bookइतिहासका अन्तिम पानाहरू
भालु
दानिएल अध्याय ७ को निरन्तरता

भालु

“अनि मेरो अगाडि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्तै देखिन्थ्यो । त्यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्यसको मुखको दाँतहरूका बीचमा तीनवटा करङहरू थिए । त्यसलाई यस्तो आज्ञा दिइयो: उठ् र खाना सक्‍ने जति मासु खा !” दानिएल ७:५ । दानिएल २ अध्यायमा वर्णन गरिएको सालिकको दोस्रो भाग छाती र पाखुराहरूले र दानिएलले दर्शनमा देखेको दोस्रो पशु भालूले एकै साम्राज्यलाई जनाउँदछ । भालूले मादी र फारसी साम्राज्यलाई जनाउँदछ जुन मादी वंशका दारा राजाका भतिजा कोरेस राजाले बेबिलोनलाई पराजित गरी स्थापित गरेका थिए ।

भालूले पहिलो पशु सिंहभन्दा शक्ति र महिमामा गिरावट वा कमजोर भएको अवस्थालाई संकेत गर्दछ । महान् बेबिलोन साम्राज्यको सम्पत्ति र भव्यतासँग मादी र फारसी साम्राज्यलाई दाँज्‍न सकिदैन । “द मेरेस एण्ड पर्सियन” का लेखकले भनेका छन्, “एउटा भालूको क्रूरताको हिसाब र त्यसको रगतप्रतिको प्यासलाई दाँजेर हेर्ने हो भने भालूचाहिँ अति लोभि, खन्चुवा र क्रूर जनावर हो” । मादीहरूको क्रूरतालाई यशैया पुस्तकको १३:१७-१८ पदहरूमा यसरी देखाइएको छ “तिनीहरूका धनुका काँडहरूले जवान मानिसहरूलाई टुक्रा-टुक्रा पार्नेछन्, न त तिनीहरूले केटाकेटीहरूलाई दयाको दृष्‍टिले हेर्नेछन्” ।

भालू शरीरको एकपट्टिबाट आफैं उठ्‌यो । त्यो साम्रज्य दुई वटा राष्‍ट्रियता जुनचाहिँ मादीहरू र फारसीहरूबाट बनेको थियो । यसले एउटा वंशमाथि अर्को वंशको प्रभुत्वलाई जनाउँदछ । मादीहरू प्राचीन वंश थिए जसले पहिले राज गारेका थिए । त्यसपछि आधुनिक वंशका फारसीहरूले मानिसहरूमाथि प्रभुत्व जमाएका थिए । ठीक यही कुरा दानिएल ८ अध्यायमा उल्‍लेखित दुई सिङ्गे भेंडाले पनि जनाउँदछ । भालूको मुखमा भएको तीन वटा करङहरूले तीन वटा मुख्य शक्तिहरू लिडिया, बेबिलोन र मिश्र देशहरूलाई जनाउँदछ जुन राज्यहरूलाई मादी र फारसी राज्यहरूले पराजित गरेका थिए ।

मादी र फारसी साम्राज्यको चरित्रलाई भालूले उपयुक्त ढङ्गले प्रतिनिधित्व गरेको छ । भालूलाई यसो भनिएको थियो, “उठ् र सक्‍ने जति मासु खा !” दानिएल ७:५ । बेबिलोन साम्राज्यको भन्दापनि मादी र फारसी साम्राज्यको सिमाना अझै ठूलो थियो । विशेष गरी पूर्वतिर र उत्तरतिर फराकिलो थियो । फारसी राजाले “भारतदेखि कुश (इथियोपिया) देश सम्म १२७ प्रान्तहरूमाथि राज्य गरेको” कुरा एस्तर १:१ पदमा हामीले पढ्‍न पाउँछौं । अन्त्यमा, मादी र फारसी साम्राज्य विलासी र कमजोर हुँदै गयो । त्यसकारणले ग्रीसको अलेक्‍जेण्डर महान्‌ले तिनीहरूलाई पराजित गर्न सफल भए । मादी र फारसी साम्राज्यको सर्वोच्‍चता ई.पू. ५३९ देखि ई.पू. ३३१ सम्म रह्‍यो तब अलेक्‍जेण्डरले फारसीहरूलाई अर्बेलाको युद्ध मैदानमा परास्त गरे ।

कोरेस महान

फारसी राजा कोरेस द्वितीय जसलाई प्रायजसो कोरेस महान् भनी बोलाउने गरिन्छ । के तपाईंलाई यो थाहा छ, ऊ जन्मनु भन्दा झण्डै १५० वर्ष पहिले नै बाइबालमा उहाँको नाम र उहाँको बारेमा उल्‍लेख भइसकेको थियो?

परमप्रभुले आफ्‍नो अभिषिक्त कोरेसलाई यही भन्‍नुहुन्छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहातियार रहित तुल्याउन, त्यसको सामुन्‍ने ढोका खोल्‍न, र मूल ढोकाहरू बन्द हुन नदिन म त्यसको दाहिने हात समात्छु:” यशैया ४५:१

बेबिलोनको पतन

यो तस्वीर बेबिलोनको दरबार र त्यसलाई कब्जा गर्न गएका कोरेसका सिपाहीहरूका हुन् । यो भविष्यवाणी अचम्म र सही ढङ्गले पूरा भएको थियो जब फारसका राजा कोरेसले आफ्‍ना सेनाहरूलाई अगुवाई गरी बेबिलोनलाई घेरेको थिए । बेबिलोनको पर्खाल धेरै अग्‍लो र बलियो भएको हुनाले त्यसलाई भत्काउनको सट्टा दरबार मुनिबाट बग्‍ने यूफ्रेटिस नदीको पानीलाई अर्कोतिर तर्काएर पठाएको इतिहासले जनाउँदछ ।

त्यो रात पालेहरू मदिराले मातेका हुनाले ढोकाहरू खुल्‍ला छोडेका थिए । कोरेस र उनका सेनाहरूले बेबिलोनलाई घेरे र कब्जा गरे । जसरी बाइबलले भविष्यवाणी गरेको थियो ठीक त्यसरी नै बेबिलोनलाई मादी र फारसी राज्यले वशमा पार्न सफल भयो ।

previous
अघिल्लो
अर्को
previous
chat