bookइतिहासका अन्तिम पानाहरू
नाम नदिइएको पशु र सानो सीङ
दानिएल अध्याय ७ को निरन्तरता

नाम नदिइएको पशु र सानो सीङ

दानिएल २ अध्यायमा भएको सालिकका फलामे खुट्टाहरूले रोमी साम्राज्यलाई जनाएजस्तै भयङ्कर र डरलाग्दो पशुले पनि त्यही फलामे सम्राज्य रोमलाई जनाउँदछ । रोमी साम्राज्य भयानक र अधिक बलियो थियो र यसले अरू राज्यहरूलाई खुट्टाले कुल्‍चीमिल्‍ची र टुक्रा-टुक्रा पारेको इतिहासकार गिब्‍बोनले भनेका छन् “रोमी साम्राज्य संसारभरि फैलियो र जब त्यो साम्राज्य एक व्यक्तिको हातमा पर्न गयो तब उसका शत्रुहरूको निम्ति सारा विश्वचाहिँ एउटा सुरक्षित तर उदास जेल बन्‍न पुग्यो । त्यसको विरोध गर्नु घातक र त्यसबाट उम्कन प्राय: असम्भव थियो ।” पशुको दश वटा सीङहरू र दानिएल २ अध्यायमा भएको सालिकको खुट्टाको दश वटा औंलाहरूले एउटै कुराको अर्थात् दश अलग-अलग राज्यहरूको संकेत गर्दछन्, जुन अन्तमा, रोमी साम्राज्यमा हुन गएको थियो ।

दश सीङहरू माझबाट उम्रेको सानो सीङले पोपतन्‍‍त्रलाई जनाउँदछ “मानिसका आँखाजस्तै त्यस सीङका आँखा थिए” यसले पोपतन्‍‍त्रभित्र अगमवक्ताजस्तै देखिने मानिस, जसको समझदार र धूर्त शक्ति छ भन्‍ने कुरालाई संकेत गर्दछ । “परमप्रभुले तिमीहरूमा गहिरो निद्रा ल्याइदिनुभएको छ, र तिम्रा आँखा (अर्थात् अगमवक्ताहरू) बन्द गरिदिनुभएको छ ।” यशैया २९:१० । “अहङ्कारी कुरा गर्ने त्यसको मुख थियो” यसले त्यस सीङसँग परमेश्वरको शीर्षक (आफैंलाई परमेश्वर घोषणा गर्ने) र परमेश्वरको विशेष अधिकार छ भनी दावी गरी “ईश्वर निन्दा” गरेको संकेत गर्दछ । पोपतन्‍‍त्रले आफूसँग पाप क्षमा गर्ने अचुक शक्ति रहेको दावी गर्दछ । जुन शक्ति केवल परमेश्वरमा मात्रै निहित रहेको हुन्छ । यसकारण पोपतन्‍‍त्रले ईश्वर निन्दा गरिरहेको छ । (यूहन्ना १०:३२-३३; मर्कूस २:५-७) । जरैदेखि उखेलिएका तीन वटा सीङहरू अर्थात् राज्यहरू हेरुलाई, वेन्डाल्स र अस्ट्रोगोथ्स थिए । त्यसलाई सन् ५३८ मा पोपतन्‍‍त्रले दबाउन सफल भयो, र पोपतन्‍‍त्रको सर्वोच्‍चताको शुरूआत भयो ।

फलामका खुट्टाहरू

फलामले अति उत्तमसँग रोमी राज्यको प्रतिनिधित्व गरेको छ। चार साम्राज्यहरूमध्ये यो सबैभन्दा बलियो र शक्तिशाली साम्राज्य थियो। यो फलामजस्तै बलियो थियो। ग्रीसले आफ्‍नो सिपाहीको हातहतियार बनाउँदा पित्तल प्रयोग गरेझैँ खासगरी रोमले फलामको प्रयोग गर्दथियो।

पोपतन्त्रको विषयमा अझै अरू विशेष कुराहरू दानिएल ७:२५ पदले दिन्छ:

पोपतन्‍‍त्रले परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्ने अधिकार आफूसँग रहेको दावी गरेर सातौं दिन शबाथलाई हप्‍ताको पहिलो दिनमा साऱ्यो, यो कुरालाई पोपतन्‍‍त्रले निर्लज्‍जताका साथ स्वीकार पनि गरेको छ। The Catholic Mirror, official publication of James Cardinal Gibbons, Sept. 23, 1893; Catholic Record of London, Ontario Sept 1, 1923

जस्तो अरू कुनैपनि शक्तिले परमेश्वरका जनहरूलाई सतावट गरेको छैन। धर्मयुद्ध र छानविनद्वारा अन्धकार वा मध्य युगमा लाखौंलाख परमेश्वरका जनहरूलाई कालकोठरीमा हाल्‍ने, खम्बामा बाँधेर जिउँदै आगो लगाउने, जिउँदै आराले चिर्ने, क्रूसमा टाँग्‍ने जस्ता सम्पूर्ण क्रूर र दुष्‍ट यातनाहरू दिएर मारेको थियो। उदाहरणका लागि “वाल्डेन्सेस” लाई विनाश गर्ने प्रयास, “हस” र “जेरोम” लाई जिउँदै आगो लगाई मारेको, सेन्ट बार्थोलोमाइको हत्यकाण्ड आदि इत्यादि।

पोपतन्‍‍त्रको सर्वोच्‍चता १२६० वर्षसम्म कायम रह्‍यो (दानिएल ७:२५); ४२ महिना (प्रकाश १३:५); १२६० दिन (प्रकाश १२:६) यी पदहरूलाई दाँजेर हेर्नुहोस् ती सबैले एकै समयलाई जनाउँदछन्।

नोट:भविष्यवाणीमा १ दिन बराबर १ वर्ष हुन्छ। (इजकिएल ४:६; गन्ती १४:३४; उत्पत्ति २९:२७ हिब्रू पात्रोमा हरेक महिना ३० दिनको हुन्छ। वर्षलाई समय, २ वर्षलाई समयहरू, आधा वर्षलाई आधा समय भनिन्छ)।

त्यसकारण १२६० दिनको समय अवधि १२६० वर्ष भयो। (१ दिन बराबर १ वर्ष) सन् ५३८ देखि १२६० वर्षहरू गरेर सन् १७९८ सम्म पोपतन्‍‍त्रको सर्वोच्‍चता रह्‍यो र त्यो समय अवधिभरि परमेश्वरका जनहरूलाई अत्याचार गऱ्यो। सन् १७९८ मा नेपोलियनका कप्‍तान बार्थियरले रोममा प्रवेश गरी “पोप पायस चौथो” लाई कब्जामा लिए र त्यसपछि केही वर्षसम्म पोपतन्‍‍त्र राजनीतिक शक्तिको रूपमा खडा रहन रोकियो ।

previous
अघिल्लो
अर्को
previous
chat