई छोडेर मूर्तिपूजा गरी व्यभिचार गरिरहेकी छे । अनि परमेश्वरका आज्ञाहरूलाई नमान्‍ने, बदली गर्ने र आफ्‍नै नियम कानून र सिद्धान्तहरूमा चलिरहेकी छे । तिनलाई “पृथ्वीका वेश्याहरू र घिनलाग्दाहरूकी आमा” महावेश्या भनी बाइबलले सम्बोधन गरेको छ । क्‍याथोलिक मण्डलीको पोप र अरू अगुवाहरूले क्‍याथोलिक मण्डलीलाई सबै मण्डलीहरूकी आमा मण्डली हो भनी दाबी गर्दै आइरहेका छन् । त्यसका छोरीहरू ती मण्डलीहरू हुन् जो शुरूमा क्‍याथोलिक मण्डलीको झूटा शिक्षाहरूको विरोधमा आवाज उठाएर प्रोटेस्टेन्ट सुधार आन्दोलनको समयमा त्यसबाट निस्केर आएका थिए तर पछि तिनीहरूले क्‍याथोलिक मण्डलीको झूटा सिद्धान्तहरूलाई अङ्गाल्दै गए । समय बित्दै गएपछि पुन: क्‍याथोलिक मण्डलीको अरू सिद्धान्तहरू र कार्यहरूलाई अनुसरण गरी पतित वा वेश्या भए । पतित प्रोटेस्टेन्ट मण्डलीहरू अर्थात् वेश्या छोरीहरू एकपछि अर्को गर्दै क्‍याथोलिक मण्डलीसँग अर्थात् महावेश्या वा आमा मण्डलीसँग मिल्‍न गइसकेका छन् ।

“धेरै पानीहरूमाथि बसेकी त्यो महावेश्या” यसले सारा पृथ्वीमाथि क्‍याथोलिक चर्चको ठूलो प्रभाव रहेको कुरालाई जनाउँदछ (प्रकाश १७:१५, १७:१) “त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन् र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्” (प्रकाश १७:२)। पृथ्वीका ठूल्ठूला नेताहरू, राजाहरू र मानिसहरूलाई त्यसको झूटो शिक्षाको मद्यले: आइतवार शबाथ पवित्र दिन, स्वभाविक रूपमा आत्मा अमर हुन्छ, असल कामहरू गरेर मुक्ति पाउन सकिन्छ ... इत्यादि गलत शिक्षाहरूले आत्मिक रूपमा मताइरहेका छन् ।

“त्यस स्त्रीले बैजनी र चहकिलो र रातो लुगा लगाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई र घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई” (प्रकाश १७:४) त्यो स्त्री बहुमूल्य भेषभुषाले सजिएकी भन्‍ने कुराले रोमन क्‍याथोलिक मण्डलीको अपव्ययलाई वा फजुल वैभवलाई जनाउँदछ र साथै क्‍याथोलिक मण्डलीको सञ्चित धन दौलत, क्‍याथेड्रल, कला, हस्तकलाहरूको गौरवलाई चित्रण गर्दछ । क्‍याथोलिक मण्डलीको भ्याटिकन सिटीभित्र कति धन छ भनेर कसैलाई थाहा छैन । विश्वको सबैभन्दा सानो राष्‍ट्र भएरपनि संभवत: भ्याटिकन सिटी विश्वको सबैभन्दा धनी राष्‍ट्र हुनुपर्दछ । भ्याटिकन सिटीको महलको भित्ताहरूको कला, आकृति, सुनचाँदी र बहुमूल्य बस्तुहरूको गौरव देखेर प्रोटेस्टेन्ट सुधारवादी अगुवा मार्टिन लुथरले एकपटक यसो भनेका थिए, “दुनियामा यदि काहीँ नर्क छ भने रोम नै नर्क हो ।” पोपले महत्त्वपूर्ण कार्यक्रममा प्रायजसो शाही रङको रूपमा बैजनी रङको पहिरन लगाउने गर्दछन् । त्यस्तै गरी क्‍याथोलिक उच्‍च धर्म गुरुहरूले रातो वस्त्र लगाउने गर्दछन् ।

त्यो स्त्री परमेश्वरका जनहरूलाई खेदो गरेकी र येशूको शहिदहरूका रगत पिएर मातेकी रूपमा दोषी थिई । कथित खी्रष्‍टियन मण्डलीले परमेश्वरको पवित्रजनहरूलाई त्यस्तो अत्याचार गर्न सकेको देखेर प्रकाशक यूहन्‍ना आश्‍चर्य र अति अचम्मित भएका थिए (प्रकाश १७:६) । “पशुमाथि स्त्री चढेकी थिई” (प्रकाश १७:७) । जसको अर्थ मण्डली र राज्य बीच एक आपसमा सम्बन्ध रहेको वा एकता भएको जनाउँँदछ । साथै चर्चले बनाउने कानून (Dogmas) लाई लागू गराउन राज्य शक्तिलाई प्रयोग गरेको कुरालाई जनाउँदछ । अन्तिम दिनहरूमा पोपतन्‍‍त्रले नागरिक शक्तिहरू वा राज्यलाई वशमा पार्नेछ अर्थात् चर्च र राज्य मिल्‍नेछन् । त्यो पशुलाई सात वटा टाउका र दश वटा सीङहरू भएको भनेर वर्णन गरिएको छ । उस्तै वर्णन भएको पशुलाई हामीले प्रकाशको पुस्तक १२ र १३ अध्यायमा पाउँछौं । पशुले क्रमिक राज्य शक्ति वा सरकारहरूलाई संकेत गर्दछ जसलाई श तानले परमेश्वरको जनहरूलाई सताएर परमेश्वरको विरुद्ध विरोध गर्न प्रयोग गरेको थियो । त्यसमा बेबिलोन, मादी र फारसी, ग्रिस र रोम (मूर्तिपूजक रोम र पछि पोपतन्‍‍त्रीय रोम) साम्राज्यहरू सम्मिलित थिए । अनि अन्तत: अमेरिका राज्य पनि हुनेछ ।

दानिएलको भविष्यवाणी बेबिलोन राज्यको समयबाट शुरू भयो । दानिएलको पुस्तक र प्रकाशको पुस्तक बीच एक-आपसमा एकता रहेको छ । बाइबलका सम्पूर्ण वचनहरू र भविष्यवाणीहरूको अन्त वा मिलनचाहिँ प्रकाशको पुस्तकमै रहेको छ । पृथ्वीको इतिहासको अन्तिम समयको अन्तिम घटनाहरूमा परमेश्वरका वफादार मानिसहरू जसले उहाँको आज्ञापालन गर्दछन् तिनीहरूको विरुद्धमा खेदो गर्ने शक्तिको पुन: एक पटक उदय हुनेछ (प्रकाश १७:११-१४) । तिनीहरूले थुमासँग युद्ध गर्नेछन् तर जित्‍ने छैनन् । स्त्रीले तिनीहरूलाई कसरी छल गरेकी रहिछे भनेर जब ती राजाहरूले महसूस गर्छन् तब त्यस वेश्याको विरुद्ध ती राजाहरू जाइलाग्‍नेछन् र त्यसलाई एक्‍लो र नाङ्गो पार्नेछन् (प्रकाश १७:१६) । शैतानले गरेको आफ्‍नो सम्पूर्ण शक्ति र संसारको सबै प्रणाली, राज्य शक्तिहरू र सरकारहरूको प्रयोगको बाबजुत पनि परमेश्वरले उहाँको अनन्त राज्य, सरकार र सन्तहरूको विश्वासयोग्यतालाई उच्‍च पार्नुहुनेछ

previous
अघिल्लो
अर्को
previous
chat